वीरगंज, २१ असोज। विगत केही दिनदेखि सरसफाइ नहुंदा नगरवासी फोहरमा बस्न बाध्य भएका छन्। इन्धनको आपर्ूर्तिका कारण सरसफाइमा प्रयोग हुने ट्रयाक्टर तथा टिपर चल्न नसक्दा सरसफाइमा बाधा उत्पन्न भएपछि नगरवासी फोहरमा बस्न बाध्य भएका हुन्। नगरपालिकाले करको दर बढाए पनि जनसरोकारका काममा पनि बेवास्ता गरेको कारण नगरपालिका नरकपालिका बन्न गएको गुनासो नगरवासीको रहेको छ। उपमहानगरपालिकाका कार्यकारी अधिकृत शिवदत्त भट्टराइको एक महिना अघि सरूवा भए पछि अहिलेसम्म स्थानीय विकास मन्त्रालयले अर्को कार्यालय प्रमुखको व्यवस्था गर्न नसक्दा आर्थिक कारोबार रोकिएपछि यस्तो स्थिति सिर्जना भएको हो। पेट्रोल पम्प संचालकहरूलाई ७ लाख रूपैयां तिर्न बांकी भएकोले इन्धन आपर्ूर्ति रोकिएको उपमहानगरपालिकाका यान्त्रिक शाखाका अधिकृत मोहन कुमार कर्ण्र्ाा बताउनुभयो। यसैगरी वीरगंज उपमहानगरपालिका कार्यालयबाट घण्टाघरदेखि पावरहाउसस्थित गुरुद्वारासम्म सरसफाइका लागि खटाइएका कर्मचारीहरुको गयल हाजिर मिलाएर भ्रष्टाचार गरेको प्रमाण फेला परेको छ। सरसफाइ नाइके राजमहम्मद ठकुराइले किशोरी डोम -१५ दिन), मैना डुमाइन -१५ दिन), बंगाली मिस्त्री लगायतको गय...