वीरगंज, १४ भदौ । उपराष्ट्रपतिको हिन्दी सपथविरुद्ध सर्वोच्च अदालतले गरेको निर्र्णयको बिरोधमा पांच मधेशी बिद्यार्थी संगठनहरुले बारा पर्सा धनुषा रौतहटमा प्रदर्शन गरेका छन्।
आज बिहान कलैया-बीरगंज सडकखण्डमा सडक अवरुद्ध गर्दै प्रदर्शनकारीले सर्वोच्चको निर्णयको बदरको मांग गरेका थिए।
यसैगरी मधेसी जनाधिकार फोरम त।म।लो।पा। नेपाल सदभावना र संयुक्त तराइ मधेशी विद्यार्थी प्रुन्टले आज संयुक्तरुपमा विरोध प्रदर्शन गर्दै वीरगंज बन्द गराएका छन्।
विधार्थी प्रुन्टका जिल्ला संयोजक संजय यादवको नेतृत्वमा क्याम्पस वोडिङ विद्यालय बन्द गराउनुको साथै वीरगंजको घण्टाघरमा चक्काजाम गरेका थिए।
त।म।लो।पा। सर्लाहीका कौशलको नेतृत्वमा आज बिहान वीरेन्द्र राजमार्गको गम्हरिया विर्ता नजिकै सडक अवरुद्ध गरेका थिए।
पाँच मधेशी संगठनले आह्वान गरेको धनुषा बन्दको कारण जनकपुरबाट चल्ने सम्पूर्ण यातायात तथा रेल सेवा प्रभावित भएको छ।
Comments
Post a Comment