Skip to main content

Posts

Showing posts from October 27, 2009

दुर्घटनामा दुई जनाको मृत्यु

वीरगञ्ज १० कात्तिक, । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुरमा आज बिहान साढे १० बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जितपुर ३ निवासी १८ वर्षीय बिनोद साह र दिलिप सर्राफ रहेका छन् । जितपुरबाट सिमरा तर्फ जाँदै गरेको ना २ ख ७१९८ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना २ ख ७०९१ नम्बरको ट्रकको बिचमा ना १२ प ९५५८ नम्बरको मोटरसाइकल चेपिँदा मोटरसाइलकमा सवार साहको घटनास्थलमै मृत्यु भएको हो । सर्राफको उपचारका लागि बीरगन्ज ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का युवक रवि क्षेत्रि गम्भीर घाइते भएका छन् । घाईते क्षेत्रीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । दुवै ट्रकलाई जितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

३५० को नाममा ४२०हरुको कार्यक्रम

भक्तपुर, १० कार्तिक। बिश्वमा अहिले प्रदुशण बढेको छ। प्रदुशण नाप्न पिपिएम भन्ने इकाइ प्रयोग गरिन्छ। ३५० पिपिएम भन्दा बढी प्रदुशण हुनु हुन्न भन्ने मान्यता रहेको छ। यही मान्यताको आत्मसाथ गर्दै गत सनिवार संसार भर ३५० नामको कार्यक्रमहरु भए। भक्तपुरको दरवार क्षेत्रमा पनि बिद्याबिकास स्कुल र प्रदिप क्षेत्री माबिका बिद्यार्थीहरुलाई एउटा कार्यक्रम गराइएको थियो। ३५० अंक बनावटमा उनीहरुलाई बसाइएको थियो। ३५० भन्दा बढी प्रदुशण गर्न हुन्न भन्ने सन्देश दिन्न, भक्तपुरका केही युवाहरुको सक्रियतामा सो कार्यक्रम गरिएको थियो। तर प्रदुशण घटाउन सन्देश दिन आएका आयोजकहरुले नै बिश्व सम्पदा सुचीमा सुचीकृत दरवारमा फोहर पारेर गए। उनीहरुको कार्यक्रमलाई नजिकबाट नियालेकाहरुले उनीहरुको द्धध चरित्र देखेर हाँसे। आयोजकहरु त्यहँा ध्वनी र बायु प्रदुशण गर्ने थोत्रा मोटरबाइक चढेर आएका थिए। उनीहरले बातावरणीय न्यायको सिद्धान्तको समेत खिल्ली उडाए। पार्किङ निशेधित दरवार क्षेत्रमा उनीहरुका दुइ दर्जन बढी मोटरबाइक पार्किङ गरिएको थियो। तिनीहरु कार्यक्रम सम्पनन भएको खुसीयालीमा चियापान गरे। चिया र पान खाए र पिए र तर प्लाष्टिक चिया गि

भक्तपुर दरवारमा रात्री महोत्सब

भक्तपुर, १० कार्तिक। यही कातिक १६ गते भक्तपुर दरवारमा रात्रीकालिन सास्कृतिक तथा खाना महोत्सब हुने भएको छ। पर्यटकीय सिजनको क्रममा देशी तथा बिदेसी पर्यटकहरुलाई रात्री जीबनको अनुभव गराउन महोत्सब गरिन लागेको हो। बिगत नौ बर्षदेखि निरन्तर आयोजना भैरहेको सो कार्यक्रम साँझ ६ बजेबाट सुरु हुने कार्यक्रम पर््रबद्धक नेपाल पर्यटन बोर्डले जानकारी गराएको छ। कार्तिक पुणिर्माको अवसरमा महोत्सब गर्न लागिएको हो। कार्तिक पुणिर्मालाई नेवार समूदायले सकिमाङा पुन्हिको रुपमा मनाउने गर्दछन्। यस दिन भुटेका अन्नहरु र्सार्बजनिक स्थानमा पर््रदर्शन गर्ने परम्परा रहेको छ। यही परम्परालाई निरन्तरता र आधुनिक शैलीमा मनाउने महोत्सबको अर्को उदेश्य रहेको छ। सो दिन दरवार क्षेत्रमा भुटेको लाजा, मूस्या, जौ, गहँु, केराउ, बोडे, सिमी आदिबाट कलात्मक आकृति बनाएर रातभर पर््रदर्शन गरिनेछ। यसै दिन अन्नको प्रयोग गरी तमारीमा ङातापोलको आकृति र तचपालमा दत्तात्रय मन्दिरको आकृति दर्शकहरुले अवलोकन गर्न पाउनेछन्। दरवार क्षेत्रमा भने राष्ट्रिय तथा स्थानीय कलाकरहरुले गीत र नृत्यहरु प्रस्तुत गर्नेछन्। सोही स्थानमा बिबिध परिकारका खानाको महोत्सब पन

नेमकिपाको दादागिरी अशिक्षित प्रचार

भक्तपुर, १० कार्तिक। नेमकिपाको बिद्यालय तहमा पढ्ने बिद्यार्थीहरुको संगठन बिद्यार्थी हित समितको १५ औ सम्मलेनको लागि पोष्टर टाँसेर प्रचार गरिएको छ। कातिक २० गते हुने सम्मलेनको प्रचारमा जिल्लाका सबै र्सार्बजनिक स्थलमा पोष्टर र भितेलेखन गरिन थालिएको छ। यसबाट सहर कुरुप देखिएको छ। यस किसिमका प्रचारको लागि नेमकिपाका केन्दि्रय बिद्यार्थी नेता तथा स्थानीय मजदुर दैनिक र श्रमिक साप्ताहिकका पत्रकार नीरज कुमार लवजू सक्रियताको साथ खटिएका छन्। नेमकिपाका कार्यकर्ताहरु बिद्यालय ब्यबस्थापन समितीमा नरहेको स्कुल बिद्यार्थी निकेतनमा भने भिते लेखन समेत गरिएको छ। अर्को स्कूल सरस्वती बिद्यागृह पनि प्रचार गर्ने स्थान भएको छ। बर्तमानको उच्चसुचनाको युगमा समेत दृष्य प्रदुशष फैलाएर आफ्नो संगठनको प्रचार गर्ने नेमकिपाको अशिक्षित शैली ठीक होइन। नेमकिपाले हरेक बर्षभक्तपुर सहरका हरेक वडाहरुमा एसएसली पासहरुलाई सम्मान पत्र दिने कार्यक्रम गर्दै आएको छ। यी सम्मान कार्यक्रमको प्रचारमा टाँसिएका पोष्टरहरु कहिल्यै पनि हटाउने गरिएको छैन। यसका अलावा गत असारमा नेमकिपा निकट पर्यटन बिद्यार्थीहरुको संगठन टुरिज्म इन्टेलेक्ट्ुयल र्सक

पर्यटकलाई स्थानीय उत्पादनमा चासो

भक्तपुर, १० कार्तिक। अहिले भक्तपुरका गल्ली र चोकहरुमा बिदेसी पर्यटकरु भित्रिएका छन्। यहाँ आउने अधिकाँस पर्यटकहरुले स्थानीय उत्पादनहरुमा चासो देखाउने गर्दछन्। यहाँ कालो टोपी, काष्ठकला, धौ र सागको माला बिदेसीहरुको लागि आकर्शक बस्तु भएका छन्। गत आइतवार हल्याण्डबाट आएका पर्यटक अर्ल्वर्ट ब्राउनको परिवार वाँचु टोलमा आइपुगे। उनीहरुले त्यँाहाका घरहरुमा झुन्ड्याइएका सागका मालाहरुको अभिरुचि पर्ुबक अवलोकन गरे। उनीहरुले माला आफ्नो घरमा लान रुचि देखाए। तर सागको माला बिक्री नगर्ने बताए पछि भने उनीहरु निरास भए। बिदेसीहरुलाई गल्ली देखाउन ल्याएका गाइड अमर लामाले सरकारी क्षेत्रबाट स्थानीय उत्पादनको प्रचार नगरेको दुख ब्यक्त गरे। सागको मालाको ब्यापार गर्न सरकारी सहयोग भए यसको ब्यबसायको रुपमा अंगाल्न आफु तयार भएको स्थनीयबासी चन्द्रदेबी ध्वजुले सुनाए। आफना आफन्तहरुको लागि कोसेलीको रुपमा कहिल्यैे नदेखेको सागको माला लग्ने चाहना पुरा नभए पछि उनीहरु दत्तात्रयको काष्ठकला बजारमा लागे। त्यहाँ उनीहरुले कलाकारहरुले बनाएका काष्ठकलाका सामाग्रीहरु खरिद गरे। दत्रात्रय मन्दिर स्वयमा एउटै रुखले बनेको मानिन्छ। यहाँ रहेको

फुर्सदमा बाइकिङको यात्रा

भक्तपुर, १० कार्तिक। बिदाको दिन घर मै बस्न युवाहरुको मन हुदैन। उनीहरु यताउताका डाडाँकाडा जान चाहन्छन्। आधुनिक पुस्ताहरु बाइक मार्गको खोजी रहेका हुन्छन्। हरीत समूह श्रीकृष्ण सितिखुले गत सनिवार आप\mना साथीहरुलाई करीब २५ किलोमिटर बाइक यात्रा गराएका छन्। भक्तपुरको दक्षिण भागमा बाइक यात्रा केन्दि्रत रहेको छ। यस यात्राको मार्गमा केही धार्मिक क्षेत्रहरु पनि समेटिएको छ। बाइकिङको क्रममा यी क्षेत्रहरुलाई आराम गर्न बिसौनी बनाइएको थियो। यात्रा सिद्धपोखरीबाट सुरु भएर भक्तपुर दरवारमा प्रबेश गरेको थियो। बिहान दश बजे अघि सम्म मात्र सवारीसाधनहरुले भक्तपुर दरवार गेटबाट प्रबेश पाउछन्। यो क्षेत्र बिश्व सम्पदा सुचीमा समाबेश गरिएको स्मारक हो। धेरै पटक भक्तपुर आएका तर पहिलो पटक बाइकबाट दरवारमा भित्र पस्दा रमाइलो अनुभव भएको पाटनका राजन महर्जनले सुनाए। बाइक यात्रा दरवारमा केही क्षणको बिश्राम पछि हनुमानघाट हुदै अगाडि बढेको थियो। हनुमानघाट पुग्न अघि भक्तपुर सहरबाट बग्ने ढलनिकास बगेको मस्जिदमा भने दर्ुगन्धको कारण मस्जिद हर्ेन उनीहरुको धोको पुरा भएन। यो स्थान धार्मिक सहिष्णुताको लागि अनुपम उदाहरण हुन सक्दछ। यहाँ

कुकुरको अन्तिम संस्कारमा जलबायु परिबर्तनको सन्देश

भक्तपुर, १० कार्तिक। भक्तपुरका सिजन राजचलाई गत जनै पुणिर्माका दिन चीनको तिब्बतबाट आफन्तले ल्याएदिएको कुकुरको मृत्यु भएको छ। चीनबाट आए यता कुकुरलाई यहाँको तातो हावापानीमा बस्न समस्या थियो। करीब एक बर्षा डन नाम दिइएको कुकुरको सोमबार मृत्यु भएको हो। सामान्यता कुकुर र घर पालुवा जनावार मरेमा लासलाई नदीमा फाल्ने चलन छ। तर सिजनले भने आप\mनै आँखा अगाडि कुकुरको मृत्यु जलबायु परिबर्तको कारण भएको ठानेका छन्। बिश्वमा भैरहेको जलबायु परिबर्तको बारेमा चेतना जगाउन कुकुरको बिधिवत अन्तिम संस्कार गरेको उनले भने। सिजनका अनुसार सोमबार घाममा बसेका कुकुर एक्कासी लडे र त्यसको पँँाच मिनेट पछि उसले प्राण त्यागे। सोमबार बिहान साढे दश बजे चर्केको घाममा कुकुरले प्राण त्याग गरेका हुन्। घामपानी अनुकुल नहुदा कुकुरको रौ झर्दै गएको थियो। कुकुरको सवलाई भक्तपुर फर्निचर मार्गको स्थित एउटा घरमा रोपिएको गुलाबको बोटमुनि गाडिएको छ। सबसंगै आँपको रुख पनि रोपिएको छ। जलबायु परिबर्तनको कारण नेपालमा जैबिक बिबिधता ह्रास आउने सक्ने कुराको संकेत गर्न आँप रोपिएको हो। आँप तर्राई फल्ने रुख हो, तर जलबायु परिबर्तनको कारण तापमानमा बृद्धि भ

गाबिसको अनुदानमा पत्रिकाको लुट

भक्तपुर, १० कार्तिक। भक्तपुरका गाबिसहरु सचिबको राज चल्ने गरेको छ। बिकास निमार्ण्र्ााे लागि केन्दि्रय सरकाले पठाउने रकममा उनीहरुले पत्रिकाहरुसंग मिलेर घोटला गर्दै आएका छन्। बिज्ञापनका शिर्षमा अनाबश्यक चन्दा दिएर गाबिसको रकमा दुरुपयोग हुदै आएको छ। भक्तपुरका गाबिस सचिवहरु पत्रिकाहरुले लुट्दै आएका छन्। स्थानीय सरकारको अभावमा बिगत केही बर्षयता यहाँका गाबिसहरुले कुनै पनि उल्लेखनिय काम गर्न सकेका छैनन्। यहाँ बिज्ञापन संकलन पत्रिका र झोले पत्रिकाले सचिबहरुलाई नियन्त्रणमा राखेका छन्। गाबिसको अनुदान सरकारले अनुगमन गर्ने समाचार सुने पछि भने गुण्डु गाबिसका बासिन्दा सुन्तली न्हेम्हाफुकीलाई गाबिसको पैसा सही काममा प्रयोग हुने आशा पलाएको छ। पर्यटकीय महत्व बोकेको गुण्डुमा पर्यटन गतिबिधि नगरेकोमा सुन्तलीको गुनासो रहेको छ। अनुगमन पछि पत्रिकाले गाबिसको पैसा नलेला कि भन्ने उनको बिश्वास छ।- रविन राचलिका हरीत समूह भक्तपुर

माओवादी सरकार बने सदन अवरुद्ध गरेर ढाल्छौं - उपप्रधानमन्त्री

सुरज भण्डारी, बुटवल, कात्तिक १०। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसद अवरोध गरेर सरकार परिवर्तन गरेमा मधेशवादी दलहरुले फेरि सदन अवरुद्ध गरेर माओवादी नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन्। आज रिपोर्र्टर्स क्लब नेपाल लुम्बिनी शाखाको साक्षात्कारमा बोल्दै उनले इंटको जवाफ पत्थरले दिने भन्दै सदन अवरोध गरेर सरकार गिराउन खोजे त्यस्तै गर्ने चेतावनी दिएका हुन्। मधेशी जनअधिकार फोरमका अध्यष समेत रहेका गच्छेदारले भने,' सदन अवरोध गरेर सरकार गिराउन माओवादीले खोजेको भए उसको नेतृत्वमा सरकार बने त्यो सरकारलाई ढाल्न मधेशवादी दलहरुले संसद अवरोध गर्नेछन्।' विधि सम्वद्ध रुपमा संसदमा वहुमत प्राप्त गरी वनेको सरकारविरुद्ध संसद अवरोध गरेर सरकार गठन गर्न माओवादीले चाहेको भए अव संसद र्घर्ेन मधेशवादी सभासदहरु समेत पछि नहट्ने बताए। संसदमा रहेका मधेशी सभासद्हरु एक भै अव वन्ने सरकारलाई समेत राजिनामा दिन लगाउने चेतावनी दिए। अलोकतान्त्रिक ढंगवाट सरकार परिवर्तन गरिए त्यो सरकारलाई कुनै पनि हालतमा टिक्न नदिइने स्पष्ट पार्दै मधेश समेत ठप्प पार्ने चेतावनी दिए। लोकतान्त्रिक विधिवाट समस्या समाधान गर्न म

माओवादी राज्यसत्ता कब्जा गर्न सक्रिय- मन्त्री रिजाल

भैरहवा, कात्तिक १०। संविधानसभा,संसदीय व्यवस्था,संघीय मामिला तथा संस्कृति मन्त्री डा मिनेन्द्र रिजालले माओवादी असंवैधानिक ढंगबाट राज्यसत्ता कब्जा गर्न सक्रिय भएको आरोप लगाएका छन्। रिपोर्र्टर्स क्लब नेपाल लुम्बिनी समन्वय समितिद्वारा भैरहवामा आयोजित साक्षात्कारमा बोल्दै सडक संर्घष्ाको उद्देश्य पनि राज्यसत्ता कब्जा गर्नकै लागि रहेको बताएका हुन्। उनले भने,'माओवादी चाहना राज्यसक्ता कब्जा गनर्ेर्ेेै हो, त्यो कहिले पूरा हुनेछैन।' माओवादीको सडक सर्घष्ाबाट सरकार नबन्ने बताए। 'माओवादीको चाहनाले हुने भए उहिलेनै सरकार ढलिसक्ने थियो,' मन्त्री रिजालले भने,'माओवादीले अव थाल्ने आन्दोलनले पनि सरकारलाई कुनै फरक पर्दैन।' संविधान वनाउन र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन सरकार हदैसम्म लचिलो भएको भए पनि यसलाई माओवादीले कमजोरी ठाने कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए। बजेट पारित गर्न शान्ति सुरक्षा काम गर्न माओवादीको आन्दोलनसामु सरकारले घुडा नटेक्ने स्पष्ट पारे। माओवादी आन्दोलनमा जनर्समर्थन नभएको उसका विगतका आन्दोलनले नै स्पष्ट पारिदिएको बताए। माओवादीको उद्