Skip to main content

Posts

Showing posts from July 26, 2009

र्सपदंशको प्रकोप बढेपछि नागपूजा

वीरगंज, ११ साउन । पर्साको भेडियाहीमा र्सपदंशबाट करिब आधा दर्जन व्यक्तिको मृत्यु भएपछि स्थानीयवासीले भव्यतापूर्वक नागपञ्चमी मनाउने भएका छन्। आजदेखि सातोमाइ सेवा समितिले आयोजना गरेको नाग पंचमी चारदिनसम्म मनाइने भएको समितिका सदस्य चिन्ता देवीले बताएकी छन्। नाग पंचमीको दिन आज सांझ पर्सामा हल्का पानी परेपछि कृषकहरु झनै खुशी भएका छन्।

सदभावनाद्वारा प्रमलाइ ज्ञापनपत्र

वीरगंज, ११ साउन । सदभावना पार्टी पर्साले सर्वोच्च अदालतद्वारा उपराष्ट्रपति हिन्दी भाषामा सपथ ग्रहणको विरुद्ध गरेको निर्णयप्रति विरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। आज बिहान सदभावना पर्साका अध्यक्ष नेजामुद्दिन समानीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फ प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा देश भित्र रहेको विगतको आन्तरिक उपनिवेश एवं साम्राज्य कायम राख्द उद्यत शक्तिहरु तथा समावेशीकरणको शत्रुहरुद्वारा गैर नेपाली भाषाभाषी उपर कथित राष्ट्रवादी, संवैधानिक एवं कानूनी प्रहारको विरुद्ध एकजुट भएर आउन समग्र शोषित, पीडित, उपेक्ष्ँित जनजाति, भाषा, भाषाी तथा सम्प्रदायहरुसंग सदभावना गर्दछ भनिएको छ ।

संवाददाता यादवमाथि दुव्र्यवहारको भर्त्सना

वीरगंज, ११ साउन । नेपाल टेलिभिजनका संवाददाता भूषण यादवमाथि समाचार संकलनको क्रममा स्थानीयवासीले गरेको दर्ुर्व्यवहारको घटनाप्रति विभिन्न संचारसम्बद्ध संघसंस्थाले भर्त्सना गरेको छ। क्रियाशील युवा पत्रकार मंच नेपाल पर्सा, नेपाल पत्रकार महासंघ पर्सा र नेपाल पत्रकार महासंघ रेडियो वीरगन्ज शाखाले पनि घटनाको घोर भर्त्सना गर्दै दोषीलाई कारबाहीको मांग गरेको छ। विज्ञप्तिमा समाचारको लागि खिचिएको दृष्य मेटाउन धम्की दिएर पत्रकार यादवमाथि हातपातको घटना भएकोमा प्रेस स्वतन्त्रताको गम्भिर उपहास भएको जनाएका छन्।

विभिन्न स्थानमा दुर्घटना र सडक अवरुद्ध

वीरगंज, ११ साउन । विभिन्न स्थानमा सडक दुर्घटनाको क्रमले तीब्रता पाएको छ भने दर्जनौ घाइते भएको प्राप्त जानकारीमा उल्लेख छ। आज बिहान अमलेखगन्ज नजिकै ना२त ७७२४ नं.को ट्रयाक्टरले ना१०प ७९६१ नं.को मोटरसाइकललाई ठक्कर दिंदा दुइजना घाइते भएका छन् भने उनीहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। महोत्तरी, बर्दिबास-७ नजिकै रोकीराखेको टिपरमा ना३ख १४४३ नं.को बसले पछाडीबाट ठक्कर दिंदा ५ जना यात्रु घाइते भएका छन्। घाइते हुनेहरुमा सिरहा लाहान बस्ने रन्जना, सुमिला पण्डित, अनारा देवी चौधरी, कुन्ती चौधरी, बस चालक मुस्लिम रायन रहेका छन्। आज बिहान हात्तीलेट-१ नजिकै ना.३ख ८४४९ नं.को टिपर र ना.१ख ६४४४ नं.को स्कूल बस एकआपसमा ठोक्किदा दुइजना घाइते भएका छन्। महोत्तरीको सम्सी नजिकै ज१ख ६३७ नं.को बस पल्टिंदा पर्सा देवाड-७ बस्ने गुलशन खातुन र भारतको बिहार भिसुवा बस्ने रन्जु चौधरी घाइते भएका छन्। गए राति धनुषाको ढल्केवरमा ज१त१८४२ नं.को ट्रयाक्टर र जे.एच.ओ.४ सी.२१४८ नं.को भारतीय जिप एक आपसमा ठोक्किदा धनुषा-७ बस्ने कलादेवी मण्डल, राम कुमारी देवी, चौधरी देवी मण्डल, सोमरी देवी मण्डल घाइते भएका छन्।

दुइ भारतीय नागरिकको मृत्यु

वीरगंज, ११ साउन । कलकारखानामा कार्यरत दुइ भारतीय मजदूरको मृत्यु भएको छ। हिजो सांझ बाराको लिपनीविर्ता-९ मा रहेको कलश सिमेन्टमा कार्यरत भारत, समस्तीपुर निवासी ४० वर्षीय गंगाप्रसाद महतोको बालुवाले पुरिएर घटनास्थलमै मृत्यु भएको छ भने वीरगंज-१९ स्थित स्टार इन्जिनियरिङमा कार्यरत भारत, मोतीहारी बस्ने अशोक यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

हतियार देखाइ मोटरसाइकल लुटियो

वीरगंज, ११ साउन । अज्ञात हतियारधारी लुटेरा समूहले एकजनाको मोटरसाइकल लुटेर बेपत्ता भएको छ। गए राति ८.४५ बजे बारा, गन्जभवानीपुर नजिक पसाहा खोला नजिकै ककडी-९ बस्ने सन्जय चौधरीको ना११प १२९८ नं.मोटरसाइकल अज्ञात तीनजना लुटेरा समूहले कटुवा पेस्तोल तेर्साइ लुटेर लगेको प्रहरीले जनाएको छ।

हत्याको विरोधमा वाइसिएलद्वारा प्रदर्शन

वीरगंज, ११ साउन । वाइसिएल कार्यकर्ताको हत्या भएको विरोधमा वाइसिएलले आज बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा लगायत जिल्लामा चक्काजाम गर्दै हत्यारालाइ कारबाहीको मांग गरेको छ। आज बिहान वीरगंजको घण्टाघर, बाराको कलैया, विश्रामपुर, बाराको गण्डक र भरतचोकमा वाइसिएलका मुकेश साहको नेतृत्वमा टायर बाली अवरोध गरेको थिए भने बन्दको अवज्ञा गरेको भन्दै ना१झ३९८ नं.को विद्युतको गाडीमा तोडफोड गरेका थिए। बाराको भवानीपुर, कर्मैया, लालबन्दी, हरिपुरचोक र नवलपुरचोकमा वाइसिएलले वीरगन्जबाट विराटनगर तर्फजांदै गरेको ना२ख २८४५ नं.को गाडीमा तोडफोड गरेपछि प्रहरीले केही कार्यकर्तालाइ पक्राउ गरेको छ। महोत्तरीको बर्दिबासचोक, गौशाला, धनुषाको पिडारीचोकमा वाइसिएलका कार्यकर्ताहरुले प्रदर्शन गर्नुको साथै चक्काजाम गरेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ । साउन १० गते रौतहट, रमौली बैरिया-६ बस्ने भुटा राय यादवको छोरा तथा वाइ.सि.एल.का केन्द्रिय सदस्य ३९ वर्षीय लक्ष्मण राय यादवलाइ चांदे खोलामा अज्ञात समूहले ५ राउण्ड गोली प्रहार गरी हत्या गरेको थियो।

उपराष्ट्रपतिले पुनः सपथ खानुपर्दैन, राजीनामा पनि दिनुपर्दैन

काठमाडौं, साउन ११। आपर्ूर्तिमन्त्री राजेन्द्र महतोले उपराष्ट्रपति परमानन्द झाले राजीनामा दिनुनपर्ने र पुनः सपथ पनि खानुनपर्ने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै संविधानमा संशोधन गरी सपथ विवाद अन्त गर्नुको विकल्प नभएको बताए। 'उपराष्ट्रपतिले पुनः सपथ खानुपदैन, राजीनामा पनि दिनुपर्दैन,' सदभावना पार्टर्ीी अध्यक्ष समेत रहेका महतोले भने,'अन्तरिम संविधान संशोधन गरी समस्याको समाधान खोजिनेछ।' प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी संविधान संशोधनको प्रस्ताव राखेको खुलासा गरे। सदनमा संशोधन प्रस्ताव जाने ठोकुवा गरे। संविधान संशोधनका लागि प्रक्रिया अगाडि बढाइएको बताए। उपराष्ट्रपतिको सपथलाई सर्वोच्च अदालतले गैरकानुनी भनी फैलसा गर्नुलाई दर्ुभाग्यपर्ूण्ा भने। आफूहरुले अदालतको सम्मान गर्ने उल्लेख गर्दै भने,'सर्वोच्चको फैसलाले देश र मधेशको हित गर्दैन।' नेपालमा बोलिने सबै भाषा सपथमा प्रयोग गर्न पाउनुपर्ने स्पष्ट व्यवस्था गर्नुपर्ने बताए। मुलुक एउटा भाषीको मात्र नभएको भन्दै भाषाकै विषयमा उपराष्ट्रपतिले राजीनामा दिनुनपर्ने स्पष्ट पारे। उनले भने,'जननिर्

सुखाले बिउ सुकायो, वर्षाले कुलो वगायो

डोटी, ११ साउन। असार अन्तिमसम्म पानी परेन, छरेको बिउ सवै सुक्यो। गत साता परेको मुसलधारे पानीले सवै सिचाई कुलाहरु समेत वगाई दियो, यस वर्षपनि हामी किसानहरुको भाग्यमा यस्तै लखेको रहेछ। उपरोक्त भनाई डोटी जिल्ला वारपाटा गाबिसका पर्ुव अध्यक्ष रामवहादुर वलायरको हो। असारको अन्तिम साता आएको वषर्ाका कारण वारपाटा, लामिखाल, गिरीचौका, महादेवस्थान लगायतका गाबिसहरुमा आएको वाढीले अधिकांस सिचाई कुलाहरु नष्ट भएका छन। पूर्व अध्यक्ष भन्छन-जेनतेन सुखा समयमा खोलाको पानीले बिउसम्म जगाएका थियौं, राती आकासमा वादल देख्दा अव पानी पर्छ र भोली रोपाई गर्न सजिलो हुन्छ भन्ने सोचेका थियौ तर बिहान उठ्दा त कुलो-पनालो सवै वगाएको छ। २०५८ सालमा निर्माण गरिएकेा सिचाई पोखरी यस वर्षजिल्ला कृषि बिकास कार्यालयको सहयोगमा मर्मत गरेको वताउदै वारपाटा ८ का डम्मर पछेरा भन्छन- पोखरीसम्म लगिएको कच्ची कुलोको मुहान गत साताको वाढीले भत्किेपछि हाम्रो रोपाई गर्ने सपना अधुरो रहृयो। राज्यले सिंचाईका लागि त्यति ध्यान दिन नसकेको लामिखाल-८ का कृषक बसन्त अवस्थी वताउछन उनी भन्छन- साना सिंचाई कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर

तराइबासी मर्नु न बांच्नुको दोसांधमा

वीरगंज, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले तराइबासी मर्नु र बांच्नुको अवस्थामा पुगेको दाबी गरेका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले आलु र गोलभेंडाको भाउ आकाशिदै जांदा र तराइ सुख्खाग्रस्त हुंदा तराइबासी ठूलो विचल्लीमा परेको बताए। उनले हिन्दू राष्ट्र, राजसंस्था र संघीयतामा जनमत संग्रह नभए भीषण द्वन्द्वको सुरुवात हुने चेतावनी दिए। रक्षामन्त्री विद्यादेवी भण्डारीले भारतबाट जैविक हतियार भित्रयाउन खोजेको आरोप लगाउंदै राष्ट्रपति र उपराष्ट्रपति आफै संविधानका भक्षक भएको आरोप लगाए।

राष्ट्रवादीको भूमिगत बैठक सम्पन्न

वीरगंज, ११ साउन । राष्ट्रियतामाथि बढ्दै गएको खतराप्रति गम्भीर छलफल गर्न राष्ट्रिय मुक्ति आन्दोलन नेपालको पर्सा जिल्ला भेला साउन १० गते भूमिगत रुपमा सम्पन्न भएको प्राप्त जानकारीमा उल्लेख छ। टेके चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा नागरिकता विधेयक खारेज गर्नुपर्ने, स्थानीय उद्योग धन्दामा भारतीयहरुलाई हटाइ स्थानीयवासीहरुलाई रोजगारको व्यवस्था गरिनुपर्ने लगायतको विषयमा छलफल भएको थियो। यसैगरी भेलाले सागरको अध्यक्षतामा ९ सदस्यीय पर्सा जिल्ला संगठन समिति गठन गरेको छ।

सदभावनाद्वारा विरोध तथा भर्त्सना

वीरगंज, ११ साउन । संघीय लोकतांत्रिक गणतन्त्र नेपालमा बोलिने सबै भाषा, संस्कृति र पहिचानको मान्यता हुनु अनिवार्य छ तर त्यसको विपरित देशको लोकतन्त्र, समानता, बहुजातीय, बहुभाषीक एवं बहुसांस्कृतिक स्वरुपलाई क्षत-विक्षत गर्ने उद्देश्यले अभ्रि्रेरित भई सम्मानित सर्वोच्च अदालतद्वारा उपराष्ट्रपतिको शपथ ग्रहणको नाममा त्यसको मर्म र भावना भाथि गरिएको आक्रमणको सदभावना पार्टीले घोर भर्त्सना र विरोध गरेको छ। आज सहसचिव मनिषकुमार सुमनले जारी गरेको प्रेस विज्ञप्तिमा उपराष्ट्रपतिलाई देशको सैद्धान्तिक भाषिक र सांस्कृतिक विविधता सम्वोधित हुने र विगतका एकांकी, एकतंत्रीय, परिवारवादी, एक भाषी एवं एकल सांस्कृतिक वर्चस्व विरुद्धको अडानमा कायम रहन आग्रह गर्दै देश भित्र विगत देखि सम्राज्य कायम राखेका समावेशीकरणका शत्रुहरुद्वारा गैर नेपाली भाषाभाषिहरुको मातृभाषा, संस्कृति र पहिचान माथि भइरहेको कथित राष्ट्रबादी, संवैधानिक एवं कानुनी प्रहार विरुद्ध एकजुट भई अगाडी आउन समग्र शोषित, पीडित, उपेक्षति जातजाती भाषा-भाषि र समुदायहरुलाइ आग्रह गरिएको उल्लेख छ।

नेपालीको खेत भारतद्वारा अतिक्रमण

वीरगंज, ११ साउन। वीरगंज उपमहानगरपालिका वडा नं. १९ अर्न्तर्गत नेपाल-भारत मितेरी पुल नजिकको नेपालीहरूको खेत भारतको अतिक्रमणमा परेको छ। नेपालको पुरानो शहर, नेपालको प्रमुख प्रवेशद्वार, आर्थिक राजधानी, तराइको राजधानी मानिने वीरगंज उपमहानगरपालिकाभित्र रहेको सिर्सिया नदीमाथिको नेपाल-भारत मितेरी पुल नजिकको र्सवसाधारण कृषकहरूको करिब ३ विघा जग्गा जबरजस्ती सीमा स्तम्भ गाडेर भारतले अतिक्रमण गरेको छ । साविक इनर्वाभाठा गाविस वडा नं. ३ हाल वीउमनपा १९ स्थित ऐतिहासिक नेपाल-भारत मितेरी पूल नजिकको कि.नं. २२८ को दुइ कठ्ठा १५ धुर, कि.नं. ३५८ को १८ कठ्ठा १८ धुर, सितारामप्रसाद यादव, पवितरी देवी अहिरिन, लालबहादुर यादव, रामचन्द्रराउत यादव, रामछत्रि राउत यादव लगायतको करिब ३ विघा जमिन हिजोआज भारतले अतिक्रमण गरी धमाधम केही टहरा बनाउन सुरू गरिएको छ। हातमा लालपर्ूजा, रसिद बोकेर आप\mनो हक भोगको नेपालको जमिन भारतद्वारा अतिक्रमण गरेकोमा उजुरी हाल्न जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका कन्हाइ यादवले ३ वर्षअगाडि आप\mनो जग्गामा एउटा स्तम्भ गाडिएपछि आफूले तत्काल विरोध गरी जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको त

कमिशनका कारण तराइमा औषधि आएन

भानुभक्त आचार्य हेटौंडा, ११ साउन। सरकारले तराइ क्षेत्रलाई लक्षित गरी औषधि उपलब्ध गराएपनि सम्बद्ध स्वास्थ्यसंस्थाको लापरबाहीका कारण बिरामीको मृत्यु हुने क्रम बढेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तराइका लागि आवश्यक विभिन्न प्रकारका औषधि उपलब्ध गराउने जिम्मा दिएर मध्यमाञ्चल क्षेत्रीय मेडिकल स्टोर हेटौंडामा औषधि पठाए पनि तराइका विभिन्न स्वास्थ्य संस्थाले तोकिएको औषधि समयमै र आवश्यक मात्रामा नलगी दिंदा त्यहांका घाइते र बिरामीहरुको मृत्युहुने क्रम बढेको हो। प्रहरी तथ्याड्ढअनुसार १५ दिनयता विषालु र्सपको टोकाइबाट समयमै उपचार पाउन नसक्दा तराइ क्षेत्रमा एकदर्जन बढी घाइतेको मृत्यु भइसकेको छ। सोको उपचारका लागि आवश्यक एन्टीस्नेक भेनम आवश्यक मात्रामा त्यस क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाले नलगेका कारण घाइतेको मृत्यु भएको देख्न सकिन्छ। ती संस्थाले स्टोरमा नै आएर आवश्यक कागजपत्र पेश गरी आफैंले भेनम लैजानुपर्ने व्यवस्था छ। कुन डाक्टरले को बिरामीलाई कति भायल दिए भन्ने कुराको पर्ूण्ा विवरण प्राप्त भएपछि सोअनुसार औषधि उपलब्ध गराइन्छ’-स्टोर प्रमुख रमण झाले भन्नुभयो। महाशाखाले न

नागरिक समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्न असक्ष्ँम प्रजिअ

नागरिक समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्न असक्षम रहेका पर्साका प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद भण्डारीको निष्त्रिmयताका कारण वीरगंज नगरमा कालाबजारी गर्ने केही व्यापारीहरूले मौकामा चौका हान्ने अवसर पर््रयाप्त रूपमा पाइरहेको गुनासो उठेको छ। खाद्यान्न वस्तु लगायत अन्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी बढ्दो महंगीको नाजायज फाइदा लुटिरहेका नगर क्षेत्रका अधिकांश व्यापारीहरूले आफूखुशी दररेटमा सामानको मूल्य कायम गरी, विक्री वितरण गरिरहंदा समेत जिल्ला प्रशासन कार्यालय पर्साले बजार अनुगमन निरीक्ष्ँण, हस्तक्षेप जस्ता कार्यक्रम चलाउन नसकेबाट आम नागरिकहरू ज्यादै मर्कामा परेको बताउन थालेका छन्। र् र्सवसाधारणलाई न्याय दिलाउने पर्साको गृह प्रशासन चिरन्रि्रामा सुत्नाले जिल्लामै अपराधिक क्रियाकलाप बढ्ने क्रममा निरन्तरता पाइरहेको पर्रि्रेक्ष्यमा बढ्दो कालोबजारी, सिर्जित कृत्रिम अभाव जस्ता समस्या उपर पर्साका प्रमुख जिल्ला अधिकारी भण्डारीले ध्यान नदिनुलाई जनउत्तरदायित्वबाट पन्छिन खोजेको आरोप लगाइदैछ। जिल्लामा बढ्दै गएको अपराधिक क्रियाकलाप एवं कालाबजारी, अनाधिकृत मूल्यवृद्धि जस्ता अवाञ्छित