Skip to main content

मंसिर १ गतेबाट अनिश्चितकालीन मधेश बन्द गर्ने मातृका यादवको चेतावनी

वीरगंज, २८ कार्तिक । नेकपा माओवादीका अध्यक्ष मातृका यादवले आफनो कार्यकर्तालाइ रिहाइ नगरे मंसिर १ गतेबाट अनिश्चितकालीन मधेश बन्द गर्ने चेतावनी दिएका छन्।
गत कार्तिक १६ गते वीरगंज भन्सारका प्रमुख केवलप्रसाद भण्डारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वीरगंज-१८ निवासी धु्रव यादवलाई रिहा गराउन नेकपा माओवादीले विरोध र्‍याली निकाली घण्टाघरमा परिणत भएको सभालाइ सम्बोधन गर्दै मुख्य नाकाबाट तस्करहरुले खुलेयाम सामान भित्रयाइरहेका छन् त्यस्तालाई सरकारको अंगले कमिशन खाइ छाडीरहेको आरोप लगाए।
आन्दोलनको पहिलो चरण शान्ति, दोश्रो चरणमा लठ्ठी र तेश्रो चरणमा बन्दूकबाट लर्डाईं लड्न तयार छौं भन्दै भ्रष्टाचारी, तस्कर, कालोबजारीहरुसंग सांठगांठ गरी समाचारलाई बग्याउने पत्रकारहरुलाई कारबाही गर्ने चेतावनी समेत दिए।
पर्सा जिल्लामा सरकारी कर्मचारीहरु पैसा खुवाएर आउने गरेको भन्दै सिडिओले ९ लाख र एसपीले ३५ लाख घुस खुवाएपछि मात्र सरुवा भएको दाबी यादवले गरे।
यादवले देशको संविधान दूतावासको एक कोठामा लेखिदैछ, नेपाललाई बरबाद पार्नमा भारतको ७५ प्रतिशत हात रहेको दाबी गर्दै चाइनाले दमन गर्न हतियार दिएको खण्डमा, तिब्बतलाई साथ दिन पछि नपर्ने चेतावनी दिए।
अहिले प्रचण्डले जनताको नाम आन्दोलन नगरेको भन्दै हिरोइनीहरुसंग डान्स गर्न व्यस्त रही गिरिजाप्रसाद कोइराला र माधव नेपाललाई मनोरंजन दिइरहेको व्यंग गर्नुभयो । प्रचण्ड नक्कली कम्युनिष्ट रहेको आरोप समेत यादवले लगाए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।