Skip to main content

सदभावनाद्वारा विरोध तथा भर्त्सना

वीरगंज, ११ साउन । संघीय लोकतांत्रिक गणतन्त्र नेपालमा बोलिने सबै भाषा, संस्कृति र पहिचानको मान्यता हुनु अनिवार्य छ तर त्यसको विपरित देशको लोकतन्त्र, समानता, बहुजातीय, बहुभाषीक एवं बहुसांस्कृतिक स्वरुपलाई क्षत-विक्षत गर्ने उद्देश्यले अभ्रि्रेरित भई सम्मानित सर्वोच्च अदालतद्वारा उपराष्ट्रपतिको शपथ ग्रहणको नाममा त्यसको मर्म र भावना भाथि गरिएको आक्रमणको सदभावना पार्टीले घोर भर्त्सना र विरोध गरेको छ।
आज सहसचिव मनिषकुमार सुमनले जारी गरेको प्रेस विज्ञप्तिमा उपराष्ट्रपतिलाई देशको सैद्धान्तिक भाषिक र सांस्कृतिक विविधता सम्वोधित हुने र विगतका एकांकी, एकतंत्रीय, परिवारवादी, एक भाषी एवं एकल सांस्कृतिक वर्चस्व विरुद्धको अडानमा कायम रहन आग्रह गर्दै देश भित्र विगत देखि सम्राज्य कायम राखेका समावेशीकरणका शत्रुहरुद्वारा गैर नेपाली भाषाभाषिहरुको मातृभाषा, संस्कृति र पहिचान माथि भइरहेको कथित राष्ट्रबादी, संवैधानिक एवं कानुनी प्रहार विरुद्ध एकजुट भई अगाडी आउन समग्र शोषित, पीडित, उपेक्षति जातजाती भाषा-भाषि र समुदायहरुलाइ आग्रह गरिएको उल्लेख छ।

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।