Skip to main content

Posts

Showing posts from July 28, 2009

मातृका समूहमा प्रवेश गरेकाको अपहरण

काठमाडौं, साउन १३ । पुनःगठित नेकपा माओवादीमा प्रवेश गरेका पूर्व माओवादी प्लाटुन कमाण्डर गोपाल महरा गौरव र सेक्सन कमाण्डर चुडामणि ढुंगाना ज्वालाको अपहरण भएको छ । आज मातृका समूहले रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी हिजो विहान नवलपरासीको कावासोतीस्थित महराको कोठाबाट र ढुंगानाको तीन दिन अघि सन्धीखर्कबाट अपहरण गरी वेपत्ता पारिएको उल्लेख गरेको हो । पुनःगठित नेकपा माओवादीका सैन्य विभागका इञ्चार्ज प्रदीप खड्काले प्लाटुन कमाण्डर गोपाल महरा र चुडामणि ढुंगानालाई तत्काल नछाडिए कडा कदम चाल्ने चेतावनी दिए । व्रि्रोह गरी पुनःगठित माओवादीमा प्रवेश गरेको भरमा वेपत्ता पारेबाट प्रतिकारको चेतावनी दिए । खड्काले खड्का र ढुंगानाको रिहाईका लागि मानवअधिकारवादी, पत्रकार र नागरिक समाजसंग आग्रह गरेका छन् । आफ्ना पार्टीका नेता कार्यकर्तामाथि अपहरणको क्रम जारी रहे सडकमा उत्रिएर प्रतिकार गर्न वाध्य हुने बताए ।

बन्द फिर्ता लिनुहोस्-शिक्षामन्त्री कुशवाहा

माग पूरा नभए कडा आन्दोलन हुन्छ- शिक्षकहरु शिक्षा क्षेत्रमा बन्द सधैका लागि बन्द हुनुपर्छ-विद्यालय संचालकहरु काठमाडौं, साउन १३ । शिक्षामन्त्री रामचन्द्रप्रसाद कुशवाहाले विद्यालयहरु बन्द तत्काल फिर्ता लिई आन्दोलतनमा आउन शिक्षहरुलाई आव्हान गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै लाखौं विद्यार्थीको भविष्यमा नकारात्मक असर पर्ने कदम नचाल्न आग्रह गरे । 'शिक्षकहरुको जायज माग पूरा गर्न सरकार तयार छ,' मन्त्री कुशवाहाले भने,'बन्द तत्काल फिर्ता लिएर वार्तामा आउनुहोस् ।' विरोधका लागि बन्द भन्दा अन्य उपाय अपनाउन सुझाव दिए । शैक्षिक संस्थामा बन्द गर्ने परम्परा अन्त गर्नुपर्नेमा उनको जोड थियो । उनले भने,'भविष्यका कर्ण्र्ाारको जीवनसंग खेलवाड गरेर कुन माग पूरा गराउन दबाब दिदैहुनुहुन्छ -' शिक्षकको मागबारे बसेर छलफलमार्फ दिर्घकालिन समाधानको उपाय खोज्नुपर्नेमा उनको जोड थियो । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै उच्च माध्यामिक विद्यालय संघ इसानका अध्यक्ष उमेश श्रेष्ठले बन्द फिर्ता लिन आग्रह गरे । लगातार बन्द हडतालल

ग्यांसको अभाव सुरु हुने

वीरगंज, १३ साउन । नेपाल ग्यास उद्योग प्रालि सिमरा बारा र मनोज ग्यांस प्रालि परवानीपर, बाराले साउन ८ गते देखि ग्यास उत्पादन नगरेपछि ग्यांसको अभाव सुरु हुने भएको छ। आज ग्यांस विक्रेता महासंघ जिल्ला पर्साले एक प्रेस विज्ञप्ति जारी गरी ग्यास उपलब्ध नहुंदा उपभोक्ताहरुमा ग्यास आपर्ूर्ति गर्न नसकिएको जनाएको छ। महासंघ, पर्साका सचिव महेन्द्र कुवरले जारी गरेको विज्ञप्तिमा ग्यास उत्पादन गर्ने कारखानाहरुले ग्यास उपलब्ध गराए आपूर्ति सहज हुने उल्लेख छ।

विषाक्त श्राद्ध खाएपछि दुइ दर्जन झाडापखालाबाट ग्रसित

वीरगंज, १३ साउन । विषाक्त श्राद्ध खाएपछि बाराको डुमरवानामा करिब दुइ दर्जन व्यक्तिहरु झाडापखालाबाट ग्रसित भएका छन्। आइतवार डुमरवाना वडा नं. ८ निवासी इश्वर ढकालको घरमा श्राद्धको प्रसाद खाएपछि झाडापखालाबाट ग्रसित महिला, पुरुष तथा बालबालिकाहरुको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंज र सिमरामा उपचार भइरहेको छ।

किसानमाथि ज्यादति बन्द गर

वीरगंज, १३ साउन । कृषि प्रधान देशका ९० प्रतिशत जनता कृषिमा संलग्न भए पनि सरकार, प्रहरी, सेना, भन्सार तथा कृषि विकास कार्यालयले कृषकहरुको हकहितप्रति चिन्तित नभएकोमा मधेशी मधेशी जन अधिकार फोरम नेपालको भातृ संगठन मधेशी किसान फोरम नेपालले सरकारको ध्यानाकर्षण गरेको छ। आज फोरम नेपालका किसान फांटका इन्चार्ज योगेन्द्र सहनीले जारी गरेको विज्ञप्तिमा सिमाना नजिकका कृषकहरुले चार-पांच किलो मल, खाद, बिउ वा अन्य घरायसी सामान ल्याउंदा पनि सिमाना भन्सार चौकी, प्रहरी, सशस्त्र प्रहरी र सेनाहरुले रोकटोक गरेकोमा आपत्ति प्रकट गर्दै किसानमाथि रोकछेक, पक्राउ, हस्तक्षेप नगर्न प्रहरी, सशस्त्र प्रहरी सेना वा भन्सारका कर्मचारीसंग अपिल गरेको छ। विज्ञप्तिमा किसानमाथि अन्याय, अत्याचार, शोषण भएमा मधेशी किसान फोरम चुप लागेर नबस्ने चेतावनी दिदै जिल्ला कृषि विकास कार्यालयबाट कृषकले पाउने प्राविधिक सुविधा वा साधन स्रोतमा सुविधा, मल, खाद, बिउको सुविधामा कटौती गरेमा ती कार्यालयमा तालाबन्दी गरी अन्य कारबाही गर्ने समेत चेतावनी दिएको उल्लेख छ।

वाइसिएलद्वारा विभिन्न स्थानमा एक घण्टा चक्काजाम

वीरगंज, १३ साउन । वाइ.सि.एल.का केन्द्रिय सदस्य लक्ष्मण राय यादवको हत्याको विरोधमा आज वाइसिएलले विभिन्न स्थानमा एक घण्टा चक्काजाम गरेका छन्। बिहान धादिङ बजार, नुवाकोटको लोकतान्त्रिक चोक, चितवनको पुलचोक र टांडी, मकवानपुरको राप्तीपुल, कर्रापुल, चौकीटोल, मनहरीमा वाइसिएलका नेता तथा कार्यकर्ताले एक घण्टा चक्काजाम गरेको प्राप्त जानकारीमा उल्लेख छ।

राजनीतिक ढंगले सीमा समस्या समाधान

काठमाडौं, साउन १३ । परराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्रीको भारत भ्रमणमा शान्ति प्रक्रियाबारे महत्वपर्ूण्ा छलफल हुने बताएकी छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले दुइ देशबीच देखिएका समस्या समाधानका लागि विशेष पहल हुने दाबी गरिन्। उनले भनिन्, दलहरुबीच सहमति बनाएर राजनीतिक ढंगले सीमा समस्या समाधान गर्नुपर्छ । शान्ति र मैत्रीसम्बन्धि सन्धीबारे सोधिएको प्रश्नमा उनले सबै दल बसेर तय हुने नीतिबाटै टुंगो लाग्ने बताइन्। भारतले नेपालको शान्ति प्रक्रिया, लोकतन्त्रको संस्थागत विकास र आर्थिक क्षेत्रमा सहयोग दिदै आएकाले भविष्यमा पनि सहयोग भइरहने आशा व्यक्त गरिन्। विगतमा भएको भारतीय सहयोगको प्रशंशा गरिन्। कोइरालाले भारतबाट हतियार ल्याउने नल्याउने टुंगो राजनीतिक दलहरुबीचको सहमतिबाटै हुने बताइन् । हतियार ल्याउने नल्याउनेबारे कुनै परामर्श नभएको बताइन् । 'हतियार ल्याउने नल्याउनेबारे परामर्श भएकै छैन, नेपाली कांग्रेसकी विदेश विभाग प्रमुख समेत रहेकी कोइरालाले भनिन्,'हतियार ल्याउने हो भनेपनि सहमतिबाटै हुन्छ नल्याउने हो भने पनि सहमतिबाटै हुन्छ । नेपाली कांग्

डुंगा पल्टिदा एकको मृत्यु, दुइ बेपत्ता

रौतहट, १३ साउन । लालबकैया नदि पार गर्ने क्रममा डुंगा पल्टिंदा एक महिलाको मृत्यु हुनुको साथै तीनजना बेपत्ता भएका छन्। हिजो सांझ डुबेर मृत्यु हुनेमा मरियादपुर-२ निवासी जगदिश बरैको पत्नी अनारकलिया देवी रहेकी छन् भने अजबरिया देवी र एक महिला बेपत्ता भएकी छन्। प्रहरीले दुइजना यात्रुको उद्धार गर्नुको साथै बेपत्ता भएकाहरुको खोजी कार्य गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ।

सशस्त्र प्रहरीद्वारा अवैध कपडा बरामद

वीरगंज, १४ साउन । सशस्त्र प्रहरी वेश क्याम्प परवानीपुरले विभिन्न स्थानबाट अवैध कपडा पक्राउ गरी भन्सार बुझाएको छ। आज बिहान सशस्त्र प्रहरी निरीक्षक रामजंग श्रेष्ठको नेतृत्वमा रहेको टोलीले परवानीपुरस्थित न्यू लक्की जनरल स्टोरमा छापा मारी तन्ना, अनेरेसा सादा कपडा, सुती साडी, कुर्ता सुरुवालको कपडा सुटिंग कपडा बरामद गरी वीरगंज भन्सार बुझाइएको प्राप्त जानकारीमा उल्लेख छ।

दुर्घटनामा तीनजना घाइते, भैसीको मृत्यु

मकवानपुर , १३ साउन । भैसी लोड भएको एक ट्रक दुर्घटना हुंदा तीनजना घाइते भएका छन् भने एउटा भैसीसमेत मरेको छ। आज बिहान मनहरीको खरंगामा ना२ख६०७० नं.को ट्रक पल्टिदा घाइते भएका तीनजनाको मनहरी उपस्वास्थ केन्द्रमा उपचार भइरहेको छ भने चालक ट्रक छाडेर फरार रहेको प्रहरीले जनाएको छ।

भारतीय नागरिक लुटिए

सर्लाही, १३ साउन । भारतीय एक नागरिकलाइ अज्ञात हतियारधारी लुटेरा समूहले लुटपाट मच्चाएको छ। हिजो सांझ भारतको सोनबर्षा घर भइ हाल मलंगवामा इलेक्ट्रीक पसल थापेर व्यवसाय गर्दै आएका बिजय सिंहलाइ अज्ञात हतियाधारी तीनजनाले कटुवा पेस्तोल देखाइ उनीसंग रहेको करिब १ लाख ५० हजार नगद लुटपाट गरेको प्रहरीले जनाएको छ। अनटेस्ट मोटरसाइकलमा चढेर मलंगवा तर्फआउंदै गरेको सिंहलाइ लुटेराहरुले लुटपाट गरेको प्राप्त जानकारीमा उल्लेख छ।

लमाहा जंगलमा महिला मृत अवस्थामा

रौतहट, १३ साउन । महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर-३ लमाहा जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। आज बिहान फेला परेकी उक्त महिला तराइ मूलको जस्तो देखिने, रातो कर्ुता र कालो पाइन्ट लगाएकी करिब ३० वर्षीया रहेको प्रहरीले जनाएको छ। उनको नाम, ठेगाना खुल्न नसकेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समलिंगी जोडी बन्यो पिता

लन्दन, १३ साउन । ब्रिटेनको एक समलिंगी जोडीलाइ सन्तान सुख प्राप्त भएको खबरले चर्चा पाएको छ। पिता बन्ने समलिंगी प्रहरी हुन्। यसमा एकको बहिनीले सरोगेट आमाको भूमिका निभाएर उनीहरुलाइ सन्तान सुखको अवसर दिएकी हुन्। ब्रिटेनको स्टीवन पोन्डर र इवान सिंगस्टोन पेशाले प्रहरी हुन् र समलिंगीको रुपमा धेरै समयदेखि साथै रहदै आइरहेका थिए। समलिंगी हुनुको कारण प्राकृतिक रुपले यिनीहरु पिता बन्ने सम्भव थिएन। २८ वर्षीय स्टीवन र ४८ वर्षीय इवानको समस्या देखेर पोन्डरकी ३१ वर्षीया बहिनी विलियमले उनीहरुलाइ सन्तान सुख दिएकी हुन्। विलियमको पहिलादेखि तीनवटा सन्तान छ, तर पनि उनले आफनो भाइको आग्रहलाइ स्वीकार गरेर सिंगस्टोनद्वारा दिएको शुक्राणुको मद्दतले गर्भवती भइ उक्त बच्चालाइ जन्म दिएकी हुन्। विलियमको यस राम्रँे काममा उसको पतिले पनि साथ दिएका थिए। हाल बच्चा पाकर पोन्डर र सिंगस्टोन धेरै खुशी छन्। उनको साथीको भनाइ अनुसार बच्चाको पूरा ध्यान राखेर एउटा असल पिताको भूमिका दुवैले निर्वाह गरिरहेको एजेन्सीले जनाएको छ।

संचारकर्मीमाथि हातपात गर्ने व्यक्ति निर्दोष रहेको भन्दै स्थानीयवासीद्वारा प्रदर्शन

वीरगंज, १३ साउन । संचारकर्मीमाथि हातपात एवं दुव्र्यवहार गर्ने व्यक्तिलाइ प्रहरीले पक्राउ गरेपछि वीरगंज-१९ नगवाका स्थानीयवासीले निर्दोषलाइ पक्राउ गरेको भन्दै प्रदर्शन गर्नुको साथै वीरगंजको बाइपासमा चक्काजाम गरेका छन्। आज बिहानैदेखि वीरगंज, नगवाका स्थानीयवासीले प्रदर्शन गर्दै सो स्थानमा चक्काजाम गरेका छन्। उनीहरुले निर्दोषलाइ प्रहरीले पक्राउ गरेको आरोप समेत लगाएका छन्। गत साउन १० गते वीरगंज-१९ रजतजयन्तीचोकमा दुइ भारतीय एल.पि.ग्यांस टयाकंरमा आगलागी भएपछि समाचार संकलन गर्न पुगेका नेपाल टेलिभिजनका पर्सा संवाददाता भूषण यादवमाथि दुर्व्यवहार एवं हातपात गर्ने वीरगंज-१९ नगवा निवासी नागेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको थियो। टयांकर चालकले खाना पकाउन लाग्दा स्टोभ पडकीइ दुइ टयांकरमा आगलागी हुंदा सो क्षेत्र केहीबेर तनावग्रस्त भएको थियो भने सोही क्रममा संचारकर्मी यादवमाथि हातपात भएको प्रहरीले जनाएको छ।

वीउमनपाको पिठीयाकरविरुद्ध तरकारी तथा फलफूल, माछामासु व्यवसायी संघ आन्दोलित

वीरगंज, १३ साउन । वीरगंज उपमहानगरपालिकाले पिठीयाकरको नाममा मनोमानी ढंगले रकम असूलेको विरोधमा तरकारी तथा फलफूल, माछामासु व्यवसायी संघ वीरगंज अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्। आजदेखि वीरगंजका फलफूल, माछामासु र तरकारी व्यवसायीले आ-आफनो व्यवसाय ठप्प पारी विक्री वितरण बन्द गरेका छ। वीरगंजको मीना बजारमा रहेका तरकारी तथा अन्य बजारहरु बन्द भएपछि बिहान किनमेलका लागि गएका उपभोक्ताहरुलाइ मर्का परेको थियो। पिठीयाकर खारेज नभएसम्म अनिश्चितकालको लागि आन्दोलन जारी राख्ने एक व्यवसायीले बताए। वीउमनपाले रकम असूलेर पनि बजारको भौतिक पूर्वाधार निर्माणमा रकम खर्च नगरी मनोमानी ढंगले कर उठाएको आरोपमा व्यवसायीहरु आन्दोलित भएका हुन्।