Skip to main content

बन्द फिर्ता लिनुहोस्-शिक्षामन्त्री कुशवाहा

माग पूरा नभए कडा आन्दोलन हुन्छ- शिक्षकहरु
शिक्षा क्षेत्रमा बन्द सधैका लागि बन्द हुनुपर्छ-विद्यालय संचालकहरु
काठमाडौं, साउन १३ । शिक्षामन्त्री रामचन्द्रप्रसाद कुशवाहाले विद्यालयहरु बन्द तत्काल फिर्ता लिई आन्दोलतनमा आउन शिक्षहरुलाई आव्हान गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै लाखौं विद्यार्थीको भविष्यमा नकारात्मक असर पर्ने कदम नचाल्न आग्रह गरे ।
'शिक्षकहरुको जायज माग पूरा गर्न सरकार तयार छ,' मन्त्री कुशवाहाले भने,'बन्द तत्काल फिर्ता लिएर वार्तामा आउनुहोस् ।' विरोधका लागि बन्द भन्दा अन्य उपाय अपनाउन सुझाव दिए । शैक्षिक संस्थामा बन्द गर्ने परम्परा अन्त गर्नुपर्नेमा उनको जोड थियो । उनले भने,'भविष्यका कर्ण्र्ाारको जीवनसंग खेलवाड गरेर कुन माग पूरा गराउन दबाब दिदैहुनुहुन्छ -' शिक्षकको मागबारे बसेर छलफलमार्फ दिर्घकालिन समाधानको उपाय खोज्नुपर्नेमा उनको जोड थियो ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै उच्च माध्यामिक विद्यालय संघ इसानका अध्यक्ष उमेश श्रेष्ठले बन्द फिर्ता लिन आग्रह गरे । लगातार बन्द हडतालले विद्यार्थीहरु विदेशिने क्रम बढेको भन्दै गम्भीर हुन आग्रह गरे । 'विद्यार्थीहरु धमाधम विदेशिन थालिसके, विद्यार्थीनै नभए कसलाई पढाउनुहुन्छ ।' संवाद र सहमतिबाटै समस्याको समाधान खोज्नुपर्नेमा उनको जोड थियो ।
शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष आर.वि. भण्डारीले शिक्षकको मागप्रति राज्य जिम्मेवार हुनुपर्ने बताए । पहिलो चरणमा साउन १४, १५ र १६ गते बन्द आव्हान गरिएको भन्दै माग पूरा गर्नेबारे गम्भीरता नदेखाए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने,'साउन १८ गतेबाट योभन्दा ठूलो आन्दोलन गर्र्छौं ।' प्रधानमन्त्रीबाट आफूहरुको माग पूरा गर्ने प्रतिवद्धता आउनुपर्ने बताए ।
नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवालीले सरकार शिक्षकको मागप्रति बेवास्ता गरिरहेको बताए । शिक्षकहरुलाई देशको दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिएको भन्दै आन्दोलन गर्दा पनि नसुनेको बताए । उनले भने,'शिक्षकहरु सबैभन्दा असुरक्षित छन्, राज्य संवेदनहीन देखिन्छ ।' देशको नेतृत्व गर्ने नेताको गुणस्तरहीनताका कारण समस्या खडा भएको बताए ।
प्याब्सनका अध्यक्ष भोजबहादुर शाहीले शैक्षिक क्षेत्रलाई बन्दरहित शान्ति क्षेत्र घोषणाको माग गरे । शिक्षकहरुले माग पूरा गर्ने नाममा विद्यार्थीको भविष्यलाई अप्ठ्यारोमा पार्न नहुने बताए । शिक्षकको माग पूरा गर्न राज्य गम्भीर हुनुपर्नेमा उनको जोड थियो । लगातारको बन्दले विद्यार्थीहरु निराश र भविष्यप्रति बेवास्ता गर्न थालिसकेको भन्दै त्यसले गम्भीर असर पार्ने बताए ।
एन प्याब्सनका महासचिव कर्ण्र्ााादुर शाहीले बन्द सधैका लागि बन्द गर्न आग्रह गरे । शिक्षकहरुलाई विरोध गर्ने अधिकार भएको तर त्यसले पार्ने नकारात्मक असरबारे गम्भीर हुन आग्रह गरे । सरकारले शिक्षाको जायज माग सम्बोधन गर्न ढिलाई गर्न नहुने बताए ।
नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका पर्ूव अध्यक्ष गुणराज लोहनीले पटक पटक वार्ता गर्दा पनि राज्यले शिक्षकलाई अलमलाउने काम गरेपछि बन्द गर्न वाध्य भएको बताए । शिक्षकहरुको माग जायज भनिएपनि पूरा गर्नेतर्फगम्भीरता नदेखाइएको भन्दै कडा आन्दोलनमा उत्रन वाध्य हुने चेतावनी दिए ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय बन्द हुने वातावरण अन्त गर्न माग गरे । एक दिन बन्द हुदा ६५ लाख विद्यार्थी पठनपाठनबाट वञ्चित हुने उल्लेख गर्दै तत्काल वार्ताबाट समस्याको समाधान खोज्न भने । शिक्षामा खेलवाड गरिए दुरगामी असर पर्नेतर्फसचेत गराए ।
नेपाल संस्थागत विद्यालय शिक्षक युनीयनका अध्यक्ष होमकुमार थापाले पटक पटक शान्तिपर्ूण्ा माग राख्दा पनि बेवास्ता भएको बताए । आन्दोलन मत्थर पार्ने षड्यन्त्र हुनेगरेको भन्दै अब निर्ण्ाायक आन्दोलन हुने बताए ।
नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम अधिकारीले शिक्षको मागप्रति सरकार संवेदनहीन बनेको बताए । सरकारको शैली यस्तै रहे कडा आन्दोलनको चेतावनी दिए ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।