Skip to main content

Posts

Showing posts from October 15, 2009

शुभकामना कार्यक्रम सम्पन्न, महिला मुद्दाको चुनौती, छठ पूजा सुरक्ष्ँा उपसमिति गठन

वीरगंज, २९ असोज । किंग इंगलिस ल्याङवेज तथा कम्प्युटर टे्रनिङ सेन्टरले आज दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। टे्रनिङ सेन्टरमा आयोजित एक कार्यक्रमबीच विद्यार्थी र सेन्टरका एमडी गणेश ठकुरीले कार्यक्रममा शुभकामना मन्तव्य प्रकट गरेका थिए। महिला मुद्दाको चुनौती वीरगंज, २९ असोज । महिला मानव अधिकार रक्ष्ँकद्वारा महिला मुद्दाको चुनौतीको विषयमा एक दिने समन्वय बैठक दिव्य युवा क्लब पर्सामा आज सम्पन्न भयो। कार्यक्रममा महिलाहरुमाथि हुने दमन, घटना जस्ता कुराका बारेमा छलफल गरिएको थियो। छठ पूजा सुरक्ष्ँा उपसमिति गठन वीरगंज, २९ असोज । छठ पूजा व्यवस्थापन समिति प्रचार प्रसार उपसमिति घडीअर्वा पोखरी वीरगंजको आज सम्पन्न एक बैठकले दीलिप साह कानूको संयोजकत्वमा १०१ सदस्यीय सुरक्ष्ँा उपसमिति गठन गरिएको छ।

भोलि भव्य काग सम्मेलन

काठमाडौं, असोज २९। नारायणहिटी संग्राहालयमा भव्य काग सम्मेलन हुनेभएको छ। विश्वका एक सय ७५ चराको आवाज निकाल्ने सक्ने विश्वकिर्तिमानधारी चरी दादा गौतम सापकोटाले सम्मेलन गर्ने जानकारी गराएका हुन्। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सापकोटाले अपरान्ह ४ बजे नारायणहिटी संग्राहलयमा काग सम्मेलन गर्ने बताए। उनले भने,'अहिलेसम्मकै सबैभन्दा ठूलो काग सम्मेलन गर्दैछु।' सम्मेलनका लागि सरकारले स्वीकृती दिइसकेको छ। प्रत्येक वर्षकाग तिहारका दिन सम्मेलन गर्दै आएका उनले यसपटक अविष्मरणीय हुने बताए। काग सम्मेलनलाई देश विदेशबाट चासोका साथ प्रतिक्षा गरिएको छ। सम्मेलनको प्रमुख आयोजक एकान्तकुना युथ क्लब रहेको छ। सम्मेलनमा नेपाल पंक्षी संरक्षण संघ, रक्षा नेपाल, गोदावरी अल्मुनाइ एशोशिएसन, अलोहा इन, नेपाल बाल संगठन, एसबिआइ बैंक पाटन शाखा, रक्षाश्री वचत तथा ऋण, एड कोर्स, स्टेट बैंक अफ इण्डिया पाटन शाखा, हायर ब्राउन क्याफेलगायत प्रायोजक बनेका छन्। सम्मेलनप्रति चासो देखाउदै दर्जनौं संघसंस्था प्रायोजक बनेका हुन्।

मनोज हरलल्काको उपचारको क्रममा मृत्यु

बीरगन्ज,२९ असोज/ गोली प्रहारबाट घाइते भएका व्यापारी यहाँका ब्यापारी मनोज हरलल्काको उपचारको क्रममा मृत्यु भएको छ । मङ्गलबार राति सशस्त्र समुहको गोली प्रहारबाट गम्भिर घाइते भएका दुइ जना व्यापारी हरलल्काको आज बिहान काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान सवा दुई बजे आदर्शनगरका व्यापारी मनोज हरलल्काको मृत्यु भएको हो । उनलाई गएको मङगलबार राति पौने १० बजे बागड बिल्ला नामक अपराधिक समुहले गोली प्रहार गरेको थियो । त्यही राति सवा नौ बजे बीरगन्जको महावीर स्थानमा सशस्त्र समुहको गोली प्रहारबाट घाइते भएका अर्का व्यापारी राजु साह कानुको अहिले काठमाडौंकै शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भुवनेश्वर साहले जानकारी दिनु भएको छ ।

गाँजासहित एक युवक पक्राउ

बारा, २९ असोज/ काठमाडौँबाट सिन्धुलीतर्फजादैँ गरेको रात्री बसबाट ४० किलोग्राम गाँजासहित एक युवकलाई पथलैया प्रहरीले आज बिहान पक्राउ गरेको छ । ना२ख ८७४७ नम्बरको बसमा मकवानपुर डाडाँखर्क २ का ३० बर्षिय ललितबहादुर मोक्तानले लुकाइछिपाई ल्याएको ४० किलो गाँजा आज बिहान साढे दुइ बजे पक्राउ गरेको हो । आवश्यक कारबाहीका लागि बस र मोक्तानलाई पथलैया प्रहरी चौकीमा राखिएको छ ।

शिक्षामन्त्री कुशवाहाद्वारा २ करोडभन्दा बढी घुस संकलन

वीरगंज, २९ असोज। पर्सा, वीरगंज निवासी तराइ मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष एवं विदेशी कठपुतली संयुक्त गठबन्धनको नेपाल सरकारका शिक्षामन्त्री रामचन्द्र कुशवाहाले दुइ महिनाको अवधिमा सरूवा, बढुवा, नयां नियुक्ति, थमौती गर्दा दलालहरू लगाएर दुइ करोड भन्दा बढी घुस रकम संकलन गरेको शिक्षामन्त्रीजीको निकटतम स्रोतले रहस्योद्घाटन गरेको छ। जनक शिक्षा सामग्री केन्द्र लि.को महाप्रबन्धकको म्याद थपमा, सिटिभिटीको डाइरेक्टरको नयां नियुक्ति, केही जिल्लाका जिशिअहरूको सरूवा, शिक्षा मन्त्रालय अर्न्तर्गतको विभिन्न कार्यालय, विभिन्न निकायमा, विभिन्न विषयको स्वीकृति, निर्ण्र्ााआदि गर्दा खुलेयाम घुस मांगेर जगत हंसाएका छन्। खुलेयाम भ्रष्टाचार गरेर चर्चित भएका शिक्षामन्त्रीले संकलित घुस रकम मध्ये दशैं अघि पार्टी संचालनका लागि केही अगुवा कार्यकर्ताहरूलाई रकम बांड्नका लागि २५ लाख नजराना चढाएको पनि स्रोतको दाबी छ। शिक्षामन्त्री रामचन्द्र कुशवाहाको नाम लिएर काम मिलाइ दिन्छु, रकम खर्च गर्नुहोस् भनेर हिंड्ने मन्त्री कुशवाहाका परिवारका सदस्य र नातेदारहरू दलालका रूपमा १५ जनाभन्दा बढी परिचालित छन्