Skip to main content

Posts

Showing posts from October 28, 2009

आन्दोलनमा उत्रेका मेडिकल क्लेजका कर्मचारी र क्लेजका ब्यवस्थापन बीच श्रम मन्त्रालयमा बार्ता

-प्रणय कुमार बीरगंज ११ कार्त्तिक। लामो समय देखि आन्दोलनमा उत्रेका नेशनल मेडिकल क्लेजका कर्मचारीहरु र क्लेजका ब्यवस्थापन बीच आज श्रम मन्त्रालयमा बार्ता भईरहेको छ। बार्ताका लागि नेशनल मेडिकल क्लेजका ब्यवस्थापन तर्फाट बितिय निर्देशक योगेन्द्र यादवले नेतृत्व गर्नु भएको छ। यसै गरि कार्मचारी युनियनको तर्फाट संजिव यादवको नेतृत्वमा रमेश भट्टर्राई, सरिता अधिकारी, राजेन्द्र भट्टर्राई, सुभ नारायण दास सहभागि हुनु हुन्छ। बार्तामा मधेश कर्ताको रुपमा क्लेज ब्यवस्थापनका प्रमुख श्रम बिभागका महा निर्देशक, श्रम बिभागका कर्मचारीहरुको पनि सहभागिता रहेको छ। साथै सहज कर्ताको रुपमा अखिल नेपाल ट्रड युनियन महासंघका महासचिव गणेश रेग्मी, उपाध्यक्ष मिन प्रसाद चापागाई, पर्सा जिल्ला संयोजक हरि प्रसाद मण्डल, जिफण्टका हरि प्रसाद जोसी, आन्नद थामी, ट्रड युनियन कांगेस बाराका अध्यक्ष पुलिस यादव, नेशनल मेडिकल क्लेजका क्लेजका वयवस्थापनले निशकासीत गरिएको तीन जान कर्मचारीको पुनरबहाली, बिगतमा भएका सहमति कार्यन्वयनको माग गर्दै अखिल नेपाल स्वासथ्य श्रमिक संघको आहवानमा कलेजका स्वासथय कर्मीहरुले गत श्रावण १६ गते देखि आन्दोलन गर्दै

दुव्यवहार गरेको बिरोधमा कयामपसहरुको पठन पाठनहरु ठप्प

बीरगंज ११ कार्त्तिक। एकिकृत नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादीका कार्यकर्ताहरुले हिजो तरुण दलको स्थापना दिवस मनाउन चितवन पुगेका कांग्रेसका बरिष्ट नेता एवम पर्ूव प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका सभासदहरु संग दुव्यवहार गरेको बिरोधमा नेबिसघका कार्यकार्ताहरुले आज बीरगंमा पर््रदशन गरि कयामपसहरुको पठन पाठनहरु ठप्प बनाएका छन। नेपाल बिधार्थी संघ र स्वतन्त्र बिधार्थी युनियनको आहवानमा बिधार्थीहरुले आज दिउँसो ठाकुराम बहुमुखि क्यामपसबाट निकालीएको जुलुस नगर पर्रि्रमा गरेको थियो। नगर पर्रि्रमा पशचात माईस्थानमा आयोजित कोण सभालाई नेपाल बिधार्थी संघका नबिन सिंह र स्वतन्त्र बिधार्थी युनियनका सभापति मुकेस दुवेदीले संबोधन गर्नुभएका थिए। बिधार्थीहरुले माईस्थान चौकमा आधा घण्टा चक्का जाम समेत गरेका थिए।

ग्यांस सिलिण्डर पडकिएर महिला गम्भीर, आत्महत्याको प्रयास

वीरगंज, ११ कार्तिक । खाना पकाउने क्रममा ग्यांस सिलिण्डर पडकिएर एक महिला गम्भीर घाइते भएकी छन्। गए राति १० बजे वीरगंज उपमहानगरपालिका वडा नं. ३ निवासी जैकी खड्काको पत्नी २० वर्षीया सुस्मीता खड्काले खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर पडकिदा गम्भीर घाइते भएकी हुन्। उनको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ । यसैगरी गए राति पर्साको डोकैला-४ बस्ने शम्भु प्रसाद यादवको छोरा २० वर्षीय बिसुन प्रसाद यादवले नाम नखुलेको बिषादी सेवन गरेपछि सिकिस्त भएका छन्। उनको भारतको डंकन अस्पतालमा उपचार भइरहेको छ।

माइक्रोबस पल्टिदा चारजना घाइते

मकवानपुर, ११ कार्तिक । त्रिभुवन राजपथको नामटार-३ चिलगैरी नजिकै आज बिहान सिराहाबाट काठमाण्डौ तर्फजांदै गरेको ना.१ज २५३९ नं.को माईक्रोबस आफै पल्टिदा ४ जना र्घाईते भएका छन्। घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

माओवादी र वाइसिएलद्वारा मकवानपुर र महोत्तरीमा सडक अवरुद्ध

हेटौडा, ११ कार्तिक । माओवादी सरकारको पालामा नियुक्ति भएको शान्ति सचिवलाई वर्तमान सरकारले खारेज गर्न लागेको बिरोधमा वाइसिएलले विरोध पर््रदर्शन गर्दै क्षेत्रीय प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन्। आज बिहान माओवादीको भातृ संगठन वाइसिएलका जिल्ला अध्यक्ष बालकृष्ण चौलगाईको नेतृत्वमा ५०/६० जनाले विरोध पर््रदर्शन गर्दै धर्ना दिएका हुन्। यसैगरी एकिकृत ने.क.पा.माओवादी, त.म.लो.पा.र सदभावनाद्धारा श्रीप्रसाद उ.मा.वि.औरही महोत्तरीमा बिद्यालय व्यवस्थापन समितिको बिषयलाई लिएर आज बिहान गौशाला-बर्दिवास सडक खण्ड अवरोध गरेका छन्।

माछाको विषयमा झडप, ८ राउन्ड गोली प्रहार

बारा, ११ कार्तिक । माछा पोखरीमा माछा मार्ने विषयमा ठेकेदार र स्थानीयवासीबीच झडप हुंदा तीन प्रहरी घाइते भएका छन्। आज बिहान कचोर्वा-९ स्थित झरोखर पोखरीमा माछा मार्ने बिषयमा दुवै पक्षबीच झडप भएपछि प्रहरीले नियन्त्रणमा लिन ८ राउण्ड हवाइ फायर गरेको थियो। झडपमा प्रहरी निरीक्ष्ँक कमलेश कुमार भट्ट लगायत दुइ प्रहरी घाइते भएका छन्। घाइते प्रहरीको स्थानीय हेल्थपोष्टमा उपचार भइरहेको छ।

प्ररायूको मांग

बारा, ११ कातिक। नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटि बाराले बीरगंज - पथलैया त्रिभुवन राजमार्ग अर्न्तगत बाराको जितपुरमा हिजो भएको सडक दर्ुघटनामा परी असामयिक निधन भएका परिवारलाई उचित क्षतिपर्ुर्ति दिनुका साथै दोषीलाई कानुनी कारवाही गर्न नेपाल सरकारसंग माग गरेको छ। प्ररायु संघ नेपाल जिल्ला कमिटि बाराका सदस्य एवं प्रचार प्रसार बिभाग प्रमुख सुभाषप्रसाद साहद्वारा आज जारी एक प्रेस बिज्ञप्तिमा यस्तो माग गरिएको हो। संघका जिल्ला कमिटि सदस्य एवं युवा परिचालन बिभागका प्रमुख तारकेश्वर साहका कान्छा भाई दिलिप सराफ र जितपुर-३ निवासी बिनोद साहको दर्ुघटनामा परी असामयिक निधन भएकोमा संघ दुखित भएको छ साथै मृत्यकको चिर शान्तिको कामना गर्दै शोक सन्तृप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दै यस दुःखद घडीमा शोकलाई शक्तिमा परिणत गर्नर् इश्वरले शक्ति प्रदान गरुन भनि कामना गरिएको बिज्ञप्तिमार्फ जनाईएको छ। साथै सोहि दर्ुघटना परी गम्भिर र्घाईते भई उपचारको क्रममा रहेका रबिमहत क्षेत्रीको श्रि्र स्वास्थ्य लाभको कामना गरिएको छ।

माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको संयुक्त सरकार गठन गरिछाड्छौं-प्रकाश

काठमाडौं, कात्तिक ११। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो दलको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राष्ट्रिय संयुक्त सरकार गठनलाई पनि उद्देश्य बनाएर संर्घष्ामा जाने निर्याण् गरिएको बताए। 'जनआन्दोलनको लक्ष्य पूरा गर्न माओवादी नेतृत्वको सरकार अनिवार्य छ,' प्रकाशले भने,र्'वर्तमान सरकार नागरिक सर्वोच्चतालाई कुल्चेर निर्माण भएकाले यसको विस्थापन अनिवार्य छ।' आफूहरु सहमतिका लागि हदैसम्म लचिलो हुदाहुदै नेपाली कांग्रेस र नेकपा एमाले जिम्मेवारी नबन्दा आन्दोलन अगाडि बढाउन वाध्य भएको बताए। आन्दोलनले मुलुकमा उथलपुथल ल्याउने दाबी गरे। वर्तमान सरकार कुनै हालतमा टिक्न नसक्ने दाबी गर्दै सहमतिका साथ विस्थापितको बाटो खोज्न आग्रह गरे। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले सहमतिका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताए। अझै चार दिन बाँकी भएकाले झीनो आशा रहेको बताए। उनले भने,'हामी सहमति बनोस् भनेर लागेका छौं।' नाग

स्वायत्त शेर्पा प्रदेश नबने कडा आन्दोलनको चेतावनी

काठमाडौं , कात्तिक ११ । नेपाल शेर्पा संघले स्वायत्त शेर्पा प्रदेशको सुनिश्चितता नभए कडा आन्दोलनको चेतावनी दिएको छ । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पृथक भाषा र संस्कृतिसहित भिन्न भूगोलमा रहेका शेर्पाहरुको अधिकारसहितको प्रदेश निर्माणको माग गरेको हो । संघका अध्यक्ष पेमा छिरी शेर्पाले ताप्लेजुङको कञ्चनजंघा हिमाल देखि पश्चिमको गणेश हिमाल सम्मको भूगोललाई जातीय आधारमा शेर्पा स्वायत्त प्रदेश स्थापना गर्नुपर्ने बताए । प्रदेश निर्माणका लागि सम्पूर्ण राजनीतिक दलहरुलाई ज्ञापनपत्र दिने , शेर्पा समुदायको महान चाड च्छोखोरलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिलाउन आवश्यक कदम चाल्ने बताए । माग पूरा गर्न शेर्पा स्वायत्त प्रदेशभित्र पर्ने सम्पूर्ण जिल्लाहरुमा दबाबमूलक कार्यक्रम थालनी गर्ने बताए । यसैगरी संघको चौंथो महाधिवेशनले पेमा शेर्पाको अध्यक्षतामा ५७ सदस्यीय कार्यसमिति चयन गरेको जानकारी गराइयो । जसमा लाक्पा ठिलेन शेर्पा वरिष्ठ उपाध्यक्ष , दोर्जी जाङबु लामा उपाध्यक्ष , गेल्जे लामा शेर्पा उपाध्यक्ष , प्रि लाक्पा शेर्पा उपाध्यक्षलगायत छन् ।

गोरखधन्दा गरेको आशंकामा भारतीय डाक्टर दास पक्राउ

वीरगंज, ११ कार्तिक। नेपाल सेवाश्रम संघ अशोकवाटिका वीरगंजका संचालक भारत, कलकत्ता पश्चिम बंगाल निवासी ४५ वषर्ीय होमियोपेथिक डाक्टर एस.के. दास -शान्तिकुमार दास) अहिले पर्सा प्रहरीको हिरासतमा छन्। उनलाई पर्सा प्रहरीले नेपाल सेवाश्रम संघ अशोकवाटिका वीरगंजमा रहेका ११ जना बालकहरूलाई मानसिक, शारिरीक यातनाका साथै यौन शोषण गरेको र ती सवै ११ जना बालकहरू आइतवारदेखि सो संघबाट बेपत्ता पारिएको समाचार र्सार्वजनिक भए लगत्तै सोमवार राति अनुसन्धानको क्रममा हिरासतमा लिइएको छ। डा. दासको पृष्ठभूमि हर्ेदा उनी एउटा अविवाहित पुरूष हुन्। १२ वर्ष अघि होमियोपैथिक डाक्टर बने तापनि उनले अहिलेसम्म कुनै पनि क्लिनिक संचालन गरेका छैनन् र डाक्टर भइसकेपछि दासले सामाजिक कार्य गर्ने उद्देश्यले नेपाल सेवाश्रम संघ केन्द्रीय कार्यालय काठमाडौंमार्फ सेवा गर्दै आइरहेका छन्। सेवाश्रमका केन्द्रीय संचालक स्वामी संजयजी महाराजको आदेशमा विगत १८ महिनादेखि वीरगंजमा सेवारत डा. दास लगायत नेपाल सेवाश्रम संघ वीरगंजको कार्यसमितिमा कतिजना सदस्य छन् सो समेत थाहा नभएको बताउने संचालक डा. दासले आदर्शनगर निवासी डी. के. बनर्जी र डा. विश्वम्भर शर

माओवादी आक्रमणको डटेर सामना गर्र्छौं-ऊर्जामन्त्री महत

काठमाडौं, कात्तिक ११। ऊर्जामन्त्री डा.प्रकाशशरण महतले एकीकृत नेकपा माओवादीको आक्रमणको डटेर सामना गरिने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै जनतालाई दुःख दिने काम जो कसैबाट भएमा चुप लागेर नबस्ने बताए। माओवादीले भनेको आन्दोलनले जनतालाई दुःख मात्र दिने बताए। उनले भने,'सरकार शान्तिसुरक्षा कायम गर्न र जनतालाई अप्ठ्यारोमा पर्न नदिन लोकतान्त्रिक ढंगबाट आवश्यक कदम चाल्न तयार छ।' माओवादीले हिंसाको बाटो लिन खोजेको टिप्पणी गरे। कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवामाथि चितवनमा हिजो गरिएको आक्रमणले गम्भीर आशंका उब्जाएको बताए। उनले भने,'माओवादी हिंसाको बाटो अपनाउदैछन्, यसले लोकतन्त्रवादीलाई गम्भीर आशंका उब्जाएको छ।' लोकतन्त्रमा हिंसाले स्थान नपाउने भन्दै जनताले त्यसको कडा प्रतिवाद गर्ने बताए। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै सदनबाटै बजेट पारित गर्ने बताए। माओवादीले सदन अवरुद्ध नछाडेपनि कुनैपनि हालतमा सदनबाट बजेट पारित गरिछाड्ने दाबी गरेका हुन्। 'माओवादीले सदन अवरुद्ध पारेपनि सदनबाटै बजेट पारित गर्ने