Skip to main content

Posts

Showing posts from June 25, 2009

कवाडीकर ठेक्कापट्टा टेण्डरमा वीउवासंघको विरोध

वीरगंज, ११ असार/ जिविस पर्साले आगामी आर्थिक वर्षो कबाडी कर ठेक्का पट्टाबाट असूल गर्ने गरी टेण्डर आह्वान गरेकोमा वीउवासंघले विरोध जनाएको छ ।       स्थानीय स्वायत शासन ऐन र नियमावली अनुसार ठेकदार मार्फ ढाँट राखी कबाडी कर असूल गर्ने गरेको कार्यमा देखा परेको विकृति र विसंगतिको कारणले गर्दा उक्त कबाडी कर खारेज गर्न उद्यमी व्यवसायीहरुबाट माग हुंदै आएको छ । यस सर्न्दर्भमा गत साल अर्थ मन्त्रालयका सचिव, स्थानीय विकास मन्त्रालयका सचिव, नेउवामहासंघका अध्यक्ष र वीउवासंघका अध्यक्ष समेतको उपस्थितिमा कबाडीको ठेक्का प्रथा र ढाँट राख्ने कार्य हटाउने निर्णय भएको थियो । र्सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप कार्य गर्ने मूलभूत उद्देश्य अनुसार गत आ.ब. देखि केही जि.वि.स.हरुले सोही अवधारणा अंगाली स्थानीय उद्योग वाणिज्य संघहरुसँग समन्वय गरी कबाडी कर असूल गर्दै आएका छन् । विवादस्पद रुपमा रहेको कबाडीकरको समस्यालाई आपसी समझदारीमा निराकरण गर्ने कुरामा वीउवासंघ सकारात्मक देखिन्छन् । तर समस्यालाई निराकरण गर्ने प्रयासलाई बेवास्ता गरिएमा कानूनी उपचार र संर्घष्ाको बाटो अपनाउन दृढ रहने कुरा वीउवासंघका अध्यक्ष ओमप्रक

यातना पीडितहरुका लागि उच्चायुक्तको भनाइ

काठमाडौं, ११ असार । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त नभी पिलेले यातना पीडितहरूकालागि अन्तर्राष्ट्रिय दिवसमा को अवसरमा  एक मन्तव्य जारी गर्नुभएको छ। आज एक प्रेस विज्ञप्ति जारी गरी उनले यातनाको निषेध अन्तर्राष्ट्रिय कानुनमा पाइने एउटा सबभन्दा निरपेक्ष विषय हो।यातनाविरूद्धको महासन्धि क्याट को धारा २ मा स्पष्ट भनिएको छस् ूजस्तोसुकै अपवादजन्य परिस्थितहरू जस्तै, युद्धको अवस्था वा युद्धको खतरा, आन्तरिक राजनीतिक अस्थिरता वा अन्य कुनै सार्वजनिक सङ्कटकालीन अवस्थालाई यातनाको औचित्य सिद्ध गर्ने रूपमा प्रयोग गर्न सकिने छैन।भन्नुभयो। उहांले कसैलाई पनि छुटकारा दिइनेछैन चाहे उनीहरू वास्तविक यातनकारीहरू हुन् वा चाहे नीति निर्माता वा सार्वजनिक पदाधिकारी जसले नीतिको परिभाषा गर्छन् वा आदेश दिन्छन्। उहांले सन् १९८४ मा पारित गरिएदेखि यताका २५ वर्षमा १४६ राष्ट्रहरूले - अर्को शब्दमा विश्वका तीन चौथाई देशहरूले - क्याट महासन्धिको अनुमोदन गरेका छन्।अरु धेरै सन्धिहरूको तुलनामा यो प्रभावकारी कुरा हो तर यो महासन्धिले प्रतिबन्ध लगाउन खोजेका अभ्यासहरूको अमानवीयताको आधारमा भने अप्रभाकारी नै हो।म अरु बढि राज

समाज सेवामा सक्रिय सामजिक संस्था जिल्ला समन्वय समिति

वीरगंज, ११ असार। २०५१ सालमा स्थापित ४० वटा गैरसरकारी संस्थाहरू सदस्य रहेको सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा विविध समाजसेवामा सक्रिय रहेको छ।  रामनरेशप्रसाद यादव अध्यक्ष रहनुभएको १२ सदस्यीय सामाजिक संस्थ जिल्ला समन्वय समिति पर्साले वाषिर्क झण्डै दुइ करोड बजेट खर्च गर्दै आइरहेको छ। समितिले युनिसेफ नेपाल, जागृत नेपाल, जिल्ला विकास समिति पर्सा, जिल्ला शिक्ष्ँा कार्यालय पर्सा, खानेपानी तथा सरसफाइ डिभिजन आदिसंग समन्वय गरी २२ वटा सदस्य संस्था र १८ वटा गैर सदस्य संस्थाहरूमार्फ विविध कार्यक्रम संचालन गरी पर्सावासीमा सेवा पुर्‍याउंदै आइरहेको छ।  ८२ वटा गाविस र एक उपमहानगरपालिका रहेको पर्सा जिल्लामा डकाव अर्न्तर्गत आकस्मिक सेवा कोष संचालन, सासु -बुहारी भेला, सामुदायिक परिचालिका क्ष्ँमता अभिवृद्धि तालिम, महिला-पुरूष सम विकास कार्यक्रम, अन्तर्रर्ााट्रय नारी दिवस, बच्चा तौल कार्यक्रम, समूह गठन, बचत तथा ऋण परिचालन, अध्यक्ष/मैनेजर भेला, बाल अधिकार, बाल केन्द्रीत शिक्ष्ँा कार्यक्रम, बाल विकास केन्द्र संचालन, एचआइभी, एडस कार्यक्रम, प्राथमिक विद्यालय सुधार योजना विद्यालय सरसफाइ कार्यक्रम, आदि स

माओवादीले देशलाई बन्दी बनाउन खोज्यो

काठमाडौं, ११ असार । संघीय मामला, संस्कृति, संविधानसभा तथा संसदीय व्यवस्थामन्त्री डा.मीनेन्द्र रिजालले एकीकृत नेकपा माओवादीले सदन अवरुद्ध गरेर देशलाई बन्दी बनाउन खोजेको आरोप लगाएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै माओवादी क्रियाकलाप नागरिक सर्वोच्चता खोस्न उद्धत रहेको आरोप लगाए। जनताको सर्वोच्च निकाय अवरुद्ध गरेर माओवादीले देशलाई बन्दी बनाउन खोजेको छ, मन्त्री रिजालले भने, नागरिक सर्वोच्चताको कुरा गर्ने अनि नागरिकको आवाज थुन्न खोज्ने कस्तो चाला हो - सदन अवरद्ध हुदा जनजिविकासम्बन्धि विषयहरु उठान हुन नसकिरहेको बताए । जनताको समस्या र समाधानको उपायका लागि बहसको थलो अवरुद्ध हुनुले थप संकट आउने बताए।

तीन पत्रकारको मुद्दा फिर्ता लिन प्रधानमन्त्री सकारात्मक

काठमाडौं, ११ असार । प्रधानमन्त्री माधव कुमार नेपालले सदन अवरुद्ध भएकोमा गम्भीरता व्यक्त गरेका छन्। माओवादीले सदन चल्न नदिएर देश र जनतामा देखिएको समस्याको बहसको थलोलाई रोकेको भन्दै भविष्यमा आउनसक्ने गम्भीर चुनौतीको जिम्मेवारी लिनुपर्ने बताए । शान्ति प्रक्रियालाई माओवादीले अवरोध पुर्याएको भन्दै उसको शान्ति प्रतिको प्रतिवद्धतामा शंका गर्नुपर्ने अवस्था आएको बताए । प्रधानमन्त्रीले रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहित पत्रकारहरु वीरेन्द्र केएम र रामशुभक महतोको मुद्दा फिर्ता लिन सकारात्मक भएको बताएका छन्। नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसंगको भेटमा उनले तीनैजना पत्रकारहरुलाई न्याय दिनुपर्नेमा आफू गम्भीर भएको बताएका हुन्। नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाको नेतृत्वमा गएको टोलीले पत्रकारको सुरक्षा र धमलासहित तीन पत्रकारको मुद्दा फिर्ता लिन आग्रह गरेको थियो । प्रधानमन्त्रीले पत्रकारको सुरक्षा र दण्डहीनताको अन्त्यका लागि गम्भीर भएको बताएका थिए। महासंघका अध्यक्ष झाका अनुसार पत्रकारहरुलाई नियोजित रुपमा फसाउन खोजिएको भनी महासंघका तर्फबाट प्रतिवेदन र्सार्वजनिक गरिसकिएकाले म

डिफेन्स आर्मीका दुइ कार्यकर्ता हतियारसहित पक्राउ

सर्लाही, ११ असार । तराइ डिफेन्स आर्मीको दुइ कार्यकर्तालाइ हतियारसहित प्रहरीले पक्राउ गरेको छ। गए राति २ बजे आर्मी सर्लाही तथा रौतहटका कमाण्डर भैरव राय यादव र बीरेन्द्र राय यादवले ठेकेदार दिलिप महतोसंग चन्दा माग्ने क्रममा प्रहरीले विशेष सुराकीको आधारमा उनीहरुलाई छटौल गाविस-७ बाट पक्राउ गरेको हो। दुवैको साथबाट नलकटुवा बन्दुक-१ थान, २ थान गोली र ना.४.प.४५१६ नं.को मोटरसाइकलसमेत बरामद गरेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।