भक्तपुर, १० कार्तिक। भक्तपुरका गाबिसहरु सचिबको राज चल्ने गरेको छ। बिकास निमार्ण्र्ााे लागि केन्दि्रय सरकाले पठाउने रकममा उनीहरुले पत्रिकाहरुसंग मिलेर घोटला गर्दै आएका छन्। बिज्ञापनका शिर्षमा अनाबश्यक चन्दा दिएर गाबिसको रकमा दुरुपयोग हुदै आएको छ। भक्तपुरका गाबिस सचिवहरु पत्रिकाहरुले लुट्दै आएका छन्। स्थानीय सरकारको अभावमा बिगत केही बर्षयता यहाँका गाबिसहरुले कुनै पनि उल्लेखनिय काम गर्न सकेका छैनन्। यहाँ बिज्ञापन संकलन पत्रिका र झोले पत्रिकाले सचिबहरुलाई नियन्त्रणमा राखेका छन्। गाबिसको अनुदान सरकारले अनुगमन गर्ने समाचार सुने पछि भने गुण्डु गाबिसका बासिन्दा सुन्तली न्हेम्हाफुकीलाई गाबिसको पैसा सही काममा प्रयोग हुने आशा पलाएको छ। पर्यटकीय महत्व बोकेको गुण्डुमा पर्यटन गतिबिधि नगरेकोमा सुन्तलीको गुनासो रहेको छ। अनुगमन पछि पत्रिकाले गाबिसको पैसा नलेला कि भन्ने उनको बिश्वास छ।- रविन राचलिका हरीत समूह भक्तपुर
वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...
Comments
Post a Comment