वीरगंज, ८ मंसिर/केहि दिनदेखि बारामा जारी गढीमाई मेलाको चहलपहल निकै बढेको छ।
प्रत्येक ५ पर्षमा लाग्दैआएको गढीमाई मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतलगायत तेस्रो मुलुकका भक्तजनहरूको पनि उल्लेख्य उपस्थित रहेको बताइएको छ।
१ महिनासम्म लाग्ने मेला एशिया र विश्वमा नै पशुवली दिइने चाडको रुपमा प्रसिद्ध रहेको छ। गढीमाईमा पशुवली दिनका लागि ७ हजारभन्दा बढि राँगा र उल्लेख्य मात्रामा हाँस र कुखुरा ल्याइएका छन्।
मेला भर्न आउनेहरूको सवारी साधनको व्यवस्थापन गर्नको लागि मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले ३ तिरबाट रुट तयगरी ट्राफिक प्रहरी परिचालन गरेको छ। सुरक्षा व्यवस्थ्ा पनि अत्यन्तै कडा पारिएको छ। तस्बिर- जीवनलाल श्रेष्ठ

Comments
Post a Comment