Skip to main content

माओवादी आक्रमणको डटेर सामना गर्र्छौं-ऊर्जामन्त्री महत

काठमाडौं, कात्तिक ११। ऊर्जामन्त्री डा.प्रकाशशरण महतले एकीकृत नेकपा माओवादीको आक्रमणको डटेर सामना गरिने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै जनतालाई दुःख दिने काम जो कसैबाट भएमा चुप लागेर नबस्ने बताए।
माओवादीले भनेको आन्दोलनले जनतालाई दुःख मात्र दिने बताए। उनले भने,'सरकार शान्तिसुरक्षा कायम गर्न र जनतालाई अप्ठ्यारोमा पर्न नदिन लोकतान्त्रिक ढंगबाट आवश्यक कदम चाल्न तयार छ।' माओवादीले हिंसाको बाटो लिन खोजेको टिप्पणी गरे। कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवामाथि चितवनमा हिजो गरिएको आक्रमणले गम्भीर आशंका उब्जाएको बताए। उनले भने,'माओवादी हिंसाको बाटो अपनाउदैछन्, यसले लोकतन्त्रवादीलाई गम्भीर आशंका उब्जाएको छ।' लोकतन्त्रमा हिंसाले स्थान नपाउने भन्दै जनताले त्यसको कडा प्रतिवाद गर्ने बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै सदनबाटै बजेट पारित गर्ने बताए। माओवादीले सदन अवरुद्ध नछाडेपनि कुनैपनि हालतमा सदनबाट बजेट पारित गरिछाड्ने दाबी गरेका हुन्। 'माओवादीले सदन अवरुद्ध पारेपनि सदनबाटै बजेट पारित गर्नेछौं,' महतले भने,'ध्वनी मतबाटै बजेट पारित गर्र्छौं।' माओवादीलाई भरसक सहमतिमा ल्याउन प्रयत्न गर्ने नभएपनि लोकतान्त्रिक ढंगबाट बजेट पारित गरिने बताए। माओवादीले अलोकतान्त्रिक चरित्र देखाएर मुलुकलाई अनिर्याण्को बन्दी बनाउन खोजेको आरोप लगाउदै कडा रुपमा प्रस्तुत हुन वाध्य हुने चेतावनी दिए। माओवादीले डर, धाक, धम्कीको प्रवृत्ति नत्यागेको आरोप लगाए।
माओवादी आन्दोलनको कुनै तुक नरहेको बताए। जनतालाई दुःख पुग्नेबाहेक माओवादीले केही नगरेको आरोप लगाए। उनले भने,'नागरिक सर्वोच्चताका नाममा नागरिकलाई दुःख दिनेगरी माओवादीले आन्दोलन गर्दैछ।' माओवादी एकलौटी सत्ता संचालनका लागि अगाडि बढेको आरोप लगाए। सत्ता परिवर्तनका लागि विधिसम्मत ढंगबाट आउन चुनौती दिए। अहिले आन्दोलन नभई सहमतिका साथ संविधान निर्माण गर्ने बेला हो भन्दै सरकार गम्भीर भएको बताए।
रिपोर्र्टर्स क्लब नेपालमा अध्यक्ष ऋषि धमलाले दलहरु सहमतिका साथ संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए। देशलाई स्थायित्व दिन संविधान निर्माण गरी शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनुपर्ने भन्दै जिम्मेवार हुन आग्रह गरे।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।