Skip to main content

Posts

Showing posts from January 29, 2010

हांडिखोलामा वडास्तरीय कार्यक्रम

खेम बोलखे हेटौंडा, १५ माघ। मानव बेचबिखन विरुद्ध हिमराइट्स/प्लान अभियान अन्तरगत हाँडिखोला गाविसको २ वटा वडामा मानव बेचबिखन विरुद्ध तथा सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी वडा स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। हाँडिखोला गाविस वडा नम्बर १ गोगनपानी र वडा नम्बर ६ हाँडिखोलामा कार्यक्रम सम्पन्न भएको हो। गोगनपानीमा आयोजित कार्यक्रममा स्थानीय ४१ जना महिनाहरुको सहभागिता रहेको थियो। कार्यक्रममा हिमराइट्स मकवानपुरका कार्यक्रम अधिकृत खेम बोलखे र हिमराइट्स निगरानी समूह हाँडिखोलाकी संयोजक अम्बिका पौडेलले सहजीकरण गर्नु भएको थियो। कार्यक्रममा प्लान नेपालकी विकास संयोजक कमला लामा र कोसान नेपालकी दुदुमाया स्याङ्तानले मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रममा सहभागिहरुले यस्तो कार्यक्रममा युवतिहरुलाई बढी मात्रामा सहभागी गराइनु पर्ने बताउनु भएको थियो। त्यसैगरी हाँडिखोलामा आयोजित कार्यक्रममा वडा नम्बर ५ र ६ का गरी ३६ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा हिमराइट्स मकवानपुरका कार्यक्रम अधिकृत खेम बोलखे र हिमराइट्स निगरानी समूह हाँडिखोलाकी संयोजक अम्बिका पौडेलले सहजीकरण गर्नु भएको थियो।

माओवादीलाई उपप्रधानमन्त्री दिन तयार छौं ः सुजाता

बुटवल, माघ १5। उपप्रधान एवं परराष्ट्र मन्त्री सुजाता कोइरालाले अहिले मुलुकमा माओवादी नेतृत्वको सरकार बन्ने नसक्ने ठोकुवा गरेकी छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी अञ्चल शाखाले गरेको साक्षात्कार कार्यक्रममा मन्त्री कोइरालाले माओवादीलाई वर्तमान सरकारमा आउन आहृवान गरिन्। उनले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई माओवादीले आधिकारिक रुपमा प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताइन्। 'गिरिजाबाबुलाई माओवादीले आधिकारिक रुपमा प्रधानमन्त्रीको प्रस्ताव गरेकै छैन,' उनले भनिन्- यो मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने चालबाजी मात्र हो। मन्त्री कोइरालाले गिरिजाप्रसाद कोइराला वर्तमान सरकार नै बलियो होस् भन्ने पक्षमा रहेको बताइन्। 'प्रधानमन्त्री बन्ने हल्ला राजनीति छवि गिराउन गरिएको प्रचार हो,' उनले भनिन्- उहाँमा कुनै सत्तामोह छैन। आफैंले बनाएको सरकार गिराउन उहाँ लाग्नुहुन्न। माधवकुमार नेपाल नेतृत्वको सरकारकै पालामा शान्ति र संविधान बन्ने उनको धारणा थियो। 'माओवादी सरकारमा आए उपप्रधानमन्त्री दिन तयार छौं,' उनले भनिन्। गिरिजाप्रसाद कोइराला नेतृत्वको उच्चस्तरीय राजनीतिक

ट्रक चालक लुटिए

वीरगंज, १५ माघ । अज्ञात लुटेरा समुहले एक ट्रक चालकलाइ लुटपाट गरेका छन्। काठमाण्डौबाट बीरगंज तर्फजादै गरेको ना.२ख ९०२९ नं.को ट्रकमा चढेका लुटेराहरुले आज मकवानपुरको मनहरि नजिकै लुटपाट गरी चालक र खलासीलाइ बांधेर राखेपछि चालक उम्किएर प्रहरीको शरणमा पुगेका थिए। भण्डाराबाट मनहरी जान भनी ६/७ जना अपरिचित मानिसहरुले ट्रक नियन्त्रणमा लिनुको साथै चालक संग रहेको नगद रु.३ हजार र २ थान मोवाईल समेत लुटी लगेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले खोलाको बगरमा बेवारीसे अवस्थामा ट्रक फेला पारेका थिए।

साल्ट टे्रडिङ कर्पोरेशनद्वारा उपभोक्तामाथि चरम शोषण

वीरगंज, १५ माघ। साल्ट टे्रडिङ कर्पोरेशनले भारतको रक्सौल डिलेभरी मूल्य भारु २ रुपैयां ३० पैसा प्रतिकेजीमा खरिद गरी नेपाली उपभोक्ताहरुलाई आयोडिन नून १५ रुपैयांमा बिक्री गरी चरम शोषण गरिरहेको छ। भारतको एक कम्पनीसंग उल्लेखित मूल्यमा रक्सौल डिलेभरी लिने शर्त सम्झौताअनुरुप खरिद गरिरहेको सो नून प्याकिङ तयारी अवस्थामै आउने गरेपनि साल्ट टे्रडिङले ढुवानी खर्च बढेको नाममा १४ रुपैयां मूल्य कायम गरेको बताइंदैछ । भरपर्दो स्रोतका अनुसार वाणिज्य तथा आपर्ूर्तिमन्त्रीले करिब ९ करोड रकम साल्ट टे्रडिङबाट कमिशन लिएको आधारमा आयोडिन नूनको मूल्य बढाइएको सोही कर्पोरेशनका नाम र्सार्वजनिक गर्न नचाहने एक कर्मचारीले जनाएका छन्। यसरी उपभोक्ताहरुमाथि महंगीको भार थोपरिरहेको अवस्थामा आपर्ूर्ति मन्त्रालय चुप लागेर बस्नु पनि सो कुराले आंशिक पुष्टि पारेको पाइन्छ । साल्ट टे्रडिङ एवं नेशनल टे्रडिङ मार्फ मात्रै आयात गर्न सक्ने अवस्था एवं निजी कम्पनीहरुलाई लाइसेन्स नदिनुले पनि सो नूनको मूल्यले आकाश छोएको केही व्यापारी स्रोतको दाबी छ। एक स्रोतका अनुसार वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले हालै आफ्नो दुनो सोझ्याउन

प्रहरी र युवा फोरमबीच झडप, ३ घाइते, प्रहरीको गाडीमा आगजनी, ५ पक्राउ

वीरगंज, १५ माघ /मधेसी युवा फोरम नेपालका कार्यकर्ता र प्रहरीबीच झडप हुंदा ३ जना कार्यकर्ता र्घाईते भएका छन् भने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगंजमा पार्टीको काम विशेषले आउनुभएका उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई कालो झण्डा देखाउने क्रममा प्रहरी र युवा फोरमका कार्यकर्ताबीच झडप भएको हो। झडपमा युवा फोरमका कार्यकर्ता सुरज मन्सुरसहित ३ जना घाइते भएका छन् भने अजय चौरासिया, विरेन्द्र यादवसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको युवा फोरम नेपालका केन्द्रिय सदस्य विजयकुमार यादवले जानकारी दिए। युवा फोरमका कार्यकर्ताले ट्राफिक प्रहरीको गाडीमा आगजनीसमेत गरेका छन् ।

बिद्यार्थी र शिक्षक मिलेर सडक निर्माण गरे

ज्ञानेन्द्र शर्मा रोल्पा, १५ माघ । रोल्पाको राकँ गाविस वडा नं १ मा अवस्थित बुद्धि बिकाश निम्न माध्यामिक बिद्यालयका शिक्षक र बिद्यार्थीहरुको सयुक्त पहलमा आज २ किलोमिटर सडक निर्माण कार्य सम्पन्न गरेका छन् । बिद्यालयका शिक्षक र बिद्यार्थीहरुको सहभागिता र स्थानियवासीको जनश्रमदानबाट निर्माण भएको सो सडक निर्माण कार्य सम्पन्न हुदाँसम्म करिब ५० हजार लगानी गरिएको छ । सडक नि.मा.बि. रातामाता राकँदेखी पाखापानीको लमाछेरा सम्म रहेको छ । सडक निर्माण पश्चात दलसिङ्गे, लामामेला, खारा, जिवाङ लगायतका स्थानबाट त्यस बिद्यालयमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलार्य आवात जावतमा सहज हुने बिद्यार्थीहरु बताउछन् । पश्चिम रोल्पाको बिकट गाबिस राकँ र त्यस आसपासका गाबिसहरुबाट पठन पाठन गर्न आउने बिद्यार्थीहरुको लागि दैनिक बिद्यालय आवात जावत गर्न बाधा भएपछि बिद्यार्थीहरु र शिक्षकहरु मिलेर बाटो निर्माणका लागि सयुक्त जनश्रमदान गरेको उनीहरु बताउछन । जीबन सक्षम पुनरताजिगी तालिम रोल्पा, १५ माघ । महिला स्वास्थ्य स्वयम् सेबिकाहरुको लागि जीबन सक्षम पुनरताजिगी तालिम आजदेखी रोल्पाको जंकोट जंकोट गाविसमा सुरु भएको छ । तालिममा ब