Skip to main content

माओवादीलाई उपप्रधानमन्त्री दिन तयार छौं ः सुजाता

बुटवल, माघ १5। उपप्रधान एवं परराष्ट्र मन्त्री सुजाता कोइरालाले अहिले
मुलुकमा माओवादी नेतृत्वको सरकार बन्ने नसक्ने ठोकुवा गरेकी छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी अञ्चल शाखाले गरेको साक्षात्कार
कार्यक्रममा मन्त्री कोइरालाले माओवादीलाई वर्तमान सरकारमा आउन आहृवान
गरिन्।
उनले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई माओवादीले आधिकारिक रुपमा
प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताइन्। 'गिरिजाबाबुलाई माओवादीले
आधिकारिक रुपमा प्रधानमन्त्रीको प्रस्ताव गरेकै छैन,' उनले भनिन्- यो
मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने चालबाजी मात्र हो।
मन्त्री कोइरालाले गिरिजाप्रसाद कोइराला वर्तमान सरकार नै बलियो होस्
भन्ने पक्षमा रहेको बताइन्। 'प्रधानमन्त्री बन्ने हल्ला राजनीति छवि
गिराउन गरिएको प्रचार हो,' उनले भनिन्- उहाँमा कुनै सत्तामोह छैन। आफैंले
बनाएको सरकार गिराउन उहाँ लाग्नुहुन्न। माधवकुमार नेपाल नेतृत्वको
सरकारकै पालामा शान्ति र संविधान बन्ने उनको धारणा थियो। 'माओवादी
सरकारमा आए उपप्रधानमन्त्री दिन तयार छौं,' उनले भनिन्।
गिरिजाप्रसाद कोइराला नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र विद्यमान
समस्या समाधानमा वरदान सावित भएको उनले बताइन्। संयन्त्रकै पहलमा
माओवादीको अनिश्चितकालीन हडताल फिर्ता भएपछि विश्वासको वातावरण बढेकाले
बाँकी समस्या पनि चाँडै समाधान हुने दाबी उनले गरिन्। 'संयन्त्र
समानान्तर सरकार होइन,' उनले भनिन्- यसलाई अन्तर्रर्ााट्रय सहयोग र
र्समर्थन छ। मन्त्री कोइरालाले माओवादीको सहयोगविना शान्ति र संविधान
सम्भव नभएकाले उसलाई संयन्त्रमा समेट्नुपरेको स्पष्ट पारिन्।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी शाखाका अध्यक्ष प्रकाश खनालको
सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा माओवादी लडाकुको समायोजन
अघि संविधान बनाउन नसकिने पनि बताइन्। 'मापदण्ड पुगेजतिलाई सेनामा पनि
राख्न सकिन्छ, बाँकीलाई अन्य सुरक्षा निकायमा समायोजन गर्न सकिन्छ, तर
संविधानअघि समायोजन हुनर्ैपर्छ,' उनले भनिन्।
मन्त्री कोइरालाले अर्को देशका विरुद्ध आन्दोलन गर्नु माओवादीको
अपरिपक्वता भएको बताइन्। 'माओवादीको राष्ट्रिय स्वाधीनताको आन्दोलनको
कुनै औचित्य छैन,' उनले भनिन्- जोगवनीमा माओवादीविरुद्धको पर््रदर्शन
उसकै गलत कार्यको उपज हो।
पत्रकारहरुको अर्को जिज्ञासामा उनले आफ्ना प्रमुख स्वकीय सचिव भरत
सापकोटालाई पदबाट हटाएको जानकारी दिइन्। 'भरत बिरामी थिए, मसँग सर्म्पर्क
पनि गरेका हुन्' उनले भनिन्- उनका बारेमा विभिन्न किसिमका समाचार आएपछि
मैले अनुसन्धान गर्न प्रहरीलाई भनिसकेकी छु।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।