वीरगंज, १ मंसिर । कृषि तथा सहकारी राज्य मन्त्री करिमा बेगमले सरकारको अंग जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाइ चार झापड लगाएर दुव्यर्वहार गरेपछि नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्री बेगमलाइ कारबाही नगर्न निर्देशन दिएपछि पर्साका बुद्धिजीवी, नागरिक समाज तथा न्यायप्रेमीहरु अचम्ममा परेका छन्। यसरी सरकारको न्यायिक अंग तथा गरिमामय पदमा बसेका सिडिओले के त्यस्तो करतुत गरे कि करिमा बेगमलाइ कारबाही भएन, सरकारले राज्यमन्त्री बेगमलाई कारवाही गर्ने आश्वासन दिए पछि कर्मचारीहरूले शनिबार सँंझ देखि आन्दोलन स्थगित गरेपछि आइतवारदेखि यहांका सरकारी कार्यालयको कामकाज सुचारु भएको थियो। पांच दिनभित्रमा सरकारले राज्यमन्त्री बेगमलाई कारबाही नगरे पुनः आन्दोलन थाल्ने कर्मचारी संगठनको चेतावनी हुंदा हुंदै पनि सरकारले मन्त्री बेगमलाइ कारबाही नगरेमा वीरगंज भन्सारका कार्यालय प्रमुखलाइ कुटपिट गर्ने माओवादी -मातृका यादव) का कार्यकर्ता धु्रव यादवलाई पनि कारबाही नगर्नुपर्ने बुद्धिजीवीहरुको राय छ। प्रधानमन्त्री माधबकुमार नेपालले कृषि तथा सहकारी राज्यमन्त्री करिमा ब...