Skip to main content

Posts

Showing posts from July 11, 2009

एपोलोमा क्यान्सरको उपचारमा नयां प्रविधि

काठमाडौं, असार २७। एपोलो अस्पतालले क्यान्सरको उपचारका लागि नयां प्रविधि भित्राएको छ। आज राजधानीको रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी शरीरको जुनसुकै भागको क्यान्सरको उपचार गर्न सक्ने रेडियोथेरापी उपकरण भित्राएको जानकारी अस्पतालले गराएको छ। अस्पतालका वरिष्ठ परामर्शदाता डा. जेनस स्टम्फले शरीरको कुनैपनि भागमा सुरक्षितसाथ क्यान्सरको उपचार गर्नसक्ने उपकरण रहेकाले यस दक्षिण एशियाली क्षेत्रका करोडौं जनता लाभान्वित हुनसक्ने बताए। उनले भने, उपचारै हुन सक्दैन भनिएका शरीरको भागको क्यान्सरको उपचार गर्नसकिन्छ। मस्तिष्क, मेरुदण्ड, फोक्सो र स्तन क्यान्सरको उपचारमा रेडियोथेरापी उपयोगी रहेको बताए। उपकरण अमेरिका, चीन र यूरोपकका मुलुकहरुमा मात्र रहेको बताए। उपकरणबाट अत्यन्त न्यून मात्रामा मात्र नकारात्मक असर पर्नसक्ने भन्दै अत्यन्त सफल रहेको बताए। रेडियोथेरापी ल्याएपछि क्यान्सरका जटिल उपचारहरु सफल बनाइएको बताए। रेडियोथेरापीबाट उपचारका लागि अमेरिका र यूरोपका ६ जना विशिष्ट चिकित्सक परामर्शदाताका रुपमा रहेको उनको भनाई थियो। विश्वका दर्जनभन्दा बढी मुलुक र भारतका चार दर्जन स्थानमा शाखा रहेक

पर्सा कपडा सिलाइ संघको साधारणसभा र तालिम

वीरगंज, २७ असार । पर्सा कपडा सिलाइ संघको पांचौ साधारणसभा सम्पन्न भयो। आज राणी सति अतिथि सदनमा सम्पन्न कार्यक्रममा  टेलर तथा दर्जीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी राष्ट्रिय मुस्लिम मंच नेपाल, नेपाल मुस्लिम महिला कल्याण समाज र युएनडिपीको संयुक्त आयोजनामा संविधान निर्माण प्रक्रियामा नागरिक सहभागिता लोकतान्त्रिक संवाद दुइ दिने तालिम आजदेखि जिल्ला बाल कल्याण समितिको सभाकक्षमा सुरु भएको छ।

मातृ शिशु कार्यकता हित संरक्षणको तेश्रो अधिवेशन

वीरगंज, २७ असार । नेपाल ग्रामीण स्वास्थ्य कार्यकर्ता तथा मातृ शिशु कार्यकर्ता हित संरक्षण मंच पर्साको तेश्रो अधिवेशन आज राणीसति अतिथि सदनमा सुरु भएको छ। कार्यक्रममा जिल्ला जनस्वास्थ्य  कार्यालयका प्रमुख योगेन्द्रप्रसाद भगत, मातृकाप्रसाद चालिसे, मधेशी स्वास्थ्यकर्मी फोरमका केन्द्रीय अध्यक्ष बाल किशोर यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए भने  अधिवेशनको बन्द सत्रले ११ जना कार्यसमिति चयन गर्नेछ। 

आन्दोलनको आंधीबेहरी सृजना गर्र्छौं -प्रचण्ड

काठमाडौं, असार २७। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आन्दोलनको आंधीबेहरी सृजना गर्ने बताएका छन्। आज राजधानीमा रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहित समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएका व्यक्तित्वहरुलाई सम्मान गर्दै आन्दोलनबाट देशमा रहेको नेतृत्व संकट अन्त गर्ने बताए। प्रचण्डले देशमा र्दुघटना गराउने षड्यन्त्र भइरहेको भन्दै सचेत हुनुपर्ने बताए। उनले भने, संविधानसभालाई निरिह बनाउने षड्यन्त्र भएको छ। देशको स्वाभिमान लत्याइएको भन्दै राष्ट्रि्यतामाथि ग्रहण लागेको बताए। आन्दोलनले ग्रहण हटाएर राष्ट्रि्यतालाई बलियो बताउने बताए। परिवर्तनलाई नरुचाउनेहरुले देशलाई अप्ठ्यारोमा पुर्याएको उनको भनाई थियो। संवादको ढोका बन्द नभएको र दलहरुसंग संवाद गरेरै अहिलेको चुनौती पार लगाउने बताए। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहितलाई अभिनन्दन गरेका छन्। आज राजधानीमा राष्ट्रि्य सांस्कृतिक मञ्चद्धारा आयोजित कार्यक्रममा राष्ट्र्सेवा स्वर्ण्र्ााम्मानद्धारा सम्मान गरेको हो। धमलालालाई संचार क्षेत्रमा देखाएको क्रियाशीलता, सक्षमता एवं आफ्नो व्

कानू समाजको प्रथम अधिवेशन

वीरगंज, २७ असार । नेपाल कानू समाजको प्रथम नगर अधिवेशन सम्पन्न भयो। आज वीरगंज उद्योग वाणिज्य संघको सम्पन्न सो अधिवेशनमा बाराका सभासद प्रमोद गुप्ताले जातिय रुपमा सशक्त हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा कानू समाजका केन्द्रीय अध्यक्ष हरिहर साह, किशोरी गुप्ता, केन्द्रीय समिति सदस्य लक्ष्मण साह कानू, राजकुमार कानू लगायतको उपस्थिति थियो।

रेडियो मकवानपुरको परीक्षण प्रसारण सुरु

-प्रकाश दाहाल- हेटौंडा, २७ असार । हेटौडामा रेडियो मकवानपुर एफएमले परीक्षण प्रसारण आरम्भ गरेको छ । बिकासका लागि सहकार्य नामक गैर सरकारी संस्थाले स्थापना गरेको सो एफएम १०१.३ मेगाहर्जमा सुन्न सकिन्छ । असार २३ गतेबाट परीक्षण प्रसारणमा रहेको यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । एफ एम हेटौंडामा रहेपनि यसको प्रसारण मकवानपुर जिल्ला, आसपासका जिल्ला तथा पश्चिम गुल्मी लमजुङ, पर्ुवमा महोत्तरी, सिन्धुली, र्सलाही लगायतका जिल्लाहरुमा यसको प्रसारण सुनेर स्रोताहरुको प्रतिक्रिया आएको रेडियो मकवानपुर प्रसारण उप समितिका सहसंयोजक रीपेश दाहालले जानकारी दिए । सामुदायिक एफएम भएकोले स्थानिय बिषयबस्तुलाई बढि प्राथामीकताका आधारमा रेडियोमा कार्यक्रम प्रसारण गरीने सहसंयोजक दाहालले बताए । बिकासका लागि सहकार्य नारा लिएको यस एफएमले समाजको नजिक रहेर सामाजिक जनचेतना जगाउने उद्देश्यले संचालनमा ल्याईएको संस्थाका अध्यक्ष कृण्ण अर्यालले जानकारी दिए । यो एफएम मकवानपुरको दोस्रो तथा हेटौंडाको पहिलो सामुदायिक एफएम हो । मकवानपुरमा सातवटा एफएम संचालनमा आएतापनि हाल यो एफएम सहित ५ वटा मात्र सञ्चालनमा रहेका छन् ।

फत्तेमान साँझ हुने

काठमाडौ, २७ असार । वरिष्ट गायक तथा संगीतकार फत्तेमान एकल साझ लिएर उपस्थित हुने भएका छन् । आगामी भदौ १३ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने फत्तेमान सांगीतिक साँझ ०६६ तथा बिबिध सांस्कृतिक कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीतहरु श्रोतामाझ प्रस्तुत गर्ने छन् । सांगीतिक साँझको आयोजक संगीत शीला प्रतिष्ठानले शनिबार रिपोर्टस् क्ल्ब नेपालमा पत्रकार सम्मेलन आयोजना गरि सो जानकरी दिएको हा सम्मेलनमा गायक फत्तेमानले आप\mना श्रोतासँग अझ सामीप्यता बढाउन सांगीतीक साँझ मार्फ झुल्कन लागेको बताए ।

संचारकर्मीलाइ धम्की दिनेलाइ कारबाहीको मांग

काठमाडौं, २७ असार। सगरमाथा टेलिभिजनका संवाददाता वासुदेव तिमिल्सिनालाई उच्च माविबाट सम्बन्धन प्राप्त नगरी संचालन गर्न खोज्ने विद्यालयहरुबाट धम्की आएको घटनाको रिपोर्टस नेपालले घोर भर्त्सना एवं निन्दा गरेको छ।  आज क्लबका अध्यक्ष ऋषि धमलाले जारी गरेको प्रेस विज्ञप्तिमा सौर्य मावि, शान्तिनगर काठमाडौंले सौर्य इन्टरनेशनल कजेल गैरीगाउं, काठमाडौंको नामबाट एवं ग्ल्यासियर इन्टरनेशनल माविले ग्ल्यासियर उमावि शान्तिगर काठमाडौंको नामबाट गैरकानुनी रुपमा संचालनमा ल्याउन खोजेको सत्यतथ्य समाचार प्रसारण गरेको भन्दै धम्की दिनुलाई स्वतन्त्र प्रेसमाथिको धम्कीका रुपमा लिएको उल्लेख छ।  विज्ञप्तिमा सत्यतथ्य समाचार प्रसारण गर्न खोज्ने तिमल्सिना र सगरमाथा टेलिभिजनलाई धम्की दिने विद्यालयहरुमाथि तत्काल कारबाहीको जोडदार माग गर्दै प्रेसमाथि धम्की र आक्रमणको शृंखला बढिरहंदा पछिल्लो घटना भएको छ। क्लब पत्रकारको सुरक्षाको सुनिश्चितताको माग गर्दै कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गर्दछ। दण्डहीनताको अन्त गरी प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न सरकार अगाडि नबढे कडा कदम चाल्न वाध्य हुने स्पष्ट पार्न चाहन्छ

मेरो मोबाइल डिलरहरुद्धारा आन्दोलनको घोषणा

काठमाडौं, असार २७। मेरो मोबाइलका डिलरहरुले आन्दोलनको घोषणा गरेका छन्। रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मेरो मोबाइल डिलर एशोशिएसनले सि.एम. ट्रेडिङ नामक वितरक नियुक्ति गरेको भन्दै स्माइस नेपालको सम्पर्ूण्ा वस्तुहरुको विक्रीवितरण बन्द गर्नेलगायतका कार्यक्रम घोषणा गरेका हो।  कार्यक्रमअनुसार असार ३० देखि १४ अञ्चलका वितरकहरुले मेरोमोबाइलको सम्पर्ूण्ा वस्तुहरुको विक्रीवितरण बन्द गर्ने, ३१ गतेबाट स्पाइस नेपाल प्रा.लि.का चार वटै मुख्य वितरकहरुलाई कम्पनिबाट प्राप्त हुने कुनैपनि बस्तुहरु खरिद नगर्न आग्रह गर्ने, मुख्य चारवटा वितरकहरुको मुख्य कार्यालयहरुमा साउन १ देखि धर्ना तथा तालाबन्दी िगर्ने र माग पूरा नभए थप आन्दोलन गर्ने जनाइएको छ।  मेरो मोबाइल डिलर एशोशिएसनका अध्यक्ष अमर सापकोटाले तत्काल सि.एम.ट्रेडिङ नामक वितरक बन्द नगरे थप आन्दोलन गर्ने बताए। आफूहरुले मेरो मोबाइलको विकासमा योगदान दिएको उल्लेख गर्दै हाल आएर अन्य वितरक नियुक्त गर्न खोज्नु गलत भने। आन्दोलनबाट माग पूरा गरिछाड्ने दृढता व्यक्त गरे। 

सात हजार विद्युतीय सवारी भित्र्याउने

काठमाडौं, असार २७। व्यवसायीहरुले काठमाडौं उपत्यकाभित्र सात हजारको संख्यामा विद्युतीय सवारी भित्राउने घोषणा गरेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी नेपाल सफा परिवहन व्यवसायी संघले विद्युतीय सवारीले वातावरण प्रदूषण रोक्ने भन्दै उक्त संख्याका यातायात भित्राउन लागिएको बताए।  संघका अध्यक्ष विष्णुप्रसाद धितालले सात हजारको संख्यामा विद्युतीय सवारी भित्राउने अभियानमा सघाउ पुर्याउन सरकार र नागरिक समाजलाई आग्रह गरे। वातावरणीय दृष्टिले अभियान अगाडि बढाउन लागिएको उनको भनाई थियो। धितालले विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रि् तथा अन्य पार्टपर्ूजामा पाइरहेको भन्सार तथा भ्यान छुटेको निरन्तरता, चक्रपथ क्षेत्रको शहरी इलाका तथा सम्पदा सूचीमा परेको क्षेत्रमा प्रदूषणरहित विद्युतीय सवारी मात्र संचालन गर्ने व्यवस्था गर्नुपर्ने, विद्युतीय सवारीको विकासको लागि उच्चस्तरीय संयन्त्रको निर्माण हुनुपर्नेलगायतका माग अगाडि सारेका छन्।   पर्ूव श्रम तथा यातायातमन्त्री लेखराज भट्टले विद्युतीय सवारीलाई प्रोत्साहित गर्न सके वातावरण र अर्थतन्त्रमा सकारात्मक असर पर्नसक्ने बताए। आफू मन्त्री हुद

बेवारिसे शव फेला

वीरगंज, २७ असार । अपरिचित व्यक्तिको शव मृत अवस्थामा फेला परेको छ। आज बिहान ६ बजे बाराको पिपरा सिमरा-९ नजिकै फेला परेको शवको सनाखत हुन सकेको छैन।  करिब ४५ वर्षीय पुरुषको शवबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

नुवाकोटमा दुइजनाको मृत्यु

नुवाकोट, २७ असार । चटयाङ र पहिरोमा परी नुवाकोटमा दुइजनाको मृत्यु भएको छ।  आज बिहान नुवाकोटको आमुटार बस्ने बलराम भण्डारीको  १६ वर्षीय छोरा रामकुमार भण्डारीको पहिरोमा परी मृत्यु भएको हो।  खेतमा पानी लगाउन गएको बेला पहिरो खसेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बाटोमा नै मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ।  यसैगरी गएराति रालुका देवी-२ बस्ने मुलजित तामाङको चट्याङमा परी मृत्यु भएको छ। 

महोत्तरीमा दुर्घटना, ७ जना घाइते

महोत्तरी, २७ असार । पूर्व- पश्चिम महेन्द्र राजमार्गको महोत्तरीमा बेग्लाबेग्लै सडक दुर्घटना हुंदा ७ जना घाइते भएका छन्।  आज बिहान माइस्थान-६ नजिकै राजमार्गमा आज बिहान ना.३ ख ५०७८ नंं.को बस एक्कासी पुलको जालीमा ठोक्कीदा ५ जना घाइते भएका छन् ।  घाइतेमध्ये उदयपुर गाइघाट ३ बस्ने बर्ष१८ की प्रमिला थापाको अवस्था गम्भीर छ भने अन्य चारजना व्यक्ति सामान्य घाइते भएका छन्। घाइतेहरुको बर्दिवास मेडिकलमा उपचार भइरहेको छ ।  आज बिहान लक्ष्मीनिया-५ नजिकै ना.३ ख ७०६ नं.को बस र ज.१त २४६७ नं.को ट्रयाक्टर एक आपसमा ठोक्किदा २ जना सामान्य घाइते भएका छन्। उनीहरुको पनि बर्दिवास अस्पतालमा उपचार भइरहेको छ भने बस, ट्रयाक्टर र दुवै चालक प्रहरी नियन्त्रणमा रहेको छ।

१५६ औं प्रभात काव्ययात्रा

वीरगंज, २७ असार । १३ वर्षपूरा गरी १४ औं वर्षा प्रवेश गरेको उपलक्ष्यमा १५६ औं प्रभात काव्ययात्राले साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।  आज वीरगंजको घण्टाघरमा आयोजित कार्यक्रममा डा. शशिभूषण वर्ण्र्ााल, शशि विचित्र, भाइराजा जोशी, समिर पाख्रिन, धु्रबलाल सहनी, नन्दकिशोर गोयल, लक्ष्मी शाक्य, अरुण विक्रम शाह, शिल्पी पाण्डे, प्रणय कुमार, प्रेस चौतारी अध्यक्ष जीवनलाल श्रेष्ठ, रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्तालगायतले रचना वाचन गरेका थिए।