Skip to main content

Posts

Showing posts from August 30, 2009

विरामीलाई मर्का परे कडा प्रतिकार

वीरगंज १४ भदौ । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीहरु वार्तामा उपस्थित नभएपछि आज वडा नं। १८ का स्थानीयवासीले एक प्रेस विज्ञप्ति जारी गरी वार्तामा आउन आह्वान गरेको छ। वार्ता संयोजक रामाज्ञाप्रसाद कुशवाहाले जारी गरेको विज्ञप्तिमा अस्पतालका रोगीहरुलाई निर्वाधरुपमा उपचारको लागि वातावरण बनाउन तालाबन्दी वा अन्य बाधा विरोध कार्य भएमा कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। अस्पतालमा चर्किदै गएको विवाद साम्य पार्न अस्पताल प्रशासन एवं वडा नं। १८ का स्थानीय वासिन्दाहरुले आज गरेको प्रयास असफल भएपछि यस्तो चेतावनी दिइएको हो।

प्रतिबद्धता कागजमै सीमित

वीरगंज १४ भदौ । उन्नतीका लागि युवा अभियान योक्याप नेपाल का अध्यक्ष मछिन्द्र तिवारीले आज एक प्रेस विज्ञप्ति जारी गरी २०६४ जेष्ठ १८ गते सम्मानित सर्वोच्च अदालतले सरकारको नाममा वेपत्ता पारीएका ब्यक्तिहरुको अवस्था छानविन गर्न एक सम्पूर्ण अधिकार सम्पन्न आयोग गठन गर्न र वेपक्ता पार्ने कार्य बिरुद्ध बिशेष कानुन बनाउन आदेश दिएको थियो । तर हालसम्म न त उत्त सम्झौता तथा प्रतिबद्धताहरुको पालना भएको छ न त सर्वोच्च अदालतको आदेशको नै अधिकांश सम्झौता तथा प्रतिबद्धताहरु कागजमै सिमीत गरीएको जनाएको छ॥ विज्ञप्तिमा उल्लेख छ - राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांक अनुसार सरकारबाट ६१६ र एकिकृत ने।s।पा माओवादीबाट २१९ गरी कूल ८३५ जना बेपत्ता पारीएकाहरुको स्थीति अझै अज्ञात रहेको छ । यस बाहेक मानव अधिकार आयोग सम्म नआईपुगेका थुपै नागरीकहरु बेपत्ता पारीएका घट्नाहरु हुन सक्ने आशंका गरीएको छ । ब्यापक राजनैतिक परीवर्तनसंगै नेपाल शान्ति निमार्णको प्रकि्रयाबाट गुजि्ररहेको छ । तर बेपत्ता नागरीकहरुको स्थिति सार्वजनिक गरी समाजमा सत्य र न्याय स्थापना नहुन्जेल वर्तमान संकटपूर्ण संक्रमणकालको अन्त्य हुन सक्दैन् ।

बाहुनडांडा कप फुटवलको फाइनल

काठमाडौं १४ भदौ। लमजुङ्गमा जारी बाहुनडाँडा कप फुटबलमा पुरुषतर्फको उपाधि त्रिवेणी क्लब र महिलातर्फको उपाधि माउन्ट मनास्लुले जितेका छन्। आज भएको फाइनल खेलमा साविकको विजेता आर्दश क्लब शहजीलाई ३-० गोल अन्तरले हराउँदै त्रिवेणी उपाधि पोल्टामा पारेको हो। जितसँग त्रिवेणीले २५ हजार नगद पुरस्कार हात पारेको छ। यस्तै महिलातर्फ सिर्जना क्लवलाई २-० गोल अन्तरले हराएर माउन्ट मनास्लु ढकाईले उपाधि हत्याएको हो। कराँतेमा नुवाकोट च्याम्पियन। काठमाडौं १४ भदौ। पांचौ वाग्मती अाचलस्तरिय कराँते प्रतियोगिताको उपाधि नुवाकोटले जितेको छ। सदरमुकाम विदुरमा दुइदिनसम्म चलेको प्र्रतियोगितामा आठ स्वर्ण पांच÷पाँच रजत र कास्य पदक हात पार्दै नुवाकोट च्याम्पियन वनेको हो। प्रतियोगितामा नुवाकोट रसुवा धादिङकाभ्रे सिन्धुपाल्चोक र काठमान्डौका २ सय ५ खेलाडिले १९ स्वर्ण १९ रजत र ३ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।

व्यवस्थापिका संसदको बैठक आज १३ औ पटक स्थगित

काठमाडौं १४ भदौ। एकीकृत नेकपा माओवादीको नारावाजी र रोष्ट्रम घेराउका कारण व्यवस्थापीका संसदको वैठक लगातार आज १३ औ पटक स्थगित भएको छ। नियमित कार्य सुचीमै प्रवेशै नगरि रोकिएको बैठक भोलि दिउसो ३ बजेका लागि डाकिएको छ। माओवादीले गत साऊन २२ गतेदेखी व्यबस्थापिका संसद बैठक अबरुद्ध गर्दै आएका कारण विनियोजन विधेयकमाथीको छलफल प्रभावित भएको छ। सम्बैधानिक समिति अव सकि्रय काठमाडौं १४ भदौ। संविधानसभाको महत्वपूर्ण मानिएको सम्बैधासनिक समिति तीन महिनापछि आजबाट काममा सकि्रय भएको छ। शुक्रवार समितिको सभापति चयन भएपछि समितिले आजवाट काम शुरु गरेको हो। समितिको आज बसेको पहिलो बैठकमा सदस्यहरुले निर्धारित समयमै संविधान लेखन सम्पन्न गर्न सम्बैधानिक समितिले आफ्नो सकि्रयता बढाउनु पर्ने बताए। सभाषदहरुले तीन महिनासम्म रोकिएका कामलाइ पुर्ती गर्ने गरी समितिलाइ सकि्रय बनाउनु पर्नेमा जोड दिएका थिए। संसद सचिवालय िसंहदरवारमा बसेको बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले राज्यको पुर्नसंरचना साशकीय स्वरुप तथा निर्वाचन प्रणाली जस्ता दुरगामी प्रकृतिका सवालमा छलफल गर्नुपर्ने बताउनु भयो। नेपाली कागे्रसका विमलेन्द्र नीधिले पाचौ पटक स

उपराष्टपति झाले फेरि सपथ नलिन

काठमाडौं १४ भदौ। सर्वोच्च अदालतको फैसला प्रकि्रयाप्रति विमति जनाउँदै उपराष्टपति परमानन्द झाले नेपाली भाषामा फेरि सपथ नलिने बताउनुभएको छ। यही भदौ ७ गतेको सर्वोच्च अदालतको फैसलाको हकमा पुनरावलोकनको निवेदन दरपीठ भएकोले राष्ट्र र जनताका नाममा प्रेस रिलिज गर्दै झाले अन्तरिम सँविधानको अपव्याख्या गरी आफूलाई अल्टिमेटम दिएर फेरि सपथ लिन बाध्य पारिनु जायज नभएको बताउनुभयो। सर्वोच्च अदालतले भदौ ७ गते एक हप्ताभित्र फेरि सपथ नलिए कार्यभार कि्रयाशील नरहने ठहर गरेको थियो। समयसीमा आजै मध्यरातबाट सकिनै लाग्दा झाले सर्वोच्चको आदेश बमोजिम फेरि सपथ लिए पनि वा कार्यभार कि्रयाशील नरहेको मानिने कुनै एक पालना गरेपनि आफूले सर्वोच्चको फैसलालाई सम्मान गरेको ठहर्ने बताउनुभयो। २०६३ साल साउन ८ गते आफूले हिन्दी भाषा प्रयोग गरेपनि लिखितममा नेपाली भाषाको सपथ पत्रमा हस्ताक्षर गरेको बताउँदै झाले अन्तरिम सँविधानको सातौँ सँशोधनको विधेयक सँविधान सभामा विचाराधीन रहेकाले सँशोधन भएमात्रै सपथ बारे पुनः विचार गर्नसक्ने बताउनुभयो। विभिन्न मुलुकमा मातृ भाषा एउटा भएपनि अर्कै भाषामा सपथ लिएका उदाहरण प्रस्तुत गर्दै उपराष्टपति झाले

सँवादबाटै निकास खोज्नुपर्ने प्रधानमन्त्री नेपालको भनाई

काठमाडौं १४ भदौ। प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाई एक्ल्याउने काम सरकार र सरकारमा भएका दलबाट नभएको बताउनुभएको छ। संविधानसभा संवैधानिक समितिको सभापति पदमा पराजित भएपछि माओवादी आफूलाई एक्ल्याएको आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले यस्तो धारणा राख्नुभएको हो। आज संसद भवन परिसर नयाँ बानेश्वरमा साचारकर्मीहरुलाई प्रध्ाानमन्त्री नेपालले सँविधान सँशोधन प्रस्ताव लगायतका सबै कामहरुमा माओवादीको सहभागिता अपरिहार्य भएको बताउनुभयो। आफूलाई चित्त नबुझेका विषयमा दलहरु सँविधान सभा सँसदमा बसेर छलफल गर्न आग्रह गर्दै प्रधानमन्त्री नेपालले माओवादीले सँसद अवरोध बन्द गर्नुपर्ने र सिर्जनात्मक ढँगले भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो। गत शुक्रबार सम्पन्न संवैधानिक समितिको सभापति पदको निर्वाचनमा सरकारमा सहभागी २२ दलका तर्फबाट उम्मेदवार बनाइनु भएका नेपाली काँङग्रेसका उम्मेदवार नीलाम्बर आचार्य विजयी हुनुभएको थियो भने माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठ प्रकाश पराजित हुनुभएको थियो। प्रधानमन्त्री नेपालले समितिको सभापति चयनको निर्वाचनको विषयलाई लिएर माओवादीले आफुलाई एक्ल्याएको भन्नु पराजित मानसिकताको उ

जिप्रका पर्सामा धर्ना

वीरगंज, १४ भदौ । विभिन्न मांग पूरा नभएको विरोधमा नेपाल पिछडा वर्ग महासंघले आज पनि तीन घण्टा जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिएका छन्। महासंघका केन्द्रीय सदस्य वीरेन्द्र महतोको अगुवाइमा बिहान १२ बजेदेखि ३ बजेसम्म धर्ना दिइएको हो।

जिविस पर्सा अनिश्चितकालको लागि बन्द

वीरगंज, १४ भदौ । स्थानीय विकास अधिकारीमाथि कुटपिट भएको विरोधमा दोषीलाइ कारबाहीको मांग गर्दै जिल्ला विकास समिति पर्साको सम्पुर्ण कामकाज अनिश्चितकालको लागि ठप्प भएको छ। आज स्थानीय निकाय कर्मचारी संघ जिल्ला समिति पर्साले एक प्रेस विज्ञप्ति जारी गरी स्थानीय विकास अधिकारी रामदयाल यादवलाई कार्यालय परिसरमा एक्कासी गाविस तुल्सीबर्वाका केही उच्छृंखल व्यक्तिहरुले अभद्र व्यवहार गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ। कर्मचारीहरुको सुरक्षा काम गर्ने उचित वातावरण का साथै दोषीमाथि कानून बमोजिम कडा कारबाहीको मांग गर्दै जिविसको सम्पुर्ण कामकाज अनिश्चितकालका लागि बन्द गर्ने अध्यक्ष मंकेश्वर ठाकुरले जानकारी गराएका छन्।

मुलुक उपराष्ट्रपति विहिन - बार अध्यक्ष मैनाली

काठमाडौं भाद्र १३। उपराष्ट्रपति परमानन्द झालाई सर्वाेच्च अदालतले नेपालीमा सपथ लिन दिएको आदेश पालना नभएकोबारे कानुन व्यवसायीहरुको मत बाझिएको छ। रिपोर्टस क्लब नेपालद्वारा आज राजधानीमा आयोजीत साक्षात्कार कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीले आज साझबाट नेपाल उपराष्ट्रपति विहिन रहेको बताउनु भयो। आर्ज साझँबाट राज्यले उपराष्ट्रपतिलाइ दिइदै आएको सुविधा फिर्ता गर्नु पर्ने उहाँको भनाइ थियो। मैनालीले भन्नु भयो-ुसंविधानमा व्याख्या गरिएअनुसार उपराष्ट्रपतिले नेपालीमा सपथ नलिएका कारण उहा नेपाल र नेपालीहरुको उपराष्ट्रपति होइन। संसद्को निर्वाचित उपराष्ट्रपति भएकाले संसद्ले नै यसको निर्णय गर्छ।ु मैनालीले राज्यले पनि उपराष्ट्रपतिलाइ सेवा सुविधाा दिएको खण्डमा अख्तियार दुरुप्रयोग र भष्ट्राचारको कार्वाहीमा पर्नु पर्ने बताउनु भयो। उहाँले नेपाली भाषा ३ सय बर्षको लामो अभ्यासबाट विकास भएको भाषा भएकाले यसको सम्मान गर्नु सबैको दायित्व रहेको बताउनु भयो। ४० बर्ष न्याय सेवामा रहदा नेपालीमा फैसाला लेख्ने उपराष्ट्रपति झाले अहिले आएर नेपाली जान्दिन भनेकोमा आफुलाइ अचम्म लागेको मैनालीको भनाइथियो। ३

अपहरणकारी र बलात्कारीलाई कारबाही गर

वीरगंज, १४ भदौ । पर्सा घोडदौड पिपरा निवासी वीरेन्द्र साह तुरहाले आफनो छोरीलाई अपहरण गरी बलात्कार गर्ने र भारतमा बिक्री गर्ने माओवादी कार्यकर्ता हरि पटेल भनिने शम्भु पटेल तथा उनका साथीहरुलाई कारबाही गर्न संचारकर्मीसंग गुहार गरेका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। पीडित अनिता कुमारीले आफूलाई बन्दूक तेसा्रइ अपहरण गरी भारतको विभिन्न स्थानमा राखेर बलात्कार गरी बिक्री गर्ने हरि पटेल र नन्दकुमारलाई कारबाही गर्नुपर्ने बताइन्। रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

सर्वोच्चको निर्र्णयको बदरको मांग गर्दै विभिन्न स्थानमा प्रदर्शन

वीरगंज, १४ भदौ । उपराष्ट्रपतिको हिन्दी सपथविरुद्ध सर्वोच्च अदालतले गरेको निर्र्णयको बिरोधमा पांच मधेशी बिद्यार्थी संगठनहरुले बारा पर्सा धनुषा रौतहटमा प्रदर्शन गरेका छन्। आज बिहान कलैया-बीरगंज सडकखण्डमा सडक अवरुद्ध गर्दै प्रदर्शनकारीले सर्वोच्चको निर्णयको बदरको मांग गरेका थिए। यसैगरी मधेसी जनाधिकार फोरम त।म।लो।पा। नेपाल सदभावना र संयुक्त तराइ मधेशी विद्यार्थी प्रुन्टले आज संयुक्तरुपमा विरोध प्रदर्शन गर्दै वीरगंज बन्द गराएका छन्। विधार्थी प्रुन्टका जिल्ला संयोजक संजय यादवको नेतृत्वमा क्याम्पस वोडिङ विद्यालय बन्द गराउनुको साथै वीरगंजको घण्टाघरमा चक्काजाम गरेका थिए। त।म।लो।पा। सर्लाहीका कौशलको नेतृत्वमा आज बिहान वीरेन्द्र राजमार्गको गम्हरिया विर्ता नजिकै सडक अवरुद्ध गरेका थिए। पाँच मधेशी संगठनले आह्वान गरेको धनुषा बन्दको कारण जनकपुरबाट चल्ने सम्पूर्ण यातायात तथा रेल सेवा प्रभावित भएको छ।

अवरुद्ध अरनिको राजमार्ग सुचारु

सिन्धुपाल्चोक १४ भदौ । सडक दुर्घटनामा मृत्यु भएका परिवारजनले अवरुद्ध गरेको अरनिको राजमार्ग क्षतिपुर्ति दिने सर्तमा सुचारु भएको छ। आज बिहान क्षतिपुर्तिको मांग गर्दै अवरुद्ध रहेको फुलपिङ डाँडा-९ कोठे सडकखण्ड सुचारु भएको हो। हिजो सांझ वाह्रविसेबाट वलेफी तर्फ आउँदै गरेको ना।२ख १४२ नं।sाे मिनि ट्रकले सोही ठाउं वडा नं। -७ बस्ने बर्ष ५० को बाबुराम दमाईलाई ठक्कर िदंदा उनको घटनास्थलमानै मृत्यु भएको थियो।

लुटेराद्वारा पसलमा लुटपाट

सिन्धुपाल्चोक १४ भदौ । अज्ञात लुटेराहरुले एक सर्वसाधारणको पसलमा नगद लुटपाट गरी फरार भएका छन्। गए राति १-१५ बजे जेठल-५ सिलप्रगा बस्ने तिलक बहादुर श्रेष्ठको पसलमा अज्ञात हतियारधारी लुटेराले रु १ लाख ५० हजार मूल्य बराबरको नगद लुटेर फरार भएको मध्य क्षँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

वीरगंजका निजी तथा सरकारी अस्पतालको सेवा सुचारु

वीरगंज १४ भदौ । गत तीन दिनदेखि ठप्प रहेको वीरगंजको सरकारी तथा निजी अस्पतालको इमरजेन्सी तथा बहिरंग सेवा सुचारु भएको छ। आज बिहान नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक पप्पु जैसवाललाई कुटपिट गर्ने राज देव चौरसियाको आफन्त तथा अन्य भद्रभलादमीबीच भएको सहमति पछि तीन दिनदेखि वीरगंजको निजी तथा सरकारी अस्पतालमा इमजेन्सी र बहिरंग सेवा तथा निजी क्लिनिकहरु सुचारु भएको हो।

स्थानीय विकास अधिकारीमाथि कुटपिट

वीरगंज १४ भदौ । माछापोखरीको ठेक्कासम्बन्धी विवाद भएपछि पर्साको तुल्सीबर्वाका स्थानीयवासीले जिविसका स्थानीय विकास अधिकारीमाथि कुटपिट गरेका छन्। आज दिउंसो जिल्ला विकास समिति पर्साको स्थानीय विकास अधिकारी रामदयाल यादवले सचिव जोगेन्द्र यादवमार्फत पुनः नयां ठेक्का गराउन लागेको आरोप लगाउंदै स्थानीयवासीले यादवमाथि कुटपिट गरेपछि दिनभरि जिविस तनावग्रस्त भएको थियो। तीन वर्षको लागि ६२ लाखमा दिएको ठेक्काको समय नपुग्दै नयां ठेक्का गर्न लागेको भन्दै स्थानीयवासीले कुटपिट गरेका हुन्।

दूधको मूल्य वृद्धिको मांग गर्दै प्रदर्शन

वीरगंज १४ भदौ । दूधको मूल्यबृद्धिको माग गर्दै धादिङ र मकवानपुरमा किसानहरुले विरोध प्रदर्शन गरेको छ। आज बिहान मकवानपुर हेटौडा औद्योगिक क्षेत्र गेट अगाडी किसानहरुले गरेको चक्काजाम पौने बारह बजे सुचारु भएको थियो। त्यसैगरी बिहान धादिङको थाक्रे-३ महादेब वसी स्थित दुग्ध बिकास संस्थान बालाजुको दूग्ध चिस्यान शाखा केन्द्रमा स्थानीय सहकारी संस्थानका किसानहरुले तालाबन्दी गर्नुको साथै करिब चारवटा ट्याङकरलाइ नियन्त्रणमा लिएका छन्।

नागरिक दैनिकको गाडी र एकजना बेपत्ता

वीरगंज १४ भदौ । नागरिक दैनिकको पत्रिका वितरण गर्ने गाडी आज बिहान पृथ्वी राजमार्गको बेनीघाट-८ नजिकैको खोलामा खसेपछि एकजना गम्भीर घाइते एकजना बेपत्ता भएका छन्। धादिङको वेनीघाट नजिकै खोलामा बा।६च २५१७ न को नागरिक दैनिक पत्रिकाको गाडी खसेपछि चालक राम बहादुर गुरुङ घाइते भएका छन् भने एकजना नाम नखुलेका व्यक्ति खोलामा बेपत्ता भएका छन्। व्यक्तिसंगै गाडी र पत्रिका पनि बेपत्ता भएपछि खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

श्रमिक बालबलिकाको तथ्याड्ढ सार्बजनिक

हेटौडा १४ भदौ । हेटौंडामा ६ सय ५८ जना श्रमिक बालबालिका रहेको बाल कल्याण समाज मकवानपुरले जनाएको छ। संस्थाले आज हेटौंडामा बाल बालिकाको क्षेत्रमा कार्यरत सरकारि एबं गै।सं।स।sा प्रतिनिधिहरु बिच एक अन्तरकि्रया कार्यक्रमको आयोजना गरि यस्तो जानकारी दिएको हो। संस्थाको तथ्याङ्क अनुसार ५ सय १७ बालक र १ सय २१ बालिका रहेका छन्। संस्थाका अनुसार ८१ प्रतिशत श्रमिक बालबालिकाहरुले तलब पाउने गरेका छन्। कूल श्रमिक बालबालिका मध्ये ९ प्रतिशतले मात्रै आफुले कमाएको रकम बचत गर्दै आएका छन्। संस्थाले प्लान नेपाल मकवानपुरको आर्थिक सहयोगमा बिगत ३ महिनादेखि श्रमिक बालबालिकाका लागि अध्ययन तथा मनोराजन केन्द्र तथा बचत योजना कार्यक्रम समेत साचालन गर्दै आएको छ। बचत योजना अन्तरगत ३ महिनामा १ सय १ जना श्रमिक बालबालिका मार्फत् ३७ हजार ४ सय ९५ रुपैंया संकलन भएको बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिनुभयो। बालबालिका मार्फत् संकलिन रकम बार्षिक १० प्रतिशत ब्याज दिनेगरि दिब्य तारा सहकारी संस्था हेटौंडामा बचत गरिएको छ। संस्थाले आज हेटौंडामा श्रमिक बालबालिकाहरुको तथ्याङ्क सार्बजनिक तथा अन्