Skip to main content

माघ २५ गते थरुहट तर्राईमा आमहडताल

वीरगंज, १० माघ। थारू कल्याणकारिणी सभा केन्द्रिय समितिले आज एक प्रेस
विज्ञप्ति जारी गरी संविधानसभाको राज्यपुनर्संरचना तथा राज्यशक्तिको
बाँडफाँड समितिले तयार पारेको अवधारणापत्र र मस्यौदामा थारू कल्याणकारिणी
सभाको गम्भिर ध्यानाकर्षा भएको छ। यो मस्यौदाले मुलुकमा व्याप्त
संघीयताको मागलाई सहि रुपमा सम्बोधन गर्न सकेको छैन। नेपालमा संघीयताको
माग किन उठेको हो भन्ने पहिचान नै नगरी प्रदेश निर्धारण गर्ने काम गरिएको
देखिन्छ। यही कारणले प्रदेश निर्धारण सहि ढंगले नभएको स्पष्ट गरेको छ।
विज्ञप्तिमा संघीयताको मागका अनेक आयाम छन्, जस्तो किः
संघीयताको माग विभिन्न जाति, समुदाय, भाषाभाषी र धर्मावलम्बीहरुको
पहिचान र आत्मसम्मानका लागि गरिएको हो।
जातिय आत्मनिर्ण्र्ााो अधिकार प्रयोग गरी जाति तथा समुदायले आफ्नो विकास
गर्दै राष्टिय एकतालाई अभिवृद्धि गर्न सकुन् भन्ने उद्देश्यले संघीयताको
माग गरिएको हो।
सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा पुर्‍याउन र स्थानिय तहको विकास
स्थानिय समुदायले नै गर्नर्ुपर्छ भन्ने अवधारणाले संघीयताको माग गरिएको
हो।
विगत तथा वर्तमानको केन्द्र सरकार ज्यादै भ्रष्ट, असक्षम, खर्चिलो र
क्षमताहिन भएकाले संघीयताको माग भएको हो। यसको अर्थ के हो भने संघीयता
अर्न्तर्गत बन्ने प्रादेशिक सरकारहरु कम खर्चिलो, सक्षम र जनताको पहुँचका
हुनेछन् भन्ने हो।
संघीयताको माग केन्द्रमा जस्तै प्रदेशमा पनि खर्चिलो र भड्किलो सरकार
गठन गर्ने उद्देश्यले भएको होइन। प्रदेशहरुमा एकात्मक शासनको अवस्था रहने
गरी जसरी प्रदेश निर्धारण गरिएको छ यसबाट संघीयतामा जानु र नजानुको कुनै
अर्थ रहँदैन। व्यापक अधिकार सहितको आदिवासी बाहुल्य प्रदेशहरुको
निर्माणले मात्र संघीयताको मागलाई सम्बोधन गर्न सक्छ भन्ने थारू
कल्याणकारिणी सभाको विगतदेखिकै मान्यता रहि आएको छ। धेरै संख्यामा प्रदेश
बनाउँदा खर्चिलो हुन्छ भन्ने नाममा आदिवासी बाहुल्य साना प्रदेशको हाम्रो
मागलाइ तिरस्कार गरिँदै आएको छ। अहिले तय गरिएका प्रदेशमा बनाइने १४ वटा
सरकारको खर्च मुलुकले धान्न सक्छ त- के यी प्रादेशिक सरकारहरु विगत तथा
वर्तमानको एकात्मक सरकार जस्तै खर्चिलो हुँदैनन र - संघीयतालाई असफल
पार्न नै संविधानसभाबाट खर्चिलो संघीयताको प्रस्ताव भएको देखिन्छ।
नेपालको आवश्यकता सस्तो, मितव्ययी र स्थानिय समुदायको पहुँचको प्रदेश हो।
प्रस्तावित प्रदेशको लाभ हिजोदेखि शासनसत्तामा रजाई गर्दै आएको वर्गले
मात्र उठाउन सक्छ। यस्तो संघीयताबाट आदिवासी जनजाति, अल्पसंख्यक, दलित,
मुस्लिम जस्ता समुदायले कुनै लाभ पाउने देखिन्न। खासगरी तर्राईमा जसरी
प्रदेश निर्धारण गरिएको छ त्यसबाट पहाडी तथा मधेसी शासकवर्गले मात्र लाभ
पाउने देखिन्छ। गाउँसम्म अधिकार पुर्‍याउने गरी संघीयतालाई अगाडि बढाइएको
छैन।
यस्ता तथ्यहरुलाई ध्यानमा राख्दै थारू कल्याणकारिणी सभा के निष्कर्षा
पुगेको छ भने संविधानसभाले १४ प्रदेशको प्रस्तावलाई फिर्ता लिइ जनसंख्या,
भूगोल र ऐतिहासिकताका आधारमा आदिवासी, जनजाति, दलित, मुस्लिम तथा
अल्पसंख्यकहरुको बाहुल्य हुने गरी तथा सबै समुदायको अधिकार स्थापित हुने
गरी वैज्ञानिक आधारमा प्रदेश निर्धारण गरिनर्ुपर्छ। यी मागहरु तथा यस
अघिका मागहरुलाई सम्बोधन गरियोस् भनी तथा संविधानसभालाई सच्याउन र
घच्घच्याउन हामीले माघ महिनाभरि संविधानसभाको खबरदारी र भण्डाफोर अभियान
चलाइरहेका छौं। अभियानका क्रममा देशभरि ठूला ठूला सभाहरु सम्पन्न भइसकेका
छन् र कतिपय हुने क्रममा छन्। यस क्रममा हामी थप निम्न कार्यक्रम घोषणा
गर्दछौं ः
१ ) माघ २० गते संविधानसभाका ११ वटा मस्यौदा र १४ प्रदेशको खाका काठमाडौंमा जलाउने
२) माघ २४ गते अपरान्ह जिल्ला सदरमुकामहरु तथा बजारहरुमा मसाल जुलुस
३) माघ २५ गते थरुहट तर्राईमा आमहडताल गरी प्रत्येक जिल्ला सदरमुकाम तथा
बजारहरुमा संविधानसभाका ११ वटा मस्यौदा र १४ प्रदेशको खाका जलाउने
केन्द्रीय समितिका महामन्त्री राजकुमार लेखीले जनाएका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।