Skip to main content

Posts

Showing posts from January 14, 2010

अधिकांश ग्रामीण सडक जोखिमपूर्ण, गुल्मेली समाज बहराइन गठन

अधिकांश ग्रामीण सडक जोखिमपूर्ण > घनश्याम गौतम / गुल्मी दर्शन जिल्लाका अधिकांश ग्रामीण सडक प्राविधिक र सवारी सञ्चालनका दृष्टिले जोखिमपूर्ण रहेका छन । सवारी सञ्चालनका लागि आवश्यक मापदण्ड पुरा नगरिएका कारण यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन । यहाँका ३५ मध्ये २० सडक सवारी सञ्चालनका दृष्टिले खतरायुक्त रहेको जिल्ला प्राबिधिक कार्यालयले जनाएको हो । 'प्राविधिक दृष्टिले सबै पक्ष पूरा भएपछि मात्र सवारी चलाउनुपर्ने भए पनि अहिलेसम्म सवारी सञ्चालक र उपभोक्ताले चासो दिएका छैनन्,' कार्यालयका इन्जिनियर मेघराज ज्ञवालीले भने, 'अपूर्ण सडकमा सवारी चलाउँदा सर्वसाधारणको यात्रा बढी जोखिमपूर्ण हुने गरेको छ ।' उनले सामान्य बाटोमा जिप चलाउन सडक कम्तीमा ४ मिटर चौडा, १२ रेडियस मोड, ७ प्रतिशत ग्रेड हुनुपर्छ । जिल्लाका अधिकांश सडकमा ती पूर्वाधार छैनन् । जिपमात्र चल्न सक्ने यस्ता सडकमा भरीभराउ यात्रु राखेर बस, ट्रक र ट्याक्टर चलिरहेका छन् । प्राविधिक रूपमा पास नभएका अधिकांश सडकमा राजनीतिक दल, उपभोक्ता समिति र यातायात व्यवसायी समितिले सवारी सञ्चालन गराउँदै आएका छन् । प्राविधिक कार्या

माघी पर्वमा थारूको अस्तित्व सखाप हुने लेखीको चिन्ता

वीरगंज, १ माघ । नेपालका आदिवासी, भूमिपुत्र-पुत्री थारू समुदायको माघे संक्रान्तिको माघी पर्वको अवसरमा आज थारू कल्याणकारिणी सभा केन्द्रीय समितिले एक प्रेस विज्ञप्ति जारी देशभरि विभिन्न महोत्सवको आयोजना गर्ने जनाएको छ। तर्राईमा भइरहेको तीब्र मधेशीकरण र संविधान सभाले थारूको अस्तित्व सखाप पार्न बढावा दिएको भन्दै थारू समुदायले माघी पर्व मनाइरहेको र थारू समुदायको जातिय पहिचान र अस्तित्वलाई सामाजिक र राजनीतिक रूपमा समाप्त पार्ने षडयन्त्रलाई चिर्न थारु समुदाय ले साताव्यापी महोत्सवको क्रममा काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो १२ बजे प्रधानमन्त्री माधवकुमार नेपालले सम्बधोन गर्ने केन्द्रीय समितिले जनाएको छ। माघीको पावन अवसरमा थारू कल्याणकारिणी सभा मुलुकमा राजनीतिक स्थायीत्यव, समानता, भात्तृत्व, एकता, समृद्धि हासिल होस् भनी कामना पनि गर्दछ । यसैगरी माघीको पावन अवसर पारेर सभासदहरू न्यायपर्ूण्ा नयाँ संविधान लेख्न दत्तचित्त भएर लागुन भनी थारू कल्याणकारिणी सभाले अपिल गरेको थारू कल्याणकारिणी सभा महामन्त्री राजकुमार लेखीले आग्रह गरेका छन्।

माघ १० गते एक मधेश एक प्रदेश घोषणा गरिने

बीरगंज ३० पुस/नेपाल सदभावनाले झापादेखि कंचनपुरसम्मको मधेशको भूभागमा माघ १० गते एक मधेश एक प्रदेश घोषणा जनाएको छ। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै कार्यवाहक सभापति बिकाश तिवारीले गजेन्द्रनारायण सिंहको स्मृति दिवसको अवसरमा जनकपुरमा मधेश भुभागलाई स्वायत मधेश घोषणा गर्ने बताए। उनले नेपाल सदभावना संघियता, नयाँ नेपाल र स्वायत मधेश लगायतका कुरा स्वर्गीय गजेन्द्र नारायण सिंहले २०४७ साल असाढ १६ गते जनकपुरमा आयोजित पार्टर्ीीे प्रथम महाधिवेशनमा उठाउनु भएको बताए।

फोरम नेपालको ५ वटा एजेण्डा

वीरगंज, ३० पुस। मधेशी युवा फोरम नेपालको पुस २९ गते वीरगंजमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट ५ वटा एजेण्डालाइ र्सवसम्मतिले निर्णय गरेको जनाएको छ। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै फोरम नेपालका अध्यक्ष योगेन्द्र राय यादवले संगठन सुदृढीकरण र राजनीतिक अवधारणा, पार्टीद्वारा घोषित आन्दोलन, मधेश शहीद दिवस र र्सार्वजनिक बिदा, राष्ट्रपति र उपराष्ट्रपतिको सर्न्दर्भमा एजेण्डा जारी गरेको बताए।

नेपालले आफ्नो शान्ति प्रक्रियामा सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसंघलाई गरेको अनुरोधका सम्बन्धमा महासचिवको प्रतिवेदन

एक. परिचय 1. यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) (हाल एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)) र नेपाली सेनाका हतियारधारी सदस्यहरूको तथा हतियार व्यवस्थानको अनुगमन गर्नेलगायतका कार्यादेशका साथ विशेष राजनीतिक मिसनको रूपमा सन् २००७ मा अन्मिनको स्थापना गरिएको थियो। 2. यस प्रतिवेदनमा सन् २००९ अक्टोबर २६ मा परिषद्‍मा प्रस्तुत मेरो प्रतिवेदन (एस्/२००९/५५३) पछिको समयावधिमा शान्ति प्रक्रियामा भएको प्रगति र मिसनको कार्यादेशको कार्यान्वयनको समीक्षा गरिएको छ। दुई. शान्ति प्रक्रियामा प्रगति 3. यस रिपोर्टिङ अवधिभर नै शान्ति प्रक्रिया प्रायः अवरूद्ध रहयो। मेरो यस अघिको प्रतिवेदनमा मैले औंल्याएका दलहरूबीच व्याप्त तनाव, अविश्वास र गहन मतभेद कायमै छ। प्रमुख दलहरूबीच केही हदसम्म संवाद र छलफल भएतापनि माओवादी सेनाका सदस्यहरूको समायोजन र प

कम्लहरी मुक्ती दिवस

ज्ञानेन्द्र शर्मा रोल्पा, ३० पुष।दाङमा आज कम्लहरी बर्षपुगेको अवसरमा आज घोराहीमा बृहत र्‍याली गरी मुक्ती दिवस मनाउन थालिएको हो। गत बर्षो माघ १ गते दाङलाई कम्लहरी मुक्त जिल्ला घोषणा गरिएको थियो। दाङमा हालसम्म ५ हजार कम्लहरीको उद्धार गरिएको जिल्ला बाल कल्याण समितिले जनाएको छ। बिगत तीन बर्षता ५ हजार कम्लहरीको उद्धार गरी जिल्लालाई कम्लहरीमुक्त बनाउन सफल भएको समितिको भनाइ छ। मुक्त जिल्ला घोषणा गरिए यता एक बर्षो अबधिमा ४ सय बढीको उद्धार गरिएको बाल कल्याण समितिले जनाएको छ। अझै पनि दाङमा ९७ जना कम्लहरी बालीकाको उद्धार गर्न बाँकी रहेको र उनीहरुमध्ये अधिकांश सरकारी कर्मचारी, राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तीको घरमा रहेको संघसंस्थाको भनाइ छ। पटकपटक कम्लहरी फर्काइदिन आग्रह गर्दा पनि अटेर गरी राखिरहेकाले आज घोराहीमा बृहत र्‍याली पछि आयोजित सभामा उनीहरुको नाम र्सार्वजनिक गरिने भएको छ। बाल कल्याण समिति, स्वान, सहयोग समाज, असहाय नानीहरुको साथी -एफएनसी),कम्लहरी मुक्तीका लागी साझा मञ्चले मुक्ती दिवस मनाउँदेै छन्।। जनशक्तीको अभाबमा मध्यपश्चिम पानी परिक्षण प्रयोगशाला बिगत ३ बर्षेखि अलपत्र परेको छ

संयन्त्रमा प्रधानमन्त्रीलाई स्थायी आमन्त्रित सदस्य राख्न प्रचण्ड सहमत

सरकार बनाउने र सरकार गिराउने खेलका लागि गठन भएको होइन ः सिटौला काठमाडौं, पुस ३०। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्रीलाई स्थायी आमन्त्रित सदस्य राख्न सहमत भएको बताएका छन्। बिहीबार बिहान कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष दाहालबीच त्यस्तो सहमति भएको सिटौलाले जानकारी दिए। रिपोर्टर्रर््स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उनले उच्च संयन्त्र सरकार बनाउने र सरकार गिराउने खेलका लागि गठन नभएको दाबी गरे। उनले भने- यो संयन्त्र विशुद्ध रुपमा शान्ति र संविधानका लागि हो। यसबाट प्रधानमन्त्रीलाई समेत काम गर्न सजिलो हुन्छ। संविधानसभा गठन भएको १ वर्ष७ महिनासम्म पर्खिदा पनि राजनीतिक सहमति, संविधान लेखन र माओवादी लडाकु समायोजन तथा पुनर्स्थापन हुन नसक्ने देखेर संयन्त्र बनेको उनको भनाइ थियो। उनले भने- शान्ति र संविधान तार्किक निष्कर्षा नपुगेसम्म संयन्त्र रहिरहन्छ। त्यसको बैठकमा प्रमुख पार्टर्ीी साथमा अन्य नेताहरु पनि रहन्छन्। उनले संयन्त्रकै अभावका कारण द्वन्द्वपीडितलाई न्याय दिलाउ

माबिमा अखिल क्रान्तिकारीले अनिश्चित कालिन तालाबन्दी

ज्ञानेन्द्र शर्मा रोल्पा, ३० पुष। बिरेन्द्र उच्च माबि नाउली जिनाबाङ रोल्पामा अखिल क्रान्तिकारीले अनिश्चित कालिन तालाबन्दी गरेको छ। क्रान्तिकारीले १० दिन अगाडी बुझाएको ८ सुत्रिय माग सहितको ज्ञापन पत्रको अन्तिम समय सम्म पनि मागबारेमा कुनै सुनुवाई नभएपछि तालाबन्दी गरेको जनाएको छ। मागहरु पुरा नभएसम्म ताला नखुल्ने पनि क्रान्तिकारीले जनाएको छ। क्रान्तिकारीले बिद्यालयको आयव्यय प्रस्तुत गर्नुपर्ने, अतिरिक्त कार्यक्रमहरु संचालन गर्नुपर्ने, दलित र गरीब बिद्यार्थीहरुले पाउनुपर्ने छात्रबृत्ति तत्काल उपलब्ध गराउनु पर्ने, अनियमितता ढिला स्ाुस्तीको अन्त्य गर्दै बिद्यालय प्रशासनको आमुल परिवर्तन गर्नुपर्ने लगायतका मागहरु राखेको छ। बाख्रापालन समुह गठन ज्ञानेन्द्र शर्मा रोल्पा, ३० पुष। पशुपालन तर्फआम्दानीको मुख्य श्रोत हुने देखिएपछि रोल्पाका अधिकासं जनताहरुले बाख्रापालनलाई मुख्य श्रोत बनाउन थालेका छन्। साथै रोल्पाका अधिकासं स्थानमा महिला तथा पुरुषले सक्रियताका साथ बाख्रापालन समुह गठन गरेका छन्। यसैक्रममा रोल्पाको राङ्कोट गाविसमा जिल्ला पशु सेवा केन्द्र र दलित महिला सचेतना केन्द्र रोल्पाको आयोजनामा बिही

रोल्पाको लिवाङमा शिक्षक भेला सम्पन्न

ज्ञानेन्द्र शर्मा रोल्पा, ३० पुष। नेपाल शिक्षक संघ रोल्पाको आयोजनामा रोल्पाको लिवाङमा मध्यपश्चिम भेला सम्पन्न भएको छ । पुस २८ र २९ गते गरी २ दिन सम्म सम्पन्न्ा भेलाको बन्द सत्रमा बुधवार शिक्षक माथी भएका अन्याय अत्याचारको सामना गर्ने र नागरिक समाज संगसगै शिक्षकहरु जानुपर्ने निजामती महिला सरह महिला शिक्षकहरुलाई सुबिधा हुनुपर्ने लगायतका मागहरु संगठनबाट केन्द्रलाई अल्टिमेटम दिने निर्ण्र्ाागरेको छ। मध्यपश्चिम अध्यक्ष तिर्थजङ्ग शाहीको अध्यक्षतामासम्पन्न कार्यक्रममा प्रमुख अतिथी शिक्षक संघका केन्द्रीय अध्यक्ष मोहन ज्ञावाली, बरिष्ठ उपाध्यक्ष गोबिन्द न्यौपाने, महिला उपाध्यक्ष इन्दिरा सापकोटा महासचिव केशव निरौला, लगायतले मन्तव्य दिनु भएको थियो। मध्यपश्चिमका १५ जिल्ला मध्ये ११ जिल्लाका शिक्षक प्रतिनिधीहरुको सहभागिता रहेको भेलामा कर्ण्ााली अञ्चलका केही जिल्लाका शिक्षकहरुको सहभागिता रहेको थिएन। शिक्षक संघले मंसिर २२ र २३ गते भेला राखेको हुदाँ सो समयमा सहभागि भएका जिल्लाहरु भेला र्सनुको कारण उपस्थित हुन नसकेको नेपाल शिक्षक संघ रोल्पाका अध्यक्ष शालिकराम केसीले जानकारी दिनुभयो। भेलाले शिक्षक संघ