Skip to main content

Posts

Showing posts from January 24, 2010

उपप्रमं गच्छदार वीरगंज आउने, भूपू सहायक मन्त्रीको निधन, सिर्द्धार्थ डेभलपमेन्ट बैंक वीरगंजमा पनि

उपप्रमं गच्छदार वीरगंज आउने वीरगंज, १० माघ । उपप्रधानमन्त्री विजयकुमार गच्छेदार माघ १५ गते वीरगंज आउने भएका छन् । आज मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिकले एक प्रेस विज्ञप्ति जारी गरी माघ १५ गते जिल्लास्तरीय कार्यकर्ता भेलालाइ सम्बोधन गर्न उपप्रम वीरगंज आउने बताइएको छ। भूपू सहायक मन्त्रीको निधन वीरगंज, १० माघ । भूपू सहायक मन्त्री एवं राप्रपा नेपाल पर्साका सदस्य शमशुल हकको ७६ वर्षको उमेरमा माघ ९ गते राति निधन भएपछि आज उनको मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरियो। सिर्द्धार्थ डेभलपमेन्ट बैंक वीरगंजमा पनि वीरगंज, १० माघ । सिर्द्धार्थ डेभलपमेन्ट बैंक लिमिटेड वीरगंज शाखाको आज उदघाटन भएको छ। बैंकका अध्यक्ष शेखर अर्यालले बैंकको १० औं शाखाको उद्घाटन गरेका छन् भने संचालक रमेशकुमार शर्माले उक्त शाखाको एटिएमको उद्घाटन गरेका थिए।

विश्वविद्यालयमा आरक्षण प्रणाली खारेज गर्न ब्राहृमण-क्षेत्रीको माग

काठमाण्डौ, १० माघ। त्रिभुवन विश्वविद्यालय ब्राहृमण-क्षेत्री संर्घष्ा समितिले विश्वविद्यालय जस्तो ज्ञान-विज्ञान एवं विद्यताको खानीमा विभिन्न रङ्ग, भाषाभाषी, जातजाती तथा क्षेत्रका आधारमा राजनीति नगर्न चेतावनी दिएको छ। संर्घष्ा समितिले रङ्ग, भाषभाषी, जातजाती तथा क्षेत्रका आधारमा विश्वविद्यालयलाई बन्धक बनाईए कडा संर्घष्ामा उत्रने चेतावनी दिंदै विश्वविद्यालयमा प्राध्यापक नियुक्तिमा आरक्षणको प्रणाली खारेज गर्नुपर्ने लगायतका ७ बु"दे माग अघि सारेको छ। यस्तै प्राध्यापक नियुक्ति प्रक्रिया निष्पक्ष हुनुपर्ने, उच्च क्षमतावान् व्यक्तिलाई छनौट गर्नुपर्ने, विषयगत आवश्यक्ताको आधारमा विज्ञापनलाई नियमित गर्नुपर्ने, विद्यार्थी अनुपातको आधारमा प्राध्यापक नियुक्ति गर्नुपर्ने लगायतका माग संर्घष्ा समितिले अघि सारेको छ। संर्घष्ा समितिले आइतबार एक विज्ञप्ती जारी गर्दै विभिन्न रङ्ग दिएर प्राध्यापक नियुक्ति प्रक्रियालाई निरन्तरता दिईए विश्वविद्यालय ज्ञानको केन्द्रमा नभई संग्रहालयको रुपमा परिणत हुने चेतावनी दिएको छ।

सहिद स्मारकमा सरसफाई

यादव चौलागाई हेटौँडा,१०माघ/देशलाई आफ्नो जिवन बली चढाउने शहिदहरुको सम्झनामा आइबारदेखी सुरु भएको सहीद दिवस अर्थात सहिद सप्ताहको पहिलो दिन आज मकवानपुरको हेटौडा-११ नवलपुरमा रहेको सहिद स्मारकमा सरसफाई कार्यक्रम गरीएको छ। हेटौडामा रहेको सहीद स्मारकमा सरसप्fmाइ गरी सहीद दिवस मनाइएको हो। २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोेहन अधिकारीले समुद्घाटन गरेको हेटौडा सहिद स्मारकमा विभीन्न्ा कालखण्डमा बलीदान दिने १६ जना सहीदहरुको एउटै ढुङ्गामा मर्ुर्ती बनाइएको छ। हरेक वर्षमाघ १० गतेदेखी सहदि स्मारकमा सहीदहरुको सम्झनामा कार्यक्रमहरु गरेर सहीदहरुलाई श्रद्धाञ्जली दिने गरीन्छ। सदिद सप्ताह मनाउन जिल्ल्ाा विकास समिती मकवानपुरका स्थानिय विकास अधिकारीको संयोजकत्वमा राजदैनितीक दल तथा जिल्लाका अग्रणी संघ सस्था तथा सरकारी कार्यलयका प्रमुख सदस्य रहने गरी १०१ सदस्यीय मुल समिती बनाइएको छ। सोही समितीले आज पहिलो दिन सरसफाइ कार्यक्रम गरेको हो। सप्ताहको सातौँ दिन अर्थात सहद दिवसको अवसरमा सविधान सभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङले सहिदलाई श्रद्धाञ्जली दिनुका साथै नेपालका लोकतान्त्रिक आन्दोलनमा शहादत्त प्रा

न्याय र स्वतन्त्रताको लागि आवाज

ज्ञानेन्द्र शर्मा/लिवाङ लिवाङ रोल्पा माघ १० गते एकीकृत ने.क.पा माओवादी मगराँत राज्य समिति सेक्रेटरी पर्ूण्ा र्घर्तीले विगतमा पनि न्याय र स्वतन्त्रताको लागि आवाज उठाउँदा सत्तापक्षले दमन गरेकाले आन्दोलन गर्न बाध्य भएको बताउदै हालको सरकारले पनि शान्तपर्ूण्ा आन्दोलनलाई दबाएर तह लगाउन खोजेकेा आरोप लगाउनुभयो। एकिकृत ने.क.पा.माओवादीले आज रोल्पाको सुलिचौरमा गरेको आम सभालाई सम्बोधन गर्दै सेक्रेटरी र्घर्तिले सो कुरा बताउनु भएको हो। उहाँले सरकारी दमनको बिरुद्धमा देशैभरी आन्दोलन भएकाले आन्दोलनको नेतृत्व नेकपा माओवादीले गर्ने बताउनु भयो। उहाँले नागरिक सर्बोच्चता बहालि नहुदाँसम्म नयाँ सबिधान, राष्ट्रिय स्वाधिनता, सेना समायोजन र दीगो शान्ति स्थापना नहुने बताउनु भयो। सेक्रेटरी र्घर्तिले राष्ट्रिय स्वाधिनताको पक्षमा सरकार मौन रहेपनि एकिकृत नेकपा माओवादीले जनताको साथमा आन्दोलन गरी राष्ट्रिय स्वाधिनताको मुद्दालाई अगाडी बढाउने बताउनु भयो। सभालाई सम्बोधन गर्दै राजकुमार कक्षपतीले सदैब जनताहरु सचेत रहन आग्रह गर्नु भयो। आश बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन झिल्कोले गर्नुभएको थियो भने जन

सुरुङ खन्दा ढिस्कोले पुरीएर मजदुरको मृत्यु

यादव चौलागाई हेटौँडा,१०माघ/मकवानपुरको भैसे गाविस-२ मा निर्माणाधिन कुलेखानी जलविद्युत आयोजना तेस्रोमा कार्यरत एक मजदुरको आइतबार ढिस्कोले पुरीएर मृत्यु भएको छ। निर्माणाधिन कुलेखानी तेस्रोको टनेल सुरुङ भित्र काम गर्दागर्दै ढिस्कोले पुरीएर मजदुर रामशरण मोक्तानको आइतबार दिउसोँ मृत्यु भएको हो। विहान देखी सुरुङभित्र खनिरहेका मजदुरको अचानक खसेको ढिस्कोले पुरीएर मृत्यु भएको जिल्ला प्रहरीकार्यलय मकवानपुरले जनाएको छ। मजदुर मोक्तानको मृत्यु भएपछि भ्ाएपछि आइतबार कुलेखानी तेस्रो तनावग्रस्त बनेको थियो। मृत्यु भएपछि जिल्ल्ाा प्रहरी मकवानपुरका प्रहरी निरीक्षक रामबहादुर केसिको नेतृत्वमा शव सुरुङबाट भर्खर निकालीएको छ। भने कुलेखानीको निर्माण कार्य अवरुद्ध भएको छ।

फोहोरको आडमा माग पुर्‍याउन खोज्नु बेइमानी ः मन्त्रीहरु

सरकारको विश्वसनीयता भएन ः स्थानीय निकायका कर्मचारीहरु काठमाडौं, माघ १०। कानुन मन्त्री प्रेमबहादुर सिंहले भोलिदेखि जसरी पनि राजधानीलगायतका सहरमा थुप्रिएका फोहोर उठाएर छाडिने बताएका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री सिंहले नागरिकको जीवनमा असर पुग्ने र सहरलाई कुरुप बनेको अवस्थामा सरकारले वैकल्पिक बाटो अपनाएर भए पनि फोहोर उठाउने स्पष्ट पारे। 'सरकार काठमाडौं सहरलाई नरक बनाउन दिने पक्षमा छैन,' उनले भने- कर्मचारीले पनि फोहोरलाई अघि राखेर माग पूरा गर्न खोज्नुहुँदैन। विभिन्न माग राखेर स्थानीय निकायका कर्मचारीले मुलुकभरि तीनदेखि फोहोर उठाएका छैनन्। मन्त्री सिंहले जनताको सहयोग लिएर भए पनि फोहोर उठाउन सरकार अघि र्सर्ने बताए। उनले स्थानीय निकायका ७ हजार करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई स्थायी गर्दा १ लाख ७ हजार शिक्षक, चिकित्सक, प्राद्यापकको समेत माग पूरा गर्न अर्थतन्त्रले नधान्ने भएकाले समग्र अध्ययन गरी कदम चाल्न प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिए। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वातावरण मन्त्री ठाकु

कुवेतमा विच्च्ाली परेपछि २२ दिनमा स्वदेश फर्किइन दिलकुमारी, एमनेष्टिको साधरण सभा

यादव चौलागाई हेटौ"डा,१० माघ/टन्न पैसा कमाउने र जिवन हासिखुसीसाथ विताउने मिठो सपना बोकेर खाडी मुलुक कुवेत पुगेका मकवानपुरकी एक युवती स्वदेश फर्काइएकी छिन। चुरीयामाइ गाविस व्ाडानं ८ जाते"की दिलकुमारी स्याङ्तान ँनाम परर्ीवर्तन' लगातार २२ दिनको शारीरीक शोषणमा परेपछी स्वदेश फर्काएकी हुन। गाउ"कै एजेन्टमार्फ नगद ४० हजार बुझाएर मसिंर ८ गते कुवेत उडेकी स्याङ्तान कुवेतकै एक सामाजीक सस्था"ले उद्धार गरीदिएपछि दिल्ल्ाी हुदै" स्वदेश फर्किएकी हुन। घरेलु कामदारको रुपमा कुवेत पुर्याइएकी स्याङ्तानले कुवेतमा घरेलु काममात्रै गर्नु परेन हरेक दिन शारीरीक शोषणमा समेत परीन। माइति नेपालको कार्यलयका विहीबार भेटीएकी स्याङ्तानले आफनो दर्दनाक पीडा सुनाउदै" भनिन हरेक दिन मैले साउलाई जिवन अर्पीत मात्र गरीन २४ सै घण्टा काममा समेत जोतिनुपर्यो। उनले २२ दिन काम गरेको पैसा उनलाई उद्धार गर्ने सस्"थाले ६० हजार दिलाइदिएपछि दिल्ल्ाी हुदै" आएकी उनलाई दिल्ल्ाीमा आएर समेत आफुलाई कुवेत पठाउने एजेन्टले लुटेको बताइन्। दिल्ल्ाीमा लुटीएपछि उनी लगातार ४ दिनसम्म्ाको भोको यात्रा गरेर

माघ २५ गते थरुहट तर्राईमा आमहडताल

वीरगंज, १० माघ। थारू कल्याणकारिणी सभा केन्द्रिय समितिले आज एक प्रेस विज्ञप्ति जारी गरी संविधानसभाको राज्यपुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले तयार पारेको अवधारणापत्र र मस्यौदामा थारू कल्याणकारिणी सभाको गम्भिर ध्यानाकर्षा भएको छ। यो मस्यौदाले मुलुकमा व्याप्त संघीयताको मागलाई सहि रुपमा सम्बोधन गर्न सकेको छैन। नेपालमा संघीयताको माग किन उठेको हो भन्ने पहिचान नै नगरी प्रदेश निर्धारण गर्ने काम गरिएको देखिन्छ। यही कारणले प्रदेश निर्धारण सहि ढंगले नभएको स्पष्ट गरेको छ। विज्ञप्तिमा संघीयताको मागका अनेक आयाम छन्, जस्तो किः संघीयताको माग विभिन्न जाति, समुदाय, भाषाभाषी र धर्मावलम्बीहरुको पहिचान र आत्मसम्मानका लागि गरिएको हो। जातिय आत्मनिर्ण्र्ााो अधिकार प्रयोग गरी जाति तथा समुदायले आफ्नो विकास गर्दै राष्टिय एकतालाई अभिवृद्धि गर्न सकुन् भन्ने उद्देश्यले संघीयताको माग गरिएको हो। सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा पुर्‍याउन र स्थानिय तहको विकास स्थानिय समुदायले नै गर्नर्ुपर्छ भन्ने अवधारणाले संघीयताको माग गरिएको हो। विगत तथा वर्तमानको केन्द्र सरकार ज्यादै भ्रष्ट, असक्षम, खर्चिलो र क्

जडिबुटी माफिया हर्बोदेखि होशियार

अखिलेश सिंखडा काठमाडौं, १० माघ/ एकीकृत नेकपा माओवादीले जल, जंगल, जडिबुटी, जमिन र जल माफियालाई सखाप पार्ने रणनीति लिएको थियो । तर, ९ महिने सरकार चलाउँदा उसले यी पाँचै माफियालाई खुलेआम छोडिदियो र यसले गर्दा यी माफियाहरू माओवादीको समेत संरक्षण पाइयो भनेर खुलेआम छाती फुलाएर हिँड्ने थाले । अहिले यी पाँच 'ज' माफिया माओवादीकै शरणमा रहेरनिर्वाध रूपमा आफ्नो गोरखधन्दा संचालन गरिरहेका छन् । माओवादीको छत्रछायाँमा रहेर पछिल्लो पटक जडिबुटी माफियाहरूको सक्रियता झन् बढेको छ । माओवादीले कर्ण्ाालीलाई जडिबुटी उद्योग संचालन गर्ने उद्घोष गरेदेखि नै केही जडिबुटी माफियाहरू माओवादीनेताहरूकहाँ हात मोल्न पुगेका थिए र माओवादी सत्ताबाट बाहिरिएपछि पनि बन्दुकको आडमा गोरखधन्दा संचालन गराइदिने आशमा यी माफियाहरू माओवादीको शरणमै रहेका छन् । माओवादीले काँधमा हात राखिदिएपछि मख्ख पर्दै आफ्नो सञ्जाल विस्तार गर्ने काममा तिक्तता दिएका जडिबुटी माफियाहरूमध्ये हर्वो इन्टरनेशनल अहिल अग्र स्थानमा रहेको छ । नेर्टवर्क व्यवसायको आडमा जडिबुटीको कालो व्यापार गरिरहेको हर्वोका कर्तुतहरू धमाधम बाहिर आउन थालेपछि यसका संचालकहरू प

आगलागी हुदाँ करिब ५ लाख बराबरको क्षति

ज्ञानेन्द्र शर्मा रोल्पा, १० माघ। रोल्पाको तालाबाङ गाविस वडा नं १ चिउराबोट निवासी हरी प्रसाद खड्काको घर आज बिहान आगलागी हुदाँ करिब ५ लाख बराबरको क्षति छ। आगलागीबाट कुनै मानबिय क्षति नभएपनि घर, घरमा रहेको लत्ता कपडा, अन्न र काठापाट लगायत जलेर नष्ट भएको छ। बिहान ५ बजेदेखी एक्कासी भएको आगलागी स्थानियबासीहरुले नियन्त्रणमा लिएका थिए। आगलागी किन र कसरी भयो भन्ने बारेमा अझै खुल्न सकेको छैन। बिहाननै सबेरै आगलागी भएको हुदाँ आगलागी किन भएको भन्ने बारेमा बिबरण आउन भने समय लाग्ने स्थानियबासी घनश्याम खड्काले बताएका छन्। यसरी हिजोआज रोल्पाको बिभिन्न स्थानमा आगलागीको घटना दिनानुदिन बढिरहेको छ।