Skip to main content

Posts

Showing posts from January 23, 2010

चितवन र महोत्तरीमा दुर्घटना

वीरगंज, ९ माघ। चितवनको कबिलास-१ नारायणगढ मुग्लिङ सडकखण्डको भत्तेरी जंगलमा काठमाण्डौबाट नारायणगढ तर्फआउदै गरेको ना.३ख २६५१ नं.को बस र बिपरीत दिशाबाट जांदै गरेको ना.३ख ५६५० नं.को ट्रक एकआपसमा ठक्कर खांदा सोही ठाउंमा ब्रि्री रोकी राखेको ना.३ख १९५१ नं.को बसलाई ट्रकले ठक्कर दिंदा सामान्य क्षति भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। त्यसैगरी महोत्तरीको बर्दीबास-८ बस्ने बर्ष३५ को टेक मगर ज.३प २६२३ नं.को मोटरसाइकल चढी बर्दीबास तर्फआउंदै गर्दा वि.पि.राजमार्ग स्थित भोगटे पुलमा आफै अनियन्त्रित भई दुर्घटना हुंदा निज र्घाईते भई प्राथमिक उपचार पश्चात थप उपचारको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

वीरगंजमा साहित्यिक कार्यक्रम

वीरगंज, ९ माघ । नेपाल भोजपुरी प्रतिष्ठानद्वारा तीन व्यक्तित्व सम्मानित भएका छन्। आज माइस्थान मन्दिर अगाडि नेपाल भोजपुरी प्रतिष्ठानद्वारा आयोजित सम्मान एवं बहुभाषिय कवि सम्मेलनमा प्रमुख अतिथि नेपाल भोजपुरी प्रतिष्ठानका सदस्य डा. विश्वम्भर शर्माले राष्ट्रिय दैनिक र सिमाना साप्ताहिकका सम्पादक महेशचन्द्र गौतम, समाजसेवी गंगाबहादुर थापा र टाइगर क्लबका अध्यक्ष क्रियाशील युवा उमेश गुप्तालाई सम्मान गरेका हुन्। कार्यक्रममा स्थानीय कवि, कवियत्रीले आआफनो रचना वाचन गरेका थिए। यसैगरी कन्या माध्यमिक विद्यालयमा आज बिहान गजल साहित्य मंचद्वारा आयोजित सिर्जना एवं कविता वाचन कार्यक्रममा महेशचन्द्र गौतम, मास्टर तारा सिंह लगायतले आआफनो रचना वाचन गरेका थिए।

एनआरएनए-एनसीसी बहराइन द्धारा बेडहरु हस्तान्तरण

सन्तोष दाहाल, बहराइन, ९ माघ। एनआरएनए-एनसीसी -जन कल्याणकारी कोष) बहराइनका संयोजक श्री काजी थापा, एनआरएनए-एनसीसी बहराइनकी सदस्य श्रीमती यग्यश्वरी मल्ल -तामाङ्ग), काईजेन गु्रप अफ कम्पनीज्का एमडी श्री मीङमार तामाङ्ग, सोही कम्पनीका चेयरमेन श्री आरपी श्रेष्ठ, हेल्पलेस कोलोनीकी केयरटेकर श्रीमती नानु र्राई र सो कोलोनीका सबै बालबालीकाको उपस्थितीमा एनआरएनए-एनसीसी बहराइनका अध्यक्ष श्री श्याम तामाङ्गद्धारा नेरु. ७५,०००/- बराबरको डबलबेड प्रकारको १० वटा बेडहरु हेल्पलेस कोलोनी, पासीकोट, नारायणथान, काठमाडौलाई मिति १८ जनवरी २०१० कादिन हस्तान्तरण गर्नु भएको छ। एनआरएनए-एनसीसीहरुले नेपालमा एक एक वटा प्रोजेक्ट लिनु पर्ने भएकाले एनआरएनए-एनसीसी बहराइनले सो कोलोनीलाई नौ लाख बराबरको सहयोग गर्ने निर्ण्र्ाागरीसकेकोले सो बमोजीम यी बेडहरु हस्तान्तरण गरीएको हो।

संयन्त्रमा प्रधानमन्त्री आमन्त्रित रहनु नै उचित - सञ्चार मन्त्री

काठमाडौं, माघ ९। सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरेलले राजनीतिक गतिरोध अन्त्यका नाममा गणतन्त्र नेपालको पहिलो प्रतीक राष्ट्रपतिको अपमान र मानमर्दन हुने सहमति सरकारलाई स्वीकार्य नहुने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री पोखरेलले राष्ट्रपतिको गरिमा संस्थागत रुपमा आँच पुग्ने गरी कुनै पनि छलफल गर्न सरकार तयार नभएको स्पष्ट पारे। उनले भने- राष्ट्रपतिको कदम पर्ूण्ा संवैधानिक छ। गतिरोध अन्त्यका निम्ति सरकार र माओवादी दुवै पक्ष लचिलो हुनुपर्ने भए पनि झुकेको अनुभूति गर्न नहुने उनको धारणा थियो। उनले भने- सरकार कसैसामु झुक्न सक्दैन। माओवादीले पनि झुकेको अनुभव गर्न नपरोस्। कार्यक्रममा पोखरेलले कुनै दलका नेताको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रमा कार्यपालिकाको प्रमुख प्रधानमन्त्री सदस्य हुनुभन्दा आमन्त्रित रुपमा रहनु उचित भएको दाबी गरे। 'संयन्त्रमा प्रधानमन्त्री सदस्यभन्दा आमन्त्रित रुपमा रहनु नै उचित हो,' उनले भने- आफ्नोे उपस्थितिमा भएका बैठकका निर्ण्र्ाााई मन्त्रिपरिषदबाट पारित गराउनुपर्ने भए पनि प्रधानमन्त्री अनुप

वीउवासंघद्वारा राष्ट्रपतिसंग भेट

वीरगंज, ९ माघ। वर्तमान प्रर्रि्रेक्ष्यमा रहेका उद्योग व्यापारसंग सम्बन्धि समस्या प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराइ समाधानको लागि आवश्यक पहल गर्न बीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष ओमप्रकाश सिकरियाको नेतृत्वमा काठमाण्डौ गएको आठ सदस्यीय शिष्टमण्डलले नेपालका प्रथम राष्ट्रपति रामवरण यादवसंग शिष्टाचार भेट गरी समसामयिक समस्याहरु वारे राष्ट्रपतिलाई अवगत गराउँदै समाधानका लागि सम्बन्धि निकायलाई निर्देशन हुन अनुरोध गरेको छ। साथै राष्ट्रपतिले आवश्यक पहल गर्ने आश्वासन दिनु भएको समाचार प्राप्त भएको छ। त्यसैगरी सो शिष्टमण्डलले गृहमन्त्री माननीय भिम रावल, उर्जामन्त्री माननीय प्रकाश शरण महत, उद्योगमन्त्री माननीय महेन्द्र राय यादव समेतसंग गरेको छुट्टाछुट्टै भेटमा बिषयगत रुपमा समस्याहरु अवगत गराएको थियो। बारा/पर्सा क्षेत्रको समस्या प्रति सरकार गम्भिर रहेको छ। उद्योग व्यापार तथा नागरिक सरोकारका पक्षमा देखिएका प्रत्येक समस्या समाधान तथा अमनचयन कायम गर्न सरकारले निर्ण्ाायक कार्यहरु चाँडै नै गर्ने र कतिपय कार्यहरु प्रारम्भ समेत भई सकेको तथा सो कार्य सम्पादनमा भारतले समेत सहयोग गर्ने सहमति दिएको जानक

गाविसको गाउँ परिषद आज सम्पन्न, बक्तृत्व कला प्रतियोगिता, जिनावाङमा अन्तरक्रिया

ज्ञानेन्द्र शर्मा रोल्पा, ९ माघ। बिकासको नयाँ खाका कोर्ने महत्व पर्ूण्ा स्थान ओगट्ने गाउँ परिषदको लहर चलिरहेको बेला रोल्पाको बुढागाउँ गाविसको गाउँ परिषद शुक्रवार सम्पन्न भएको छ। गाबिसको कुल बजेट २८ लाख ९६ हजार ३ सय ७९ मध्ये सडक निर्माण तर्फ१२ लाख ५० हजार, शिक्षा तर्फ४ लाख, सिचार्ँइ तर्फ१ लाख, निगालपानी हाट बजार व्यवस्थापन तर्फ१ लाख ५० हजार, उपाप कार्यक्रमका लागि ४६ हजार ५ सय २२ गाविसको कार्यालय संचालन तर्फ४ लाख २० हजार तथा क्षमता बिकास तर्फ५ लाख ३० हजार ८ सय ५७ रकम छुट्याईएको छ। परिषदमा एकिकृत नेकपा माओवादीका राज्य समिती सदस्य भक्त बहादुर र्घर्ति, नेपाली काग्रेसका वकिल बहादुर डागीँ, नेकपा एमालेका चन्द्रलाल बि.क लगायत बिभिन्न ९ वडाका प्रतिनिधीहरुले मन्तव्य दिएका थिए। रेश्मीराज अधिकारीको अध्यक्षतामा सम्पन्न परिषदको संचालन चन्द्र मगरले गर्नुभएको बुढागाउँबाट पदम र्घर्तिले जनाएका छन्। बक्तृत्व कला प्रतियोगिता ज्ञानेन्द्र शर्मा रोल्पा, ९ माघ। शान्ती श्रोत केन्द्र होलेरी र हरप्लेसको आयोजनामा शुक्रवार खुल्ला बक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथी हेमन्त खड्का, रे

नेपाल जनता पार्टीको दुइ दिने रिले अनसन

वीरगंज, ९ माघ । हिन्दू राष्ट्र एवं राष्ट्रिय जनावर गाई र राष्ट्रिय ध्वजा यथावत कायम राख्न मांग गर्दै नेपाल जनता पर्साको दुइ दिने ८ घण्टा रिले अनसन तथा धर्ना कार्यक्रम आज पनि वीरगंजको घण्टाघरमा जारी छ। अनसन तथा धर्ना कार्यक्रममा केन्द्रीय महासचिव विनय यादव, जिल्ला संयोजक मुरली मनोहर मित्रुका, स्वामी गौरीशंकर अधिकारी, महिला नेतृ गायत्री देवी तिवारी, स्वामी लक्ष्मी दास कोतवाल लगायत रहेका छन्।