Skip to main content

Posts

Showing posts from November 23, 2009

पशु बलि नदिन अन्तिम अपिल

वीरगंज, ८ मंसिर । एनिमल वेलफेयर नेर्टवर्क नेपाल र पशुबलि निषेध चेतना अभियानले पशुलाई जीवनदान दिनको लागि अन्तिम क्षणको भावनात्मक अपिल गरेको छ। आज आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा एनिमल वेलफेयरका प्रमदा शाह, मनोज गौतम, राजभक्त बम्जनले संयुक्तरुपमा बोल्दै विश्वको सबैभन्दा वृहत पशुबलिमा हुने निर्दोष पशुबलिलाई खत्तम गर्न गढीमाइका पूजारी लगायत सम्बन्धित सरोकार संघसंस्थालाई आग्रह गरेको बताए। आज अपरान्ह चार बजे वीरगंजको गहवामाइ मन्दिरमा सांकेतिक संस्कारको आग्रह गरिएको र एनिमल वेलफेयर नेर्टवर्क नेपाल र पशु विभाग दुवैले दान गरिएका पशुहरुलाई बासस्थानको व्यवस्था गरिएको अपिलमा उल्लेख छ। यसै सर्न्दर्भमा अष्टे्रलियाली अभिानकर्ता सराह विल्करले नेपाल पर्यटन बोर्डमा आप\mनो भनाइ राख्ने भएकी छन् । उनले बलिलाई रोक्नको लागि नेपाली जनता र प्रतिनिधिहरुलाई समेत अन्तिमपटक अपिल गर्नेछिन् । ४ हजार भन्दा बढी जनताहरुले संयुक्त रुपमा हस्ताक्षर गरी अत्यधिक रुपमा हुने गरेको बलि रोक्न सरकारलाई अनुरोध गरेको र हस्ताक्षर पर्यटन तथा नागरिक उड्डयन मन्त्री, कृषि तथा सहकारी मन्त्रीलाई हस्तान्तरण गरिएको अपिलमा

साइबाबा ८५ वर्ष पुगे

वीरगंज, ८ मंसिर । सत्य साइ केन्द्र वीरगंजले साइबाबाको ८५ औं शुभ जन्मोत्सव मनाएको छ। आज वीरगंजबाट निस्किएको शोभायात्राले नगर परिक्रमा गर्दै पुन सत्यसाइ केन्द्रमा पुगी विसर.जन भएको थियो । सांझ ४ः३० बजे आयोजना गरिएको भजन किर्तन कार्यक्रमको आयोजना गरिएको छ । साइबाबाको जन्मोत्सवको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले एक हप्तादेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।

जनमोर्चाद्वारा ज्रि्रकामा धर्ना

वीरगंज, ८ मंसिर । राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रिय सदस्य कर्ण थापाको नेतृत्वमा आज बिहान जिल्ला प्रशासन कार्यालय बारामा धर्ना दिएका छन् । गणतन्त्रको सुदृढिकरण, राष्ट्रियताको रक्षा गर, संघियता खारेज गर, निर्धारित समयमा नै संविधान निर्माण गर भन्ने नारा ब्यानर सहित जिल्ला प्रशासन कार्यालय बारामा दिएको धर्ना मध्यान्ह १२ः०० बजे समाप्त भएको प्रहरीले जनाएको छ । यसैगरी राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष मोहनमणी ढकालको नेतृत्वमा भ.न.पा.-१० स्थित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।

वीरगंज भन्सार कार्यालयमा धर्ना

वीरगंज, ८ मंसिर । वीरगंज भंसार कार्यालमा आज पनि टेन्डरकर्ताहरु धर्ना दिएका छन् । आइतवार पुरानो गाडीको लिलामी टेन्डरको बिषयलाई लि टेन्डरकर्ता र प्रहरीबीच झडप भएको थियो । आज बिहान टेन्डरकर्ताका कार्यकर्ताहरुले सडकमा टायर बाल्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

गढीमाई मेलामा चहलपहल बढ्यो

वीरगंज, ८ मंसिर/केहि दिनदेखि बारामा जारी गढीमाई मेलाको चहलपहल निकै बढेको छ। प्रत्येक ५ पर्षमा लाग्दैआएको गढीमाई मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतलगायत तेस्रो मुलुकका भक्तजनहरूको पनि उल्लेख्य उपस्थित रहेको बताइएको छ। १ महिनासम्म लाग्ने मेला एशिया र विश्वमा नै पशुवली दिइने चाडको रुपमा प्रसिद्ध रहेको छ। गढीमाईमा पशुवली दिनका लागि ७ हजारभन्दा बढि राँगा र उल्लेख्य मात्रामा हाँस र कुखुरा ल्याइएका छन्। मेला भर्न आउनेहरूको सवारी साधनको व्यवस्थापन गर्नको लागि मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले ३ तिरबाट रुट तयगरी ट्राफिक प्रहरी परिचालन गरेको छ। सुरक्षा व्यवस्थ्ा पनि अत्यन्तै कडा पारिएको छ। तस्बिर- जीवनलाल श्रेष्ठ

कारबाहीको माग गर्दै सरकारी कामकाज ठप्प

वीरगंज, ८ मंसिर। कृषि तथा सहकारी राज्यमन्त्री करिना बेगमलाई कार्बाही गर्नुपर्ने मागगर्दै पर्सा जिल्लाका सम्पर्ण सरकारी कर्मचारीहरूले सरकारी कामकाज आजदेखि अनिश्चितकालका लागि ठप्प भएका छन्। कार्बाहीको मागगर्दै कर्मचारीहरूले अहिले वीरगञ्ज भन्सार क्षेत्रवरपर पर््रदर्शन गरिरहेका छन्। पर्साका तत्कालिन प्रमुख जिल्ल्ाा अधिकारी दर्ुगाप्रसाद भण्डारीलाई कुटपिट गर्ने राज्यमन्त्री बेगमलाई अझै कार्बाही नभएकोभन्दै शुक्रबारदेखि दोस्रो चरणको आन्दोलनमा उत्रिएका कर्मचारीहरूले थप कार्यक्रम ल्याएका हुन्। नेपाल कर्मचारी यूनियन, कर्मचारी सङ्गठन, मधेसी कर्मचारी सङ्गठनलगायत ८ वटा कर्मचारी सङ्गठनको आहृवानमा आन्दोलन सुरु भएको नेपाल निजामती कर्मचारी सङ्गठनका सचिव नौतन पोखरेलले बताए। प्रशासन कार्यालयमा आन्दोलनस्वरुप अनिश्चितकालीन तालाबन्दी गरिने र मागको सुनुवाई नभए ११ गतेदेखि देशभरका सरकारी कार्यालय ठप्प पार्ने पनि कर्मचारी सङ्गठनहरूले जनाएका छन्। तस्बिर- उत्तम खडगी

दरवारमा अस्तब्यस्त आन्तरिक अतिथि

भक्तपुर, ८ मंसिर। भक्तपुर दरवार पर्यटकीय गन्तब्य हो। यो हर्ेन र घुम्नु पर्ने ऐतिहासिक स्थल रहेको छ। ऐतिहासिक भनिए पनि आन्तारीक पर्यटकहरुले यहाँ गर्ने आधुनिक क्रियाकलापको कारण अस्तब्यस्ता देखिएको छ। दरवार हर्ेन चाहने बिदेसीसंग दश डलर लिने गरिएको छ। प्रबेशद्धार मै उनीहरुलाई आधुनिक सामान बेच्ने ब्यापारीहरुले पछ्याउने गर्दछन्। ब्यापारीहरु दरवारका निशुल्क आन्तरिक अतिथि हुन, जसले बिदेसीलाई सामान किन्न दवाब दिएर अत्याचार गरिरहेका छन्। दरवार भित्र रहेको पर्यटकलाई बनाइएको शौचालयमा आन्तरीक अतिथिहरुले फोहर गरिदिन्छन्। बिदेसिलाई छुट्टाइएको स्थानमा नेपालीलाई रोक्ने ब्यबस्था छैन। बेलुका सो शौचालय बन्द भए पनि दरवार क्षेत्रमा रहेका कुनाकाप्चामा नेपालीहरु पिशाब फर्ेर्ने गरेका छन्। सितैमा प्रबेश गर्न दिएकोले दुष्टहरुको दष्कर्म दरवारमा बढेका हो। दरवार भित्रको नागपोखरीमा रहेको नागका मर्ुर्तिहरुको टाउको हराएका छन्। आन्तरीक पर्यटकहरुको टोलीले गर्ने होहल्लाबाट बिदेसीहरु दिक्क छन्। बाटो मै बसेर गफ चुट्छन्। बिदेसी पर्यटकको बाटो छेकेर बाधा पुराउदछन्। दरवार प्रबेश गर्ने सेतो ढोका माटोको प्लाष्टर उप्किएर कुरुप

राष्ट्रिय सहमतिको सरकारको टुंगो लाग्छ-डा.कोइराला

काठमाडौं, मंसिर ८। नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र बनेपछि यही सरकार वा अर्को सरकार बनाएर भएपनि राष्ट्रिय सहमतिको सरकारको टुंगो लाग्ने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच सिंगापुरमा भएको वार्तामा संयन्त्र निर्माणपछि सहमतिको सरकारबारे छलफल गर्न सकिने तय भएको खुलासा गरे। एक हप्ताभित्र संयन्त्र घोषणा हुने बताए। संयन्त्रलेनै राष्ट्रिय सहमतिको सरकारको टुंगो लगाउने बताए। 'राष्ट्रिय सहमतिको सरकार अनिवार्य छ,' सहमतिको सरकार यही वा अर्को बन्छ भन्ने प्रश्नमा उनले भने,'यही सरकारलाई निरन्तरता दिदै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्राथमिकतामा पर्छ, सहमतिका लागि सबै विकल्पहरुबारे छलफल हुन्छ।' शान्ति प्रक्रियालाई केन्द्रमा राखेर सहमतिको सरकार बनाउने छलफल भएपनि मुख्यतः उच्चस्तरी राजनीतिक संयन्त्र गठनबारे कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले जोड दिनुभएको खुलासा गरे। सभापति कोइरालाले माओवादीलाई यही सरकारमा आउन आग्रह गर्नु