Skip to main content

हेटौँडामा फोटो पुस्तक "लर्डाईंमा जनता" फोटो प्रदर्शनी हुने

हेटौडा, १४ मंसिर। बृहत शान्ति सम्झौताको तेश्रो वाषिर्कोत्सवको अवसर पारेर नेपाञ्लयले र्सार्वजनिक गरेको बहुचर्चित फोटो पुस्तक "लर्डाईँमा जनता" को तेश्रो भाग "युद्धपछि जनता" को हेटौँडामा प्रदशृनी गरिने भएको छ।
नेपाललयको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र नारायणी यातायात व्यवसायी संघ, हेटौँडाको आतिथ्यमा यही मंसिर १७ र १८ गते हेटौँडामा पर््रदशनी गर्न लागिएको हो।
हेटौँडाको पल्पसा सभागृहमा विहान १० वजेदेखि ५ः०० वजेसम्म फोटा प्रदर्शनी गरिने छ।
काठमाण्डौवाट सुरु भएको "युद्धपछि जनता"को फोटो प्रदर्शनी यात्रा बाहेकर् इटहरी, इलाम, दमक हुँदै हेटौंडापछि कावासोती, नेपालगंज र तानसेन गरी देशका ७ सहरहरूमा पनि हुने भएको छ।
सन् २००६ मा प्रकाशित "लर्डाईँमा जनता" को दोश्रो भाग "फेरि यस्तो नहोस्ा्" सन् २००८ मा प्रकाशित भैसकेको छ। कुन्द दीक्षितद्वारा सम्पादित यी तीनै फोटो पुस्तकहरूले एक दशक लामो जनयुद्धका व|mममा आम नागरिकलाई परेका प्रत्यक्ष्य­ अप्रत्यक्ष्य असरहरूलाई उजागर गरेका छन्। सो युद्धका व|mममा १५ हजार भन्दा बढी नेपालीहरूले ज्यान गुमाएका थिए।
नेपालयलेे सन् २००७­८ मा देशका ३२ जिल्लाहरूमा "लर्डाईँमा जनता" पुस्तकबाट चुनिएका फोटोहरूको प्रदर्शनीयात्रा सम्पन्न गरेको थियो, जसलाई तीन लाख पचास हजार भन्दा बढी जनताले अवलोकन गरेका थिए। सोही प्रदर्शनीका व|mममा जनताहरुले व्यक्त गरेका अभिमतहरूको संगालो "फेरि यस्तो नहोस्ा्" नामक दोश्रो फोटो पुस्तकको रुपमा प्रकाशित भएको थियो।
"लर्डाईँमा जनता" मा समेटिएका पीडितहरू मध्ये केही प्रतिनिधि पात्रहरू र विगत तीन वर्षा उनीहरुको अवस्थामा आएका परिवर्तनलाई "युद्धपछि जनता" मा चित्रण गर्न खोजिएको छ।
सम्पादक कुन्द दीक्षित भन्नुहुन्छ ( "युद्धको त्यति भयावह परिस्थितिबाट गुज्रेर पनि आफूलाई पुनर्सथापन गर्न नेपाली जनताहरूले देखाएको संयम, अदम्य साहस र आशावादी सोचका कारण साधारण मान्छेका आसाधारण कथाहरू जन्मेका छन्।"
युध्दका व|mममा दर्ुइ भिन्दै पक्षबाट लडेर पनि अहिले फेरि आपसमा मिलेका दिदीभाईको परिवार, युद्ध विराम पछि साधु बनेका लडाकु, अनि मारिएका तथा वेपत्ता पारिएकाहरूका परिवारले बाँच्नका लागि गरिरहेका दैनिक संर्घष्ाका कथाहरू "युद्धपछि जनता" का फोटोहरूमा समेटिएको छ।
"यी पुस्तकहरूले हामीलाई युद्धका विभिषिकाको सम्झना दिलाउँछन् र त्यो घाउ पुरिन कति कठीन हुन्छ भन्ने वास्तविकता पनि देखाउँछन्ा्",
कुन्दले भन्नभयो("सामाजिक मतभेद र कलहलाई शान्तिपूर्ण ढंगले समाधान गरेर भविष्यमा फेरि यस्तो बेहोर्नु नपरोस्ा् भन्ने अठोट गर्नका लागि यसले महत्वपूर्ण योगदान गर्नेछ।
नेपाञ्लय र मदन पुरस्कारको सहकार्यमा यी तीनै पुस्तकका चित्रहरूको स्थायी प्रदर्शनी पनि मदन पुरस्कार पाटन ढोकामा हुने भएको छ जसमा युध्दका थप फोटोहरू र जन अभिमत पनि समावेश हुनेछ।
"यो प्रदर्शनी शान्ति संग्रहालय र शैक्षिक गतिविधिका लागि केन्द्र विन्दुका रूपमा रहनेछ भन्ने हामीले आशा गरेका छौं।" नेपालयका किरणकृष्ण श्रेष्ठले भन्नुभयो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।