Skip to main content

गाविसको गाउँ परिषद आज सम्पन्न, बक्तृत्व कला प्रतियोगिता, जिनावाङमा अन्तरक्रिया

ज्ञानेन्द्र शर्मा
रोल्पा, ९ माघ। बिकासको नयाँ खाका कोर्ने महत्व पर्ूण्ा स्थान ओगट्ने
गाउँ परिषदको लहर चलिरहेको बेला रोल्पाको बुढागाउँ गाविसको गाउँ परिषद
शुक्रवार सम्पन्न भएको छ।
गाबिसको कुल बजेट २८ लाख ९६ हजार ३ सय ७९ मध्ये सडक निर्माण तर्फ१२ लाख
५० हजार, शिक्षा तर्फ४ लाख, सिचार्ँइ तर्फ१ लाख, निगालपानी हाट बजार
व्यवस्थापन तर्फ१ लाख ५० हजार, उपाप कार्यक्रमका लागि ४६ हजार ५ सय २२
गाविसको कार्यालय संचालन तर्फ४ लाख २० हजार तथा क्षमता बिकास तर्फ५ लाख
३० हजार ८ सय ५७ रकम छुट्याईएको छ।
परिषदमा एकिकृत नेकपा माओवादीका राज्य समिती सदस्य भक्त बहादुर र्घर्ति,
नेपाली काग्रेसका वकिल बहादुर डागीँ, नेकपा एमालेका चन्द्रलाल बि.क लगायत
बिभिन्न ९ वडाका प्रतिनिधीहरुले मन्तव्य दिएका थिए।
रेश्मीराज अधिकारीको अध्यक्षतामा सम्पन्न परिषदको संचालन चन्द्र मगरले
गर्नुभएको बुढागाउँबाट पदम र्घर्तिले जनाएका छन्।

बक्तृत्व कला प्रतियोगिता
ज्ञानेन्द्र शर्मा
रोल्पा, ९ माघ। शान्ती श्रोत केन्द्र होलेरी र हरप्लेसको आयोजनामा
शुक्रवार खुल्ला बक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथी हेमन्त खड्का, रेशम बुढाथोकी, माधब सुबेदीको
बिशेष उपस्थिती रहेको थियो। प्रतियोगितामा बम कुमारी रोका प्रथम, कमला
कसी दोस्रो, बिमला र्घर्ति तृतिय र मालती बस्नेत सान्त्वना भएका छन्।
१२ जनाको सहभागिता रहको कार्यक्रमको संचालन मनोज पुनले गर्नुभएको थियो।
यसैगरी स्वयम् सेबक तालिम शुक्रवारदेखी होलेरीमा सुरु भएको छ। तालिममा
डुब्रिङ, सखी र झेनामबाट ३ निरिक्षक १० स्वयम् सेबक र २० जना महिला गरी
३३ जनाको सहभागिता रहेको त्यहाँबाट बिष्णु बहादुर बस्नेतले जनाएका छन्।

जिनावाङमा अन्तरक्रिया
ज्ञानेन्द्र शर्मा
रोल्पा, ९ माघ। उमावि नाउली जिनावाङमा शुक्रवार शिक्षक, अभिभाबक र
विद्यार्थी विच अन्तरक्रिया भएको छ।
"शैक्षिक गुणस्तर सुधार्न शिक्षक, अभिभाबक र विद्यार्थीको के कति
भूमिका"विषयक सो अन्तरक्रियाका सहभागीहरुले शिक्षक, अभिभाबक र
विद्यार्थीकोसम्बन्ध जिवन्त र एक अर्काको परिपुरकको रुपमा रहनु पर्ने
बताएका छन।
अन्तरक्रियामा विद्यालयको आयब्यय तुरुन्त प्रस्तुत गर्नुपर्ने र दर्ुइ
वर्षेखि वितरण नगरिएको छात्रवृत्ति तुरुन्त वितरण गर्नु पर्ने लगायतका
विषयमा पनि सहमति भएको छ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर ओली,
निमित्त प्रधान अध्यपक छत्र बहादुर डाँगी, अखिल क्रन्तिकारीका रोल्पा
जिल्ला सदस्य राम कुमार डाँगी र स्थानीय बुद्धिजीवि चन्द्र बहादुर
डाँगीले बोल्नु भएको थियो।
कार्यक्रम शिक्षक अभिभाबक संघका अध्यक्ष नेत्रलाल ओलीको अध्यक्षतामा
भएको थियो। कार्यक्रम जित बहादुर ओलीले सञ्चालन गर्नु भएको थियो।

हिज्जे प्रतियोगिता सम्पन्न
ज्ञानेन्द्र शर्मा/लिवाङ
लिवाङ रोल्पा माघ ९ गते
श्री जनज्योती मावि गुम्चालमा शुक्रबासरिय कार्यक्रम अर्न्तगत हिजो
हिज्जे प्रतियोगिता सम्पन्न भएको छ।

मावि स्तरिय प्रतियोगितामा प्रबिण बुढाथोकीले नेतृत्व गरेको उमेश सदन १०
अङ्क प्राप्त गरी प्रथम, नौसरा बुढाथोकीले नेतृत्व गरेको तुल्सी सदन ८
अङ्क प्राप्त गरी द्वितीय र खिम बहादुर गुरुङले नेतृत्व गरेको सेतु सदन ४
अङ्क प्राप्त गरी तृतीय भएका छन्।
यसैगरी प्राबि स्तरिय प्रतियोगितमा श्याम नेपालीले नेतृत्व गरेको दर्शन
सदन ७ अङ्क प्राप्त गरी प्रथम, बेगम रोकाले नेतृत्व गरेको सेतु सदन ६
अङ्क प्राप्त गरी द्वितीय र हेमला रोकालेे नेतृत्व गरेको तुल्सी सदन ५
अङ्क प्राप्त गरी तृतीय भएका छन्।
प्रध्यानाध्यापक टेक बहादुर सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको
संचालन माबि तर्फशिक्षक जुगलाल शर्मा र प्राबि तर्फशिक्षिका मिना कुमारी
महत्तोले गर्नुभएको थियो। कार्यक्रममा स्थानिय अभिभावक तथा
बुद्धिजिवीहरुको समेत उपस्थिती रहेको दामु मर्सिफुलले बताउनु भएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।