Skip to main content

विभिन्न स्थानमा दुर्घटना ५ को मृत्यु

भरत पाण्डे
चितवन, १३ चितवन । देशका बिभिन्न स्थानमा गएराति भएका छुट्टाछुट्टै सवारी दर्ुघटनामा ५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन। मकवानपुरको दामन नयाँ गाउँमा गएराति भएको सवारी दर्ुघटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
हेटौंडाबाट काठमाण्डौंतर्फगईरहेको बा६च ५११९ नम्बरको कार दर्ुघटना हुँदा काठमाण्डौंका जनार्दन आचार्यको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी दर्ुघटनामा परी प्रकाश आचार्य र दिपक आचार्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी , धादिङको भुमेस्थान-८ मा पर्ने पृथ्वीराजमार्गको अछेते भिरमा ट्रक पल्टिंदा दर्ुइ जनाको मृत्यु गएको छ भने एक जना घाइते भएका छन् । नारायणगढवाट काठमाण्डौका लागि छुटेको बा २ ख ४५०० नम्वरको ट्रक एक्कासी अनियन्त्रित भई सडकवाट ५० फिट तल खस्दा ट्रकका सहचालक मकवानपुर गैरीगांउका ३१ वषिर्य रामसिंह गोले र ठेगाना नखुलेका सोहि ट्रकका यात्रु धिरज ढकालको घटनास्थलमा नै मृत्यु भएको हो । । दर्ुघटनामा परि घाइते भएका ट्रकका चालकलाई उपचारका लागि राती नै काठमाण्डौ पर्ठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यता , चितवनको कविलासमा गएराति भएको सवारी दर्घटनामा पाँच जना र्घाईते भएका छन । काठमाडौंबाट नारायणगढ तर्फआउँदै गरेको बा २ ख ४७५६ नम्बरको भ्यान र कलैयाबाट काठमाडौं जाँदै गरेको ना३ ख ७८३४ नम्बरको बस चितवनको कविलास -२ १५ किलो भन्ने स्थानमा एक आपसमा ठक्कर खाँदा सो दर्ुघटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दर्ुघटनामा परी भ.न.पा १ कि रमा भट्ट , प्रगतिनगर -९ नवलपरासीका नामदेव भूषाल ,गैंडाकोट -५ नवलपरासीकी सिता देवी रिजाल ,शिवमन्दिर -९ नवलपरासीका नरबहादुर वि.क र सोहि स्थानका चेत बहादुर सुनार रहेका छन । र्घाईते सवैको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यसैगरी , सप्तरीको खोसारमा ट्रीपर दर्ुघटना हुदा एक जनाको घट्ना स्थलमै मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन ।
न्ाा ३ ख ४१८३ नम्वरको ट्रीपर दर्ुघटना हुदा महेश यादवको घट्ना स्थलमै ज्यान गएको हो । दर्ुघटनामा मलेश खातीम , साइको खातीम , महेश खातीम , उमेश यादव र महमद साउदिन घाइते भएका छन । घाइतेको राजविराजमा उपचार भैरहेकेा छ । उता , महोत्तरी जिल्लाको पश्चिम उत्तरवर्ती बेलगाछी गाविसमा जिपले ठक्कर दिँदा गएराति एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलगाछी गाविस वडा नं. ४ बस्ने वर्ष३८ को गोविन्द थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
बा५च २७४१ नम्बरको जिप जिल्लाको व्यापारिक नगर गौशालाबाट बेलगाछी गाविसतर्फगइरहेको क्रममा धान कुटाएर घर र्फकदै गरेको थापालाई ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दाहरुले जनाएका छन् ।
ठक्कर दिने जिप र जिप चालक इलाका प्रहरी कार्यालय, गौशालाको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक राजेन्द्र धमलाले बताउनुभयो । जिप ठक्करबाट मृत्यु भएको थापाको परिवारले क्षतिपर्ूर्तिको माग गरिरहेका छन् । यसैगरी पर्ुब पश्चिम महेन्द्र राजमार्ग अर्न्तगत बर्दियाको बगनाह गाबिसको सैनवार भन्ने स्थानमा ट्रकले ठक्कर दिदाँ १ जना र्घाईते भएका छन् । पश्चिम बाट पर्ुब तर्फआउदै गरेको ना १ ख ६४३९ नंम्बरको ट्रकले पश्चिम तर्फजादै गरेको लु १ प ७७५ नंम्बरको मोटरर्साईकललाई ठक्कर दिदाँ मोटरर्साईकलमा सवार बैतडी जिल्ला घर भएका डंम्बर राज भट्ट र्घाईते भएका हुन् । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । र्घाईते भट्टको कोहलपुर स्थित मेडिकल कलेजमा उपचार भैरहको छ । स्थानिय बासिन्दाले हिजो साँझ साढे ६ बजे देखी सो सडक खण्ड अबरुद्ध गरेका छन् । स्थानिय बासीन्दाले र्घाईतेको आफन्त नआउदा सम्म सडक सुचारु हुन नदिने समेत बताएका छन् । सडक अबरुद्धका कारण महेन्द्र राजमार्गमा चल्ने सयौ सवारी साधनका यात्रुहरु बिच बाटो मै अलपत्र परेका छन ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।