Skip to main content
वीरगंज, १ मंसिर । कृषि तथा सहकारी राज्य मन्त्री करिमा बेगमले सरकारको अंग जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाइ चार झापड लगाएर दुव्यर्वहार गरेपछि नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्री बेगमलाइ कारबाही नगर्न निर्देशन दिएपछि पर्साका बुद्धिजीवी, नागरिक समाज तथा न्यायप्रेमीहरु अचम्ममा परेका छन्।
यसरी सरकारको न्यायिक अंग तथा गरिमामय पदमा बसेका सिडिओले के त्यस्तो करतुत गरे कि करिमा बेगमलाइ कारबाही भएन, सरकारले राज्यमन्त्री बेगमलाई कारवाही गर्ने आश्वासन दिए पछि कर्मचारीहरूले शनिबार सँंझ देखि आन्दोलन स्थगित गरेपछि आइतवारदेखि यहांका सरकारी कार्यालयको कामकाज सुचारु भएको थियो।
पांच दिनभित्रमा सरकारले राज्यमन्त्री बेगमलाई कारबाही नगरे पुनः आन्दोलन थाल्ने कर्मचारी संगठनको चेतावनी हुंदा हुंदै पनि सरकारले मन्त्री बेगमलाइ कारबाही नगरेमा वीरगंज भन्सारका कार्यालय प्रमुखलाइ कुटपिट गर्ने माओवादी -मातृका यादव) का कार्यकर्ता धु्रव यादवलाई पनि कारबाही नगर्नुपर्ने बुद्धिजीवीहरुको राय छ।
प्रधानमन्त्री माधबकुमार नेपालले कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई कारबाही नगर्न गृहमन्त्री भीम रावललाई निर्देशन दिनुभएको छ । स्रोतअनुसार कारबाही अघि बढाउँदा सत्तारुढ पार्टीबीचको अन्तरसम्बन्ध र सरकारमा असर पर्ने भएकोले तत्काल केही नगर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । बेगमलाई कारबाही गर्न एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए भने फोरमका केही नेताहरुले नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका थिए । कारबाहीका लागि मन्त्रालयभित्रैबाट र अन्य निजामति संघ/संगठनबाट दबाब बढ्दै गएपछि गृहमन्त्री रावलले परामर्श गर्दा प्रधानमन्त्रीबाट कारबाही नगर्न निर्देशन आएको स्रोतले जनाएको छ । राज्यमन्त्रीलाई कारबाहीको सट्टा उल्टै पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई काठमाडौं झिकाएको छ । भण्डारीलाई पर्सामै रहँदा बेगममाथि कारबाहीको दवाव बढ्दै जाने देखेपछि उहाँलाई काठमाडौं झिकाइएको स्रोतले बतायो । मौखिक आदेशमा शनिबार काठमाडौं बोलाइएका भण्डारीले आइतबार मन्त्रालयमा हाजिर गरेर सात दिनको बिदा लिनुभएको छ । प्रमुख जिल्ला अधिकारी भण्डारीलाई हातपात गरेकी राज्यमन्त्री बेगमलाई पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर काठमाडौं प्रहरीले कारबाहीबारे गोलमटोल जवाफ दिन थालेको छ ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।