Skip to main content

Posts

Showing posts from November 29, 2009

बकरइदको दोश्रो दिन

वीरगंज, १४ मंसिर। मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकरइदको दोस्रो दिन आज पनि देशभरीका मुस्लिम समुदायले धुमधामका साथ मनाइरहेका छन्। आजको दिन बिहानै नुहाई धुवाईगरी सफा लुगा लगाएर इदगाह मस्जिद वा खुला मैदानमा भेलाभइ नमाज पढेर सामुहिक रूपमा पर््रार्थना गर्ने प्रचलन रहेको छ। पर््रार्थनापछि आफन्त वा एकअर्कासँग हातेमालो गरेर इद उल अजहाको बधाई तथा शुभकामना आदानप्रदान गर्ने चलन छ। काठमाडौँको घण्टाघरमा रहेको जामे मस्जिदमा पनि मुस्लिम धर्मालम्बीहरूले नमाज पढेर बकरइद मनाइरहेका छन्। यो पर्वको अवसरमा मुस्लिम समुदायका मानिसहरूले आफन्तजनहरूसँग बसेर मिठो खाने र दुखसुख बाड्ने गर्छन्।

पार्टर्ीी नेताहरु संयन्त्रका बिरुद्ध छन्, उपप्रम.कोईराला

काठमाण्डौ, १४ मंसिर। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोईरालाले पार्टर्ीी केहि बरिष्ठ नेताहरुले राजनिितक उच्च स्तरीय राजनीतिक संयन्त्र बन्न नदिने खेलमा लागेको आरोप लगाउनु भएको छ। रिर्पोर्टसक्लव नेपालले आज राजधानीमा गरेको साक्षत्कार कार्यक्रममा बोेल्दै उहाँले दई दिन अगाडि पाटि सभापति ले संयन्त्र गठनको लागि छलफल गर्न कोइराला निवास बेलाएका बेला रामचन्द्र पौडेल लगाएतका केन्द्रिय पदाधिकारिहरुले सभापति कोइराला लाई उच्च स्तरिय संयन्त्र गठन गर्न हुने र शान्ति प्रकृया लाई निष्कर्षा पुर्‍याउन नहुने भन्दै सभापति लाई संयन्त्रको कुनै औचित्य नभएका ले गठन प्रकिृया अगाडि बढाउन नहुने आग्रह गरेका थिए। त्यसको लगतै सभापति कोइरालाले रामचन्द्र पौडेल लगाएतका नेताहरु लाई हक्याउदै उहाँले शान्ति प्रकिृया लाई निष्कर्षा पुर्‍याउनको लागि आफुले संयन्त्र गठन गरेरै छोडने र उहाँले उच्च स्तरिय संयन्त्रको बिपरित नबोल्न छलफलमा सहभागि भएका पदाधिकारिहरु लाई चेतावनि दिनु भएको थियो। पार्टर्ीी उपसभापति रामचन्द्र पौडेल लगायतका बरिष्ठ केहि नेताहरु संयन्त्रका बिरुद्ध लागेको बताउनु भएको हो। राजनीतिक उच्

भावि संविधानमा सिमान्तकृत वर्ग

वीरगंज, १४ मंसिर। महिला कानून र विकास मंच पर्साले आज बिहान होटल सम्झनामा छलफल कार्यक्रम सम्पन्न गरेको छ। महिला कानून र विकास मंचको आयोजनामा भावि संविधानमा सिमान्तकृत वर्ग -महिला, आदिवासी, दलित, जनजाति, अपांग, मधेशी, बालबालिका, ज्येष्ठ नागरिक, अल्पसंख्यक) हरुको हक अधिकारको लागि प्रारम्भिक मस्यौदामाथि छलफल गर्ने उद्देश्यले जिल्लास्तरीय छलफल कार्यक्रम सम्पन्न गरेको जिल्ला श्रोत व्यक्ति मुनु घिमिरेले बताएकी छन्।

दैनिक नारायणी टुडे र कृपा दैनिक पत्रिका जलाइयो

बारा, १४ मंसिर। जिल्ला सदरमुकाम कलैयाको भरत चोकमा आज बिहान मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका केहि कार्यकर्ताहरूले वीरगञ्जबाट प्रकाशिति दैनिक नारायणी टुडे र कृपा दैनिक पत्रिका जलाएका छन्। अर्को स्थानीय सूर्योदय पत्रिका पसलका व्यापारी निरञ्जन कर्णलाई पनि उनीहरूले हातपात गरेका छन्। बाराको बरियारपुरस्थित गढीमाई मन्दीरमा मङ्सिर ११ गते दर्शन गर्ने क्रममा उप-प्रधानमन्त्री तथा भौतिक योजना एवं निर्माणमन्त्री विजयकुमार गच्छदार सहितका मन्त्री तथा नेतालाई एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरूले कालोझण्डा देखाएर चप्पल प्रहार गरेको समाचार प्रकाशित गरेकोभन्दै उनीहरूले पत्रिका जलाएको बताएका छन्। फोरम लोकतान्त्रिक बाराका अध्यक्ष रामबाबु साहको नेतृत्वमा रहेका युवाहरूको एक समुहले पत्रिका जलाएको बताइएको छ।

हेटौँडामा फोटो पुस्तक "लर्डाईंमा जनता" फोटो प्रदर्शनी हुने

हेटौडा, १४ मंसिर। बृहत शान्ति सम्झौताको तेश्रो वाषिर्कोत्सवको अवसर पारेर नेपाञ्लयले र्सार्वजनिक गरेको बहुचर्चित फोटो पुस्तक "लर्डाईँमा जनता" को तेश्रो भाग "युद्धपछि जनता" को हेटौँडामा प्रदशृनी गरिने भएको छ। नेपाललयको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र नारायणी यातायात व्यवसायी संघ, हेटौँडाको आतिथ्यमा यही मंसिर १७ र १८ गते हेटौँडामा पर््रदशनी गर्न लागिएको हो। हेटौँडाको पल्पसा सभागृहमा विहान १० वजेदेखि ५ः०० वजेसम्म फोटा प्रदर्शनी गरिने छ। काठमाण्डौवाट सुरु भएको "युद्धपछि जनता"को फोटो प्रदर्शनी यात्रा बाहेकर् इटहरी, इलाम, दमक हुँदै हेटौंडापछि कावासोती, नेपालगंज र तानसेन गरी देशका ७ सहरहरूमा पनि हुने भएको छ। सन् २००६ मा प्रकाशित "लर्डाईँमा जनता" को दोश्रो भाग "फेरि यस्तो नहोस्ा्" सन् २००८ मा प्रकाशित भैसकेको छ। कुन्द दीक्षितद्वारा सम्पादित यी तीनै फोटो पुस्तकहरूले एक दशक लामो जनयुद्धका व|mममा आम नागरिकलाई परेका प्रत्यक्ष्य­ अप्रत्यक्ष्य असरहरूलाई उजागर गरेका छन्। सो युद्धका व|mममा १५ हजार भन्दा बढी नेपालीहरूले

पत्रपत्रिका वर्गिकरणमा धाँधली

काठमाडौं, १४ मंसिर। प्रेस काउन्सिल नेपाल पत्रपत्रिका वर्गिकरणमा यो वर्षपनि विवादमक्त हुन सकेन। यो पटकको पत्रपत्रिका वर्गिकरण नेपालको इतिहासमा नै कलंक सावित भएको छ। यो पटकको वर्गिकरणलाई र्ससर्सर्ति हर्ेदा पुँचवाला, चाकडी चाप्लुसीमा पोख्त र पार्टीका पर्चाहरु बाहेक अरुको अबमूल्यन भएको छ। बजारमा अन्य पत्रपत्रिका भन्दा एक दुइ सय बढी प्रति छापिने पत्रिका क मा र एक दुइ सय कम छापिनेलाई आस्थाको कारण ग र घ मा पुयाइएको छ। प्रेस काउन्सिलका पदाधिकारीहरुको पत्रिका क र ख मा रहनु र सोही स्तरको पत्रिका ग र घ मा रहनु यो भन्दा अरु बिडम्बना के हुन्छ र - अझै पनि तिनीहरुकै बाहुल्यता हुने हो भने यो परिवर्तन के का लागि - हुन त प्रेस काउन्सिलको मूल्यांकन परिपाटी आफैमा गलत छ। एक वर्षअघिको पत्रिका १ वर्षपछि र्फम भनै लगाएर २ वर्षपछि नतिजा निकाल्नु आफैमा अवैज्ञानिक छ। कुनै पत्रिका कुनै बेलामा कम छापिन्छन् कुनै बेलामा बढी छापिन्छन्। २०६४ सालको मूल्यांकन गर्न २०६६ सालमा छापिने पत्रिकालाई आधार बनाउनु आफैमा गलत छ। २०६४ सालमा सादा रुपमा छापिएका पत्रिका मूल्यांकनको अवधिभर फोर कलरमा छापिए भन्दैमा तिनीहरुलाई क र ख मा