Skip to main content

Posts

Showing posts from June 27, 2009

१५ लाख बराबरको सेट चोरी

-प्रकाश दाहाल- हेटौंडा, १३, असार । हेटौंडाको ब्यस्त बजार गणतान्त्रिक चोक नजिक रहेको न्यु राउतर् इलेक्ट्रोनिक्सबाट विभिन्न मोडेलका ३५० थान मोबाईल सेट चोरी भएको छ । न्युटेरीक नेपाल नोकीया मोबाईलको अधिकृत बिक्रेता समेत रहेको पसलबाट शनिबार राति पसलको ढोकाको ताला फुर्टाई करीब १५ लाख रुपैंयाँ बराबरको मोबाईल सेट चोरी भएको पसलका प्रोपाईटर महेन्द्र राउतले बताए । रहेकोले घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा हाल पसल चोरी तथा ब्यक्ति लुटका घटनाहरु बढ्दै गईरहेका छन् । दर्ुइ दिन अगाडिमात्र जालान आईरन एण्ड मेशिनरी का मनोज जालानका साँझ सात बजे हतियारधारी समुहले पेस्तोल देखाई ४ लाख ५० हजार लुटेका छन् । सो घटनाको बारेमा प्रहरीले अझसम्म पनि केहि पत्ता लगाउन सकेको छैन ।

चेपाङ महिलालाई राहत प्रदान

-प्रकाश दाहाल- हेटौंडा, १३, असार । मकवानपुरकी बैदेशिक रोजगारबाट पिडित एक चेपाङ महिलालाई राहत प्रदान गरीएको छ । बिदेश गएर भने अनुसारको काम नपाएर नेपाल फर्कीएकी पदमपोखरी-१ बाढिपिडित टोल निबासी सम्झना प्रजालाई पौरखी नेपाल मकवानपुर शाखाले राहत स्वरुप २ हजार ५ सय रुपैंयाँ प्रदान गरेको हो । त्यसैगरी बाढिपिडित टोलका युगचेतना नमुना प्राविमा अध्ययनरत सुवास नेपाली, हीरामाया पुलामी, निसान्त लामा, सन्तोष बस्नेत लगायत ७ जना बालबालिका तथा २ जना गरीब महिलाहरुलाई कपडा समेत प्रदान गरीएको पौरखी नेपालकी जिल्ला अध्यक्ष मिरा दाहालले बताइन् ।

सरकारी विद्यालयले परीक्षा शुल्क बाहेक अन्य केही लिन नपाउने

वीरगंज, १३ असार । सरकारी विद्यालयले शैक्षकि सत्र २०६३ देखि परीक्षा शुल्क लगायत कुनै पनि शुल्क विद्यालयले लिन नपाउने व्यवस्था सरकारले गरेको छ भने दलित विद्यार्थीका लागि भने कक्षा १० सम्म नै निशुल्क गरेको छ। जिल्ला शिक्षा कार्यालय पर्साले सरकारको नीति अनुरुप एक परिपत्र जारी गर्दै निम्न माध्यमिक तहसम्म अध्ययन पूर्णतया निशुल्क गरेको छ। नेपाल सरकारले विद्यालय सुधार कार्यक्रम अर्न्तर्गत प्राथमिक तहलाइ प्रति विद्यार्थी रु १ सय को दरले हुन आउने रकम कक्षा १ देखि ८ कक्षासम्म निशुल्क पाठयपुस्तक, कक्षा ६ देखि १० सम्म दलित विद्यार्थीसंग शुल्क नलिने विद्यालयलाई प्रति दलित विद्यार्थी रु ५ सय र महिला छात्रवृत्ति अर्न्तर्गत कूल महिला विद्यार्थी संख्याको ५० प्रतिशत प्रतिविद्यार्थी रु ३ सय ५० का दरले हालदिंदै आएको जनाएको छ।

विभिन्न स्थानमा दुर्घटना ५ को मृत्यु

भरत पाण्डे चितवन, १३ चितवन । देशका बिभिन्न स्थानमा गएराति भएका छुट्टाछुट्टै सवारी दर्ुघटनामा ५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन। मकवानपुरको दामन नयाँ गाउँमा गएराति भएको सवारी दर्ुघटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाण्डौंतर्फगईरहेको बा६च ५११९ नम्बरको कार दर्ुघटना हुँदा काठमाण्डौंका जनार्दन आचार्यको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी दर्ुघटनामा परी प्रकाश आचार्य र दिपक आचार्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी , धादिङको भुमेस्थान-८ मा पर्ने पृथ्वीराजमार्गको अछेते भिरमा ट्रक पल्टिंदा दर्ुइ जनाको मृत्यु गएको छ भने एक जना घाइते भएका छन् । नारायणगढवाट काठमाण्डौका लागि छुटेको बा २ ख ४५०० नम्वरको ट्रक एक्कासी अनियन्त्रित भई सडकवाट ५० फिट तल खस्दा ट्रकका सहचालक मकवानपुर गैरीगांउका ३१ वषिर्य रामसिंह गोले र ठेगाना नखुलेका सोहि ट्रकका यात्रु धिरज ढकालको घटनास्थलमा नै मृत्यु भएको हो । । दर्ुघटनामा परि घाइते भएका ट्रकका चालकलाई उपचारका लागि राती नै काठमाण्डौ पर्ठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । य