काठमाडौं, साउन ३। बोस म्यागजिनले टप टेन एक्सेलेन्सि अवार्ड तिवरण गरेको छ। हिजो राति राजधानीमा आयोजित विशेष कार्यक्रममा आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्तित्वहरुलाई अवार्ड वितरण गरेको हो।
छैंठौंपटक वितरण गरिएको अवार्डअर्न्तगत होटल द्वारिकाजकी अध्यक्ष अम्बिकाकी श्रेष्ठलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। उनलाई पर्यटन व्यवसायमा योगदान दिएकोमा अवार्ड प्रदान गरिएको हो।
सभासद समेत रहेका उद्योगी राजेन्द्र खेतान पनि पुरस्कृत भएका थिए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष एवं पत्रकार ऋषि धमलालाई पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत सम्मान गरिएको छ। सम्मान पाउनेहरुमा आर्थिक क्षेत्रमा योगदान दिने जितेन्द्र राजभण्डारी र रञ्जीत आचार्य छन्।
आर्थिक क्षेत्रमा सक्रिय अनिल चित्रकार, प्रतुश आचार्य र मीनबहादुर गुरुङसमेत पुरस्कृत भएका छन्। वाणिज्यशास्त्रका तीन उत्कृष्ट विद्यार्थीहरु रेश्मा सरिया, परिक्षा पोखरेल र सलोनी अग्रवाललाई पनि अवार्ड दिइएको छ।
कार्यक्रममा बोस म्यागजीनकी कर्पोरेट एसोसिएट चारु चड्डाले मन्तव्य दिएकी थिइन्। बोसले प्रत्येक वर्ष आर्थिक र सामाजिक क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई पुरस्कृत गर्दैआएको छ।

Comments
Post a Comment