Skip to main content

समाज सेवामा सक्रिय सामजिक संस्था जिल्ला समन्वय समिति

वीरगंज, ११ असार। २०५१ सालमा स्थापित ४० वटा गैरसरकारी संस्थाहरू सदस्य रहेको सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा विविध समाजसेवामा सक्रिय रहेको छ। 
रामनरेशप्रसाद यादव अध्यक्ष रहनुभएको १२ सदस्यीय सामाजिक संस्थ जिल्ला समन्वय समिति पर्साले वाषिर्क झण्डै दुइ करोड बजेट खर्च गर्दै आइरहेको छ। समितिले युनिसेफ नेपाल, जागृत नेपाल, जिल्ला विकास समिति पर्सा, जिल्ला शिक्ष्ँा कार्यालय पर्सा, खानेपानी तथा सरसफाइ डिभिजन आदिसंग समन्वय गरी २२ वटा सदस्य संस्था र १८ वटा गैर सदस्य संस्थाहरूमार्फ विविध कार्यक्रम संचालन गरी पर्सावासीमा सेवा पुर्‍याउंदै आइरहेको छ। 
८२ वटा गाविस र एक उपमहानगरपालिका रहेको पर्सा जिल्लामा डकाव अर्न्तर्गत आकस्मिक सेवा कोष संचालन, सासु -बुहारी भेला, सामुदायिक परिचालिका क्ष्ँमता अभिवृद्धि तालिम, महिला-पुरूष सम विकास कार्यक्रम, अन्तर्रर्ााट्रय नारी दिवस, बच्चा तौल कार्यक्रम, समूह गठन, बचत तथा ऋण परिचालन, अध्यक्ष/मैनेजर भेला, बाल अधिकार, बाल केन्द्रीत शिक्ष्ँा कार्यक्रम, बाल विकास केन्द्र संचालन, एचआइभी, एडस कार्यक्रम, प्राथमिक विद्यालय सुधार योजना विद्यालय सरसफाइ कार्यक्रम, आदि सासंजिसस 
-एनिजिओसीसी) पर्साको आधारभूत सिद्धान्त र आदर्शलाई आत्मसात गरी सामाजिक भावनाको माध्यमबाट सामाजिक सेवालाई स्थानीयस्तरसम्म पुर्‍याएको छ। 
सो समितिले दैवि प्रकोप, असहाय, गरिब, रोगी र पीडितहरूलाई सक्दो सहयोग र उद्धार गर्ने, सामुदायिक कार्य प्रक्रियामा जोड दिने, सरसफाइ तथा खानेपानीका कारण उत्पन्न हुने रोगहरूको प्रकोप न्यूनीकरण गर्ने कार्यक्रम, बालबालिका तथा महिला अधिकारको संरक्षण, महिला तथा पिछडिएका समूहहरूलाई गुणस्तरीय आधारभूत शिक्ष्ँामा पहुंच बढाउने, स्थानीय श्रोत साधन र जनशक्ति परिचालन गरी विविध सेवा तथा विकासमूलक कार्यक्रम अगाडि बढाउने, वातावरण संरक्षण, महिला सशक्तिकरण, भ्रष्टाचार निवारण, लैंगिक सचेतना कार्यक्रम, संस्थागत विकासका लागि क्षमता विकास, कार्यक्रम र गतिविधिहरूमा जिम्मेवारीपर्ूण्ा सहभागिता र स्वयंसेवक परिचालन आदि गर्ने ध्येय लिएको छ । यस समितिको १४ औं साधारणसभा भइसकेको छ। यस समितिले समाज सेवाको क्ष्ँेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका प्रभावकारी ढंगले निर्वाह गर्दै आइरहेको छ। 

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।