Skip to main content

संयन्त्रमा प्रधानमन्त्रीलाई स्थायी आमन्त्रित सदस्य राख्न प्रचण्ड सहमत

सरकार बनाउने र सरकार गिराउने खेलका लागि गठन भएको होइन ः सिटौला

काठमाडौं, पुस ३०। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद
सिटौलाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उच्चस्तरीय राजनीतिक
संयन्त्रमा प्रधानमन्त्रीलाई स्थायी आमन्त्रित सदस्य राख्न सहमत भएको
बताएका छन्। बिहीबार बिहान कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र
माओवादी अध्यक्ष दाहालबीच त्यस्तो सहमति भएको सिटौलाले जानकारी दिए।
रिपोर्टर्रर््स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उनले उच्च संयन्त्र
सरकार बनाउने र सरकार गिराउने खेलका लागि गठन नभएको दाबी गरे। उनले भने-
यो संयन्त्र विशुद्ध रुपमा शान्ति र संविधानका लागि हो। यसबाट
प्रधानमन्त्रीलाई समेत काम गर्न सजिलो हुन्छ।
संविधानसभा गठन भएको १ वर्ष७ महिनासम्म पर्खिदा पनि राजनीतिक सहमति,
संविधान लेखन र माओवादी लडाकु समायोजन तथा पुनर्स्थापन हुन नसक्ने देखेर
संयन्त्र बनेको उनको भनाइ थियो। उनले भने- शान्ति र संविधान तार्किक
निष्कर्षा नपुगेसम्म संयन्त्र रहिरहन्छ। त्यसको बैठकमा प्रमुख पार्टर्ीी
साथमा अन्य नेताहरु पनि रहन्छन्।
उनले संयन्त्रकै अभावका कारण द्वन्द्वपीडितलाई न्याय दिलाउन, सत्य निरुपण
तथा मेलमिलाप आयोग र शान्ति आयोग बन्न नसकेको बताए। उनले भने- संयन्त्र
नेताको जुँगाको लर्डाईं होइन। अब एकअर्कालाई होच्चाएर र गाली गरेर मात्र
हुँदैन। र, संयन्त्र समानान्तर शक्ति केन्द्र पनि होइन। अबको
शक्तिकेन्द्र कोही छ भने संविधानसभा र दलहरु नै हुन्।
रिपोर्टर्रर््स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न
साक्षात्कार कार्यक्रममा
सिटौलाले एमाले अध्यक्ष झलनाथ खनाल फर्केपछि माघ ४ गते संयन्त्रको पहिलो
बैठक बस्ने, कार्ययोजना बनाउने र त्यसलाई पर्ूण्ाता दिइने जानकारी दिए।
उनले २०६७ जेठ १४ गते संविधान बनाउनका लागि संविधानसभामा सहमति खोज्न
आवश्यक भएको बताए। उनले भने- अब बहुमत र अल्पमतले चल्दैन। संविधान बनाउने
हो भने सकेसम्म र्सवसम्मत र नभए दर्ुइ तिहाई बहुमत जुटाउनर्ुपर्छ।
संयन्त्र गठन अहिले भएका विवादको अन्त्य गर्नलाई नै हो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।