Skip to main content

Posts

Showing posts from November 14, 2009

मंसिर १ गतेबाट अनिश्चितकालीन मधेश बन्द गर्ने मातृका यादवको चेतावनी

वीरगंज, २८ कार्तिक । नेकपा माओवादीका अध्यक्ष मातृका यादवले आफनो कार्यकर्तालाइ रिहाइ नगरे मंसिर १ गतेबाट अनिश्चितकालीन मधेश बन्द गर्ने चेतावनी दिएका छन्। गत कार्तिक १६ गते वीरगंज भन्सारका प्रमुख केवलप्रसाद भण्डारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वीरगंज-१८ निवासी धु्रव यादवलाई रिहा गराउन नेकपा माओवादीले विरोध र्‍याली निकाली घण्टाघरमा परिणत भएको सभालाइ सम्बोधन गर्दै मुख्य नाकाबाट तस्करहरुले खुलेयाम सामान भित्रयाइरहेका छन् त्यस्तालाई सरकारको अंगले कमिशन खाइ छाडीरहेको आरोप लगाए। आन्दोलनको पहिलो चरण शान्ति, दोश्रो चरणमा लठ्ठी र तेश्रो चरणमा बन्दूकबाट लर्डाईं लड्न तयार छौं भन्दै भ्रष्टाचारी, तस्कर, कालोबजारीहरुसंग सांठगांठ गरी समाचारलाई बग्याउने पत्रकारहरुलाई कारबाही गर्ने चेतावनी समेत दिए। पर्सा जिल्लामा सरकारी कर्मचारीहरु पैसा खुवाएर आउने गरेको भन्दै सिडिओले ९ लाख र एसपीले ३५ लाख घुस खुवाएपछि मात्र सरुवा भएको दाबी यादवले गरे। यादवले देशको संविधान दूतावासको एक कोठामा लेखिदैछ, नेपाललाई बरबाद पार्नमा भारतको ७५ प्रतिशत हात रहेको दाबी गर्दै चाइनाले दमन गर्न हतियार दिएको खण्डमा, त

महा-शिवरात्री महा-महोत्सव महा-यात्रा २०६६

वीरगंज, २८ कार्तिक । श्री महा-शिवरात्री महा-महोत्सव महा-यात्रा २०६६ नामकरण गरिएको विश्वमा नै पहिलो पटक वीरगंजकोर् इटीयाहीमा निर्माण हुन गईरहेको १००८ देव-देवताका मर्ूर्ति तथा विश्व प्रसिद्ध १२ ज्योतर्लिङ्गहरु सङ्घीय मामिला संविधान सभा, संसदिय व्यवस्था तथा संस्कृति मन्त्री डा. मिनेन्द्र रिजालज्यूबाट कार्तिक २५ गते शिलान्यास भए पश्चात दिपक कुमार ढकालको अध्यक्षतामा मूल समारोह समिति गठन भयो। वीरगंजकोर् इटियाहीमा बसेको भेलाले मूल समारोह समितिको संयोजकमा दिपक कुमार ढकाल, सह-संयोजक राम भण्डारी, तथा बैजनाथ कुमार गुप्ता, महा-सचिवमा राजेश कुमार भगत, सचिवमा केशव रायमाझी, कोषाध्यक्षमा, नन्दकिशोर गुप्ता, सह-कोषाध्यक्षमा भरत र्सराफ, सदस्यहरुमा पूजा पौडेल, शिवशंकर प्रसाद यादव, अमिरीलाल गुप्ता, अमोद प्रसाद यादव, जयकरण प्रसाद यादव र पारस प्रसाद यादवलाई चयन गरेको छ। साथै उक्त महोत्सवलाई अझ व्यवस्थित गर्नका लागि विभिन्न उप-समितिहरु समेत गठन गरिएको छ। जस अनुसार ०६६ कार्तिक २८ गते शनिवारका दिन जन परिचालक उप-समिति, मर्ूर्ति निर्माण उप-समिति र सल्लाहकार समितिको चयन गरेको छ। जन परिचालक उप-समितिमा क्रमश डो

किरण शर्मा अपहरणमा

काठमाडौं कर्तिक २८ । किरणा शर्मा ललितिपुरको च्यासलबाट अपरामा परेको छ । उनी बागलुङ नरेठाँटी, स्थायी घ्ार भइ हाल ललितपुरको च्यासलमा बस्दै आएकाछन् । उनले निम्स कलेजका बाह्र बक्षामा अध्यायनरत छत्र हुन् । उनको यहि कार्तिक २२ गते बिहना १०ः३० बजे बलेज जानेक्रममा ललितिपुरको च्यासलबाट अपरणमा परेको हो । विभिन्न प्रहरी प्रशासन, मानव अधिकारवादी संघ्ा-संस्थाहरुमा खोजीको लागि पहल गर्दा पनि आज एक साता वितिसक्दा पनि कुनै खबर नआएकोले उनको परिवारले आज रिपोर्र्टर्स क्लबमा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो । खोज खबरको लागि सबै प्रहरी प्रशासन, मानव अधिकारकर्मी, कानूनविद एव र्सवसाधरालाई सहयोगको लागि आग्रह गरेकाछन् । किरणसंगै अध्यायनरत छात्रा सुमल महर्जनले सो जानकारी दिएप सिोजानकारीमा आएको हो ।

प्रभात काव्ययात्रा सम्पन्न

वीरगंज, २८ कार्तिक । १४ वर्षदेखि निरन्तर काव्ययात्रामा हिंडेको प्रभात काव्ययात्राको १६० औं कविगोष्ठी सम्पन्न भयो। आज विर्ता धर्मशालाको प्रांगणमा सम्पन्न काव्ययात्रामा स्रष्टाहरु महेशचन्द्र गौतम, लक्ष्मी शाक्य, रमेशमान श्रेष्ठ, जीवनलाल श्रेष्ठ, गंगाबहादुर थापा, प्रगतिशील भोजपुरी साहित्यिक मंचका अध्यक्ष धु्रवलाल सहनी सास्ती, समिर पाख्रिन, प्रभात काव्ययात्राका अरुण विक्रम शाह, अजय यादव बियोगी, नेपाल राष्ट्रवाद संघका कोषाध्यक्ष नन्दकिशोर गोयल, यमुना प्रधानाङले कविता, गीत, गजल वाचन गरेका थिए। आगामी प्रभात काव्ययात्रा मंसिर महिनाको अन्तिम शनिवार आयोजना गर्ने भएको छ।

पत्रकार स्थायी सांसद हुन्- रासस अध्यक्ष चापागाइं

वीरगंज, २८ कार्तिक । राष्ट्रिय समाचार समितिका अध्यक्ष बालकृष्ण चापागाइंले पत्रकारहरु स्थायी सांसद भएको बताएका छन्। आज रासस पुनसंरचनाका लागि सुझाव, सल्लाहका लागि अन्तरक्रिया कार्यक्रम लिएर मेचीदेखि महाकालीसम्म पुग्ने अभियान लिएर वीरगंज आइपुगेका चापागाइले एक कार्यक्रमबीच राष्ट्रको पथपर््रदर्शक पत्रकारिता ठिक ढंगले नचलेपछि केही सुध्रिन्न भन्नुभयो। उनले राजनीति र पत्रकारिता ठिक ढंगले नचलेसम्म देश चल्दै चल्दैन बताए। अन्तरक्रिया कार्यक्रममा ४ वटा महत्वपूर्ण विषयलाई प्राथमिकता दिइएको थियो। अन्तरक्रिया कार्यक्रममा अन्य वक्ताहरुले राससलाई पत्रकार कार्यकर्ता भर्ति केन्द्र बनाएको, राजनीति सत्ता र सरकार बदलिएपिच्छे राससका अध्यक्ष बदलिने, रासस नीति बदलिने जस्ता कार्य रोकिनुपर्ने कुरामा जोड दिएका थिए।

करिमा बेगम विकृत मानसिकताको उपज-खनाल

काठमाडौं, २८ कात्तिक। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि कृषि राज्यमन्त्री करिमा बेगमले गरेको आक्रमणलाई विकृत मानसिकताको उपज भने। घटनाको भर्त्सना गर्दै भने, 'मैंले उहांलाई चिन्दा त्यस्तो लाग्नुहुन्न थियो, तर विकृत हुनुहुदोरहेछ।' उनले दलहरुबीच नयां सरकार गठनबारे छलफल हुने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राष्ट्रिय सहमति निर्माणका लागि नयां सरकार गठनबारे पनि छलफल गर्न सकिने बताएका हुन्। 'सहमतिका लागि नयां सरकार गठनबारे पनि छलफल गर्न सकिन्छ,' खनालले भने,' नयां सरकार वा वर्तमान सरकारबारे सबै दलहरुको भेलाले तय गर्नेछ।' वर्तमान सरकारमै माओवादी समावेश भई सहमति निकाल्नेबारे पनि छलफल हुने बताए। संविधान निर्माण र शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनुपर्ने विषयलाई केन्द्रमा राखेर छलफल गरिने बताए। भावी प्रधानमन्त्री बन्न कसरत गर्नुभएको छ नि भन्ने प्रश्नमा उनले भने,'मैंले त्यस्तो कुनै कसरत गरेको छैन।' प्रधानमन्त्री बन्नका लागि गोप्य छलफल कहीं कतै नगरेको स्पष्ट पारे। आफू

जीतपुर भवानीपुरको घुसखोर गाविस सचिवको भण्डाफोर

कलैया, २७ कार्तिक। अमलेखगंज, निजगढ र जीतपुर भवानीपुर तीन गा“उ विकास समितिको कार्यालय संचालन गर्दै आएका सचिव महेन्द्र प्रसाद कर्ुर्मीको घुसखोर प्रवृत्तिको भण्डाफोर भएको छ। गाविस सचिव महेन्द्रप्रसाद कर्ुर्मीले कुनै पनि शिफारिसमा अनिवार्य घुस लिने, घुस नदिए काम कारबाहीमा ढिलासुस्ती गरी नानाथरिका दुःख दिने गरेको विरोधमा स्थानीय वासिन्दा उत्रिएका छन्। जीतपुर भवानीपुर औद्योगिक कोरिडोर हो। सो औद्योगिक कोरिडोरमा उद्योग संचालन गर्न उद्योगपतिले गाविसको तर्फाट लिनुपर्ने सहयोग लिन जा“दा सचिवले उद्योगपतिसंग ठाडै घुस माग्ने गरेका छन्। वीरगंज निवासी घनश्याम क्यालले जीतपुर गाविस अर्न्तर्गत खाना पकाउने ग्या“स उद्योग संचालन गर्नका लागि वातावरणीय अनुकूलताको लागि शिफारिस लिन जा“दा दुइ लाख घुस मांगेको कुरा र्सार्वजनिक भएको छ। त्यस्तै सोही गाविस अर्न्तर्गत एक अर्का उद्योगपतिले उद्योग संचालनको लागि वातावरणीय अनुकूलताको सिफारिस लिन जा“दा पनि मोटो रकम घुस मांगेर आवश्यक कारबाही अगाडि नबढाएर दुःख दिइरहेको जानकारी हुन आएको छ। अमलेखगंज गाविस र निजगढ गाविसमा पनि निज सचिव मन लागे जाने, मन नलागे नजाने गरे