Skip to main content

Posts

Showing posts from July 18, 2009

छुराप्रहारबाट घाइते भएका देवानको मृत्यु

फलोअप, वीरगंज, ३ साउन । छुरा प्रहारबाट गम्भीर घाइते भएका झौवागुठी-९ मधुवन टोल निवासी १८ वर्षीय राजु देवानको आज नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। घाइते राजुलाई गए राति सोही ठाउं बस्ने इस्माइल मियाले व्यक्तिगत रिसइवी सांध्न पेटमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा आफताब देवानलाइ पक्राउ गरेको छ भने छुरा प्रहार गर्ने इस्माइल मियां फरार रहेका छन्।

वीरगंज-पथलैया सडकखण्ड सुचारु

वीरगंज, ३ साउन । ट्रक चालकलाइ कुटपिट गरेको विरोधमा यातायात व्यवसायीले अवरुद्ध गरेको वीरगंज-पथलैया सडकखण्ड सुचारु भएको छ। आज बिहान ना ३ ख ५८८६ नं.को ट्रकचालक रामकृष्ण दवाडी र ना ३ ख ३५८२ नं.को ट्रकचालक उमेश अर्याललाइ पथलैयाका युवाहरुले कुटपिट गरी जबरजस्ती रकम असूलेको आरोपमा यातायात व्यवसायीले पथलैयामा सडक अवरुद्ध गरेका थिए। पथलैया प्रहरी चौकीमा सर्वपक्षीय छलफलपछि घटनाको बारेमा छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमतिपछि सो सडकखण्ड सुचारु भएको हो।

संयुक्त राष्ट्रसङ्‍घद्वारा न्यायमार्फत् शान्ति परियोजनाको प्रारम्भ

काठमाडौं, ३ असार । संयुक्त राष्ट्रसङ्‍घीय शान्ति कोष नेपाल ९कोष०ले शान्ति प्रक्रियामा सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसङ्‍घीय निकायहरूमार्फत् संकेन्द्रित द्रुत रकम वितरण गरी सहयोग प्रदान गरेको छ। संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालले आज एक प्रेस विज्ञप्ति जारी गरी नेपालको विशिष्ट सङ्क्रमणकालीन आवश्यकताप्रति लचिलो प्रतिक्रिया उपलब्ध गराउने उद्देश्यले सो कोषको प्रारूपण गरिएको हो। आफ्नो स्थापनादेखि कोषले प्रमाणीकरण प्रक्रिया, शिविरहरूको सुदृढीकरण, निर्वाचन सहायता तथा विस्फोटक पदार्थ हटाउने कार्यमा योगदान पुर्‍याएको छ। नर्वे, संयुक्त अधिराज्य, डेनमार्क, क्यानाडा, स्विट्जरल्यान्डका सरकार तथा संयुक्त राष्ट्रसङ्‍घीय शान्ति निर्माण कोषले सो कोषमा लगानी गरेका छन्। विज्ञप्तिमा साउन ४ गते आइतबार, प्रस्तावित सत्य निरूपण तथा मेलमिलाप आयोगबारे शान्ति तथा पुनर्निर्माण मन्त्रालयद्वारा उदयपुरमा आयोजना गरिने परामर्शका अवसरमा संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल ९उच्चायुक्तको कार्यालय/नेपाल०ले सो कोषको लगानी रहेको आफ्नो ून्यायमार्फत् शान्तिू परियोजना

महासचिवको आठ अवलोकन

वीरगंज, ३ साउन । नेपालले शान्ति प्रक्रियामा सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसंघलाई गरेको अनुरोधका सम्बन्धमा महासचिवले आज प्रेषित गरेको प्रतिवेदनको अवलोकन अंश -५१. जनवरी २३ मा आप\mनो प्रस्ताव १८६४ -२००९) मार्फ सुरक्षा परिषद्ले नेपालबाट अन्मिन र्फकने वातावरण सहज बनाउन २५ जुन -२०६५ असार ११) को सम्झौताको कार्यान्वयनसहित यसै कार्यादेशको अन्त्यसम्ममा अन्मिनका गतिविधिको समापनका लागि अनुकुल अवस्थाको सिर्जना गर्न नेपाल सरकारलाई आग्रह गरेको थियो।तर खेदजनक रूपमा यो प्रतिवेदनमा विस्तारपर्ूवक उल्लेख गरिएको राजनीतिक सङ्कटका कारणले प्रव्रिmयालाई निक्कै विलम्ब गर्‍यो, र अन्मिनको गतिविधिको समापनको परिस्थिति सिर्जना हुन सकेन । ५२. शान्ति प्रव्रिmयाको अहिलेको चरणको दर्ुइ मुख्य काम माओवादी सेनाका सदस्यहरूको समायोजन र पुनर्स्थापना तथा नयाँ संविधानको निर्माण हो। यो वर्षो शुरूका तीन महिनामा प्रगतिको आशाजनक शङ्केतहरू देखिएका थिए र तिनले माओवादी सेनाका सदस्यहरूको भविष्य निर्धारणको काममा दलहरू अगाडि बढन थालेको सङ्केत देखिएको थियो । यो मुद्दामा भएको प्रगति अप्रिलको अन्त्य ताकादेखि ठप्प हुनाले यस संवेदनशील मुद्दा

बालश्रम शोषण बिरुद्धको सचेतना कार्यक्रम

हेटौडा, ३ साउन। हेटौडा नगरपालिका, सिविस नेपाल र बाल कल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा विधालय स्तरीय बालश्रम शोषणको विरुद्धको जनचेतना मूलक कार्यक्रम बाल कल्याण समाजका संयोजक प्रकाश खतिवडा र सामाजिक कार्यकर्ता बिर बहादुर थापाको प्रशिक्षणमा सम्पन्न भयो। उक्त कार्यक्रम श्रमिक मा.वि, .रिलायन्स इंगलीस वोर्डिङ स्कुल, सिर्द्धार्थ उ.मा.वि.र जिं.एस.निकेतन इंगलीस वोर्डिङ स्कुलमा सम्पन्न भएको थियो। बाल अधिकार, वालश्रम, घरेलु वालश्रम वाल दर्ुर्व्यवहार, वाल संरक्षण, भय रहित सिकाई, वालवालिका सम्वन्धि ऐन २०४८, वालवालिका सम्वन्धि नियमावली २०५१ ,वालश्रम -निषेध र नियमित गर्ने ) ऐन २०५६ को वारेमा सहजिकरण गरिएको थियो। कार्यक्रम पश्चात बिधार्थीहरुले बाल अधिकारको माग साथै कर्तब्य पालनामा समेत ध्यान दिने बताउदै बाल श्रम-शोषण अन्त्यको अभियानमा आफुहरु कृयाशिल हुने प्रतिबद्धता ब्यक्त गर्दै दौतरी साथीभाई र घरपरिवारलाई समेत अभ्रि्रेरित गर्दै बालश्रम शोषण अन्त्यका लागि सामुहिक रुपमा प्रतिवद्धता जाहेर गर्दै विधालयका छात्र छात्राहरुले हस्ताक्षर गरेका छन्। कार्यक्रममा बिभिन्न बिधालयमा छात्रा ७० र

दी बोस टप टेन एक्सिलेन्सी अवार्ड वितरण

काठमाडौं, साउन ३। बोस म्यागजिनले टप टेन एक्सेलेन्सि अवार्ड तिवरण गरेको छ। हिजो राति राजधानीमा आयोजित विशेष कार्यक्रममा आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई अवार्ड वितरण गरेको हो। छैंठौंपटक वितरण गरिएको अवार्डअर्न्तगत होटल द्वारिकाजकी अध्यक्ष अम्बिकाकी श्रेष्ठलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। उनलाई पर्यटन व्यवसायमा योगदान दिएकोमा अवार्ड प्रदान गरिएको हो। सभासद समेत रहेका उद्योगी राजेन्द्र खेतान पनि पुरस्कृत भएका थिए। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष एवं पत्रकार ऋषि धमलालाई पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत सम्मान गरिएको छ। सम्मान पाउनेहरुमा आर्थिक क्षेत्रमा योगदान दिने जितेन्द्र राजभण्डारी र रञ्जीत आचार्य छन्। आर्थिक क्षेत्रमा सक्रिय अनिल चित्रकार, प्रतुश आचार्य र मीनबहादुर गुरुङसमेत पुरस्कृत भएका छन्। वाणिज्यशास्त्रका तीन उत्कृष्ट विद्यार्थीहरु रेश्मा सरिया, परिक्षा पोखरेल र सलोनी अग्रवाललाई पनि अवार्ड दिइएको छ। कार्यक्रममा बोस म्यागजीनकी कर्पोरेट एसोसिएट चारु चड्डाले मन्तव्य दिएकी थिइन्। बोसले प्रत्येक वर

तिलगंगामा महायज्ञ

काठमाडौं, साउन ३। तिलगंगा अस्पतालमा रहेको शान्ति सेवा गृहका लागि सहयोग संकलनका लागि गोशालामा महायज्ञ शुरु भएको छ। हिजोबाट शुरु भएको महायज्ञमा पण्डित दिनबन्धु पोखरेल पुराण वाचक छन्। महायज्ञको दिन रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला विशेष अतिथिका रुपमा सहभागी भए। उनले दिनदुःखीको सहयोगका लागि सबै खुलेर लाग्नुपर्ने बताए। अस्पताल गृहका लागि सहयोग जुटाउन गरिएको महान कार्यको प्रशंशा गर्दै धार्मिक क्षेत्रबाट सामाजिक र आर्थिक विकासमा योगदान दिनसकिने बताए। मन, वचन र कर्मले सहयोग गरेर पुण्य कमाउन आग्रह समेत गरे।

प्रगतिशील भोजपुरी साहित्य परिषदको काव्य गोष्ठी

वीरगंज, ३ साउन । प्रगतिशील भोजपुरी साहित्य परिषद पर्साले १७ औं काव्यगोष्ठी सम्पन्न गरेको छ। वीरगंजको घण्टाघरमा आयोजित सो कार्यक्रममा मनोज पटेल, प्रभात काव्ययात्राका अरुण विक्रम शाह, क्रियाशील युवा पत्रकार मंच पर्साका अध्यक्ष प्रणय कुमार, प्रेम सर्राफ लगायतको सहभागिता थियो, सो कार्यक्रम परिषदका अध्यक्ष धु्रवलाल सास्तीको अध्यक्षतामा सम्पन्न भएको थियो।

तीनजना लफंगा पक्राउ

धनुषा, ३ साउन । रातिको समयमा होहल्ला गर्ने तीनजना लफंगालाइ प्रहरीले पक्राउ गरेको छ। गए राति धनुषाको विन्दी-१ स्थित नयां बसपार्कमा प्रहरीमाथि नै ढुंगामुढा गर्ने तीनजनालाइ दुइ राउण्ड हवाइ फायर गरेर नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरुको नाम खुलाएको छैन।

नेपाल-भारतको मितेरी पुल तल युवकको शव

वीरगंज, ३ साउन । नेपाल-भारतको मितेरी पुलमुनि एक व्यक्तिको शव फेला परेको छ। हिजो सांझ वीरगंज-रक्सौलको सिमानामा रहेको मितेरी पुलको झाडीमा नाम, वतन नखुलेको करिब २५ वर्षो एक युवक मृत अवस्थामा फेला परेको छ। हातमा राकेश लेखिएको लागू औषध दर्ुर्व्यसनीजस्तो देखिने सो युवकको शव नाउक्षे अस्पतालमा राखिएको छ।

बारा र महोत्तरीमा दुर्घटनामा परी दुइजनाको मृत्यु

वीरगंज, ३ साउन । बारा र महोत्तरीमा सडक दुर्घटनामा परी दुइजनाको मृत्यु भएको छ। आज बिहान ३ः१५ बजे बारा, निजगढ नजिकै ना.३ ख ५७८५ नं.को ट्रकलाइ ना.३ ख ६२८२ नं.को बसले ठक्कर दिंदा ट्रकको हेल्पर मकवानपुर पदमपोखरी बस्ने २१ वर्षीय पेम्बा लामाको घटनास्थलमा नै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको स्थानीय मेडिकलमा र ३ जनाको ना.उ.क्षे.अस्पताल वीरगंजमा उपचार भइरहेको छ। यसैगरी आज बिहान ४ः१५ बजे महोत्तरी, माइस्थान-८ स्थित ढुंग्रे पुल नजिक ना.३ ख ५५५५ नं.को बस दुर्घटना हुंदा बसको हेल्पर ३० वर्षीय मुकेश कार्कीलाइ सोही बसले च्याप्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

छुरा प्रहारबाट एक युवक गम्भीर घाइते

वीरगंज, ३ साउन । पुरानो रिसइवी सांध्न छिमेकीको छुरा प्रहारबाट पर्सामा एक युवक गम्भीर घाइते भएका छन्। गए राति १०ः३० बजे झौवागुठी-९ मधुवन टोल निवासी १८ वर्षीय राजु देवानलाई सोही ठाउं बस्ने इस्माइल मियाले पेटमा छुरा प्रहार गरेका हुन्। घाइते देवानको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने मियांको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

चीनमा मोबाइल सम्मेलन

भक्तपुर, ३ साउन। आगामी अक्टोवरमा चीनको संघाइमा अन्तराष्ट्रिय मोबाइल सम्मेलन हुने भएको छ। सो सम्मेलनमा नेपालीहरुको प्रतिनिधित्व गर्दै भक्तपुर चोछे घर भएकी रोजा किरण बासुकलाले सहभागिता जनाउने आयोजक संस्थाले हरीत समूहलाइ जानकारी गराएको छ। सम्मलेन अक्टोवर १२ देखि १४ तारिखसम्म हुन लागेको हो। बासुकला कोरियाली बिश्वबिद्यालयमा अनुसन्धानरत छन्। त्यहां स्थित चोसुन बिश्वबिद्यालयको सूचना तथा सञ्चार बिभागमा बासुकलाले २०६४ सालदेखि अनुसन्धान कार्यमा सग्लग्न हुंदै आएका छन्। उसले सम्मेलनमा घरेलु नेर्टवर्कमा गुणस्तरीय सेवाको सुनिश्चिता बिषयमा कार्यपत्र प्रस्तुत गर्ने सम्मेलन आयोजक डेलसन गु्रपले जनाएको छ। डेलसनले सन २०२० सम्ममा चीनलाई ताररहित सञ्चार तथा मोबाइलको क्षेत्रमा बिश्वको मुख्य केन्द्र बनाउने लक्ष्य राखेको छ। यही लक्ष्य हासिल गर्न डेलसनले सन २००४ देखि नै बिश्वका चलन चल्तीमा रहेका सुचना सञ्चार क्षेत्रका बिज्ञ तथा अनुसन्धाकर्ताहरुको सहभागितामा हरेक बर्षसम्मेलन गर्दै आएको छ। सम्मेलन मा ४जी मोबाइलको बारेमा ब्यापक छलफल हुने भएको छ। सम्मेलनमा मोटोरोला, नोकिया, एलजी, सामसुङ आदिका कानुनबिज्ञ, अन

भारतको कारण बारा, पर्सा, रौतहटका कृषक सिंचाइबाट वञ्चित

वीरगंज, ३ साउन । ४ डिसेम्बर १९५९ मा नेपाल-भारत बीच भएको गण्डक संझौता अनुरूप नारायणी नदीको सम्पूणर्ण पानी भारतले कब्जामा लिइ नेपालको तराइको बारा, पर्सा र रौतहटका कृषकहरूको खेतमा सिंचाइका लागि छोड्ने भनिएको ८५० क्यूसेक पानी यसपालिको यस डरलाग्दो खडेरीका बेलामा पनि नछाडेर भारत सरकार, गण्डक प्रोजेक्ट, दोन नहर डिभिजनले ठूलो अपराध गरेको छ। बाल्मिकी नगरबाट सुरू भएको गण्डक प्रोजक्टको दोन नहरको क्षमता २५०० क्यूसेकको छ। ९२ किमी लामो दोन शाखा नहरको अन्तिम विन्दूबाट नेपाल पर्ूर्वी नहर -गण्डक नहर) मा ८५० क्यूसेक -२४.१ क्यूमेक) पानी बारा, पर्सा र रौतहटको ३७,४०० हेक्टर कमाण्ड क्षेत्रमा सिंचाइका लागि छाड्नुपर्ने सम्झौता भएको हो। हाल दोन नहरमा १२०० क्यूसेक पानी छाडेको र सो पानी पनि भारतीय कृषकहरूले नेपालको तराइको भूभागमा आउनै नसक्ने गरी नहर बन्द गरी आ-आफनो खेतमा सिंचाइ गरिरहेका छन्। नेपाललाई भारतले दिनुपर्ने ८५० क्यूसेक पानीमध्ये २५० क्यूसेक पानी मात्र केही हप्ताअघि छाडेकोमा सो पानी पनि एकाएक भारतीय कृषकहरूले रोकेबाट नेपालको नारायणी सिंचाइ व्यवस्थापन डिभिजन ५ अर्न्तर्गत रहेको गण्डक नहरमा पानी