Skip to main content

Posts

Showing posts from January 16, 2010

प्रतिनिधि करिन लनग्रेनद्वारा प्रस्तुत ब्रिफ्रिङ

नेपालले आफ्नो शान्ति प्रक्रियामा सहयोग पुर्याउन संयुक्त राष्ट्रसंघलाई गरेको अनुरोधका सम्बन्धमा सुरक्षा परिषद्को बैठकमा नेपालस्थित महासचिवका प्रतिनिधि करिन लनग्रेनद्वारा प्रस्तुत ब्रिफ्रिङ १५ जनवरी २०१० शुभप्रभात, अन्मिनका तर्फबाट हेइटीका जनता तथा हेइटीस्थित राष्ट्रसंघीय मिसनमा कार्यरत हाम्रा सहकर्मी तथा उहाँहरूका परिवारजनलाई पीडा र अनिश्चितताको यो घडीमा हामी साथमा छौं भन्ने वताउन चाहन्छु। अध्यक्षज्यू, तत्कालिन सात दलीय गठबन्धन र तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० को अनुरोधमा सुरक्षा परिषद्ले अन्मिनलाई परिचालित गर्ने अधिकार दिएको पनि तीन वर्ष वितिसकेको छ। मिसनको चुनावसँग सम्बन्धित कार्यहरू केही ढिलै भएपनि सन् २००८ को अप्रिलमा सम्पन्न भयो। अन्मिनले विशेष गरि हतियार तथा सेना व्यवस्थापनको अनुगमनको माध्यमद्वारा तथा संयुक्त अनुगमन समन्वयन समितिको अध्यक्षको हैसियतमा शान्ति प्रक्रियालाई निरन्तर रूपमा पुर्याउँदै आएको सहयोग अझै समापन हुन सकेको छैन। अहिले तपाईँका साथमा रहेको महासचिवको प्रतिवेदन ९७ जनवरीको एसर२०१०र१७,० ले दलहरूका विवादास्पद व्यक्तव्य तथा क्रियाकलापयुक्त अशान्त अवस

सातौ संशोधन विधेयक सदभावनाद्वारा दहन

वीरगंज, २ माघ । संविधान सभामा विचाराधिन सातौ संशोधन बिधेयक आज नेपाल सद्भावना पार्टीले वीरगंजको घण्टाघरमा दहन गरेको छ।     महासचिव महम्मद कदम रसुलले बिधेयकबाट निष्कृय उपराष्ट्रपतिलाई पुनः हिन्दी वा नेपाली भाषामा बाध्य पार्न काम भएको आरोप लगाए। उनले तीन दलिय उच्चस्तरीय राजनितिक संयन्त्र बनाएर अन्य दललाइ समावेश नगरी षडयन्त्र गरेको आरोप लगाए। संघियताको बिरोधीहरुको प्रतिकार गर्ने चेतावनी दिए।

गाउको विकास गर्न जाग- शर्मा

बीरगंज, २ माघ । सभासद ओमप्रकाश शर्माले गाउको विकास गर्न स्थानीयवासी जागरुक हुनुपर्नेमा जोड दिएका छन्।     आज वीरगंज सुख्खा बन्दरगाहमा आदर्श चोक संरक्षण सर्म्वर्द्धन संस्थाको कार्यक्रमलाइ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।     कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताको उपस्थिति थियो।

गाउको विकास गर्न जाग- शर्मा

बीरगंज, २ माघ । सभासद ओमप्रकाश शर्माले गाउको विकास गर्न स्थानीयवासी जागरुक हुनुपर्नेमा जोड दिएका छन्।     आज वीरगंज सुख्खा बन्दरगाहमा आदर्श चोक संरक्षण सर्म्वर्द्धन संस्थाको कार्यक्रमलाइ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।     कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताको उपस्थिति थियो।

भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रम रद्द

बीरगंज, २ माघ । पर्साको अलौ गाबिसमा नवनिर्मित वीरगंज एकीकृत जा“च चौकीको शिलान्यास कार्यक्रम भारतीय विदेशमन्त्री एसएम कृष्णा नआएपछि रद्द भएको छ।     आज भौतीक योजना तथा निर्माण मन्त्रालयका सचिव दिप बस्नेतले मौसमको प्रतिकूलताको कारण त्रिभुवन विमानस्थलबाट कुनै उडान नभएपछि भारतिय बिदेशमन्त्री कृष्णा वीरगंज आउन नसकेको जानकारी गराएका हुन्।   नेपालको करिव ७१ हेक्टर भूभागमा भारत सरकारको २ सय करोड रुपैयाको लागतमा अत्याधुनिक प्रविधि जडान भएको बीरगंज एकीकृत जांच चौकीको १४ महिनाभित्र निर्माण हुने बस्नेतले बताए। यसबाट नेपालका उद्योगी ब्यापारीहरुले स्थानको अभावमा तिर्दै आएको विलम्ब शुल्कबाट मुक्ति पाउने र समयको बचत हुने छ।   सचिव बस्नेतले क्षमायाचना गर्दै कागजमा अलौ लेखेर ब्यानर र शिलास्तम्भमा टासेपछि मात्रै गाउलेले कार्यक्रम संचालन गर्न दिएका थिए।  कार्यक्रम स्थल वरपर सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मीलाई परिचालन गरिएको थियो। तस्बिर- उत्तम खडगी

प्रधानमन्त्रीलाई संयन्त्रमा राख्ने कुनै सहमति भएको छैन

काठमाडांै, २ माघ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री माधवकुमार नेपाललाई स्थायी आमन्त्रित सदस्य नभई आवश्यक परेका बेला मात्र बोलाउने सहमति भएको बताएका छन्। 'प्रधानमन्त्रीलाई अस्थायी आमन्त्रित सदस्यका रुपमा राख्न सकिँदैन,' शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा श्रेष्ठले भने- एमालेको एउटा वरिष्ठ नेताका रुपमा र केही कुरा बुझ्नु परेमा मात्र संयन्त्रको बैठकमा बोलाउन सकिन्छ।     उपाध्यक्ष श्रेष्ठले संयन्त्रमा अरु दललाई पनि क्राइटेरियाका आधारमा  संयन्त्रमा बोलाउन सकिने बताए। उनले संयन्त्रमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा पनि छलफल हुने जानकारी दिए। 'संयन्त्रको उद्देश्य सरकार ढाल्नु होइन,' उनले भने- संयन्त्रको मुख्य काम शान्ति प्रक्रियाको टुङ्गो, संविधान निर्माण र राजनीतिक गतिरोधको अन्त्य गर्नु हो। उनले संयन्त्रको विरोध गर्नेहरु शान्ति र संविधानविरोधी भएको आरोप लगाए।     रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा श्रेष्ठले माओवादील

२४ औं भोजपुरी कवि गोष्ठी

वीरगंज, २ माघ ।  २४ औं भोजपुरी कवि गोष्ठी आज वीरगंजको घण्टाघरमा सम्पन्न भयो। प्रगतिशील भोजपुरी साहित्य परिषदको परिषद्का अध्यक्ष धु्रवलाल प्रसाद सहनी सास्तीको सभापतित्वमा सम्पन्न भएको थियो।  कार्यक्रममा स्थानीय कविहरुले रचना बाचन गरेका थिए ।

जनमुक्ति सेना नेपालले राहत बितरण

-ज्ञानेन्द्र शर्मा रोल्पा, २ माघ । गत पुष महिनामा आगलागीबाट पिडित स्याउलीबाङका स्थानियबासीहरुलाई आज जनमुक्ति सेना नेपालले राहत बितरण गरेको छ । पिडितहरुलाई प्रतिघर १४ हजार २ सय ८५ रुपैया नगद र १ सय ५९ थान कम्मल बितरण गरिएको छ ।     जनमुक्ति नेपाल चौथो डिभिजन सहायक कमाण्डर बासु घिमिरे पावेलको नेतृत्वमा बितरण गरिएको कार्यक्रममा एकिकृत नेकपा माओवादीका सभासद नारायण प्रसाद अधिकारी, ब्रि्रड कमाण्डर गंगा प्रसाद र्घर्तिमगर, एकिकृत नेकपा माओवादीका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।     राहत बितरण कार्यक्रममा बोल्दै सहायक कमाण्डर पावेलले जनसेना जनताको सेना भएकाले सदैव जनताको सुःखदुःखमा साथ दिने र तष्ट भएको भौतिक संरचना पुन निमार्ण्र्ााे लागि सक्दो सहयोग जनसेनाले गर्ने बताउनु भएको थियो ।

गहुंबाली पानीको अभावले खेतबारीमै सुक्न थाल्यो

ज्ञानेन्द्र शर्मा/लिवाङ रोल्पा, २  माघ। समयमा पानी नपर्दा यसपाली रोल्पाका किसानहरु मार्कामा परेका छन्। धान र मकै पछिको प्रमुख खाद्यान्नको रुपमा चिनिने गहँुबाली पानीको अभावले खेतबारीमै सुक्न थालेपछि झनै उनीहरु चिन्तित देखिएका छन्।      रोल्पाको अधिकाशं भू-भागहरु सिचार्ँइ रहित भएकाले बालिनाली लगाएपछि आकाशे पानिको बाटो हेरेर आकाश हर्ेर्नुको बिकल्प छैन। अधिकाशं स्थानहरुमा कृषकहरुले उत्पादन गरेको अन्नलेे ६ महिना सम्म पनी खान नपुग्ने स्थिती रहेको छ।     गत बषर्ाको समयमा पनि भने बमोजिम पानी नपरेर मकै बाली उत्पादनमा कमी आएको र गहँुले उत्पादन सुरु गनर्ुर्ेेमयमा पनि आकाशबाट पानी नपरेकोले यसबर्षभोकमरी पर्न सक्ने कृषकहरु बताउछन्।     नेपाल जलश्रोतको धनि देश भएपनि यहाँको पानीलाई सदुपयोग गर्न नसक्नाले उत्पादनमा कमी, खानेपानीको अभाव, जलबिद्युतको अभाव जस्ता सम्ास्याहरु नेपालमा बस्ने अधिकाशं जनाताहरुले झल्दै आएका छन्।     समयमा पानी नर्पनु, किटनाशक औषधी समयमा उपलब्ध हुन नसक्नु, सिचार्ँइको अभाव, आधुनिक खेत्रि्रणाली सम्वन्धि ज्ञान नहुँनु, खेतियोग्य भूमिको अभाव हुनु लगायतका समस्याले गर्दा रोल्पा जिल्

आर्थिक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्र संघको अपिल

काठमाडौं , २ माघ। क्यारेबियन राष्ट्र  हाइटिमा मंगलबार गएको भुकम्पबाट पिडित भएकाहरुको राहतका लागि ५६ करोड २० लाख अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्र  संघले अपिल गरेको छ।      संयुक्त राष्ट्रसंघका मानवीय बिभाग प्रमुख जोन होल्मसले सो सहयोग राशिबाट भुकम्पपिडित ३० लाख व्यक्तिलाई ६ महिनाका लागि अत्याबश्यक सामान उपलब्ध गराइने बताउनुभएको छ।      यसैबीच, अमरिकी बिदेशमन्त्री हिलारी क्लिन्टनले आज हाइटिको भ्रमण गर्दै हुनुहुन्छ।      हाइटिमा गएको बिनाशकारी भुकम्पबाट झण्डै १ लाख ब्यक्तिको ज्यान गएको संयुक्त राष्ट्र संघले जानकारी दिएको छ।      यता भारतले हाइटिका भुकम्प पिडितका लागि ५० लाख अमेरिकी डलर बराबरको सहायताको घोषणा गरेको छ।      भारतीय प्रधानमन्त्री मनमोहन सिंहले सो सहयोग राशिको घोषणा गर्नुभएको हो। यस्तै, हाइटिको सहायता कार्यमा मद्दत गर्नका लागि सोमबारसम्ममा १० हजार अमेरिकी सैनिक हाइटि पुग्ने अमेरिकाले जनाएको छ।

बिद्यालय बन्द, ४५ जना बिद्यार्थी पढाइ छोड्न बाध्य

ज्ञानेन्द्र शर्मा दाङ, २ माघ। विद्यालयमा शिक्षक नहुँदा दाङको एक विद्यालय गत भदौ महिनादेखि बन्द भएको छ। नेपाल-भारत सीमा क्षेत्रमा रहेको बेला गाविसस्थित प्रावि पटौली नाकाको शाखा विद्यालयको रूपमा रहेको जनता प्राथमिक विद्यालय बन्द हुँदा त्यहाँ अध्ययनरत ४५ जना भन्दा बढी बिद्यार्थी पढाइ छोड्न बाध्य भएका छन्। गाउँमा एउटा मात्र विद्यालय भएको र अर्को विद्यालयमा पुग्न झण्डै पाँच घण्टा टाढा हिंड्नुपर्ने भएकोले बालबालिकाले पढाइ छोड्नुपरेको बिद्यार्थीहरुले बताएका छन्। स्थानीयवासी धनबहादुर रोकाका अनुसार कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा शिक्षक हरिनारायण चौधरीले तलब नपाएपछि गत भदौ महिनादेखि पढाउन छोड्नुभएको छ। २०६३ देखि एएफसी संस्थाले विद्यालयलाई मासिक दर्ुइ हजारको दरले तलब दिएको थियो। तर, गत भदौ महिनादेखि कार्यक्रम सकिएको भन्दै संस्थाले तलब दिन छोडेपछि शिक्षक चौधरीले पढाउन छोड्नुभएको बुझिएको छ।२०४० सालमा स्थानीयवासीको आफ्नै पहलमा स्थापना गरिएको उक्त विद्यालयले अहिलेसम्म सरकारी मान्यता नपाएको दाङबाट निमुसंगम र्घर्तिले बताउनु भयो।

राष्ट्रवाद संघ पर्साले प्रजातन्त्र दिवस मनाउने

वीरगंज, २ माघ । नेपाल राष्ट्रवाद संघ पर्साको आज सम्पन्न बैठकले आगामी फागुन ७ गते स्व. श्री ५ त्रिभुवन जयन्ति, प्रजातन्त्र दिवस तथा पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहको ६० औं शुभ जन्मोत्सव मनाउने निर्णय गरेको छ। सो दिन वीरगंजको घण्टाघरमा नगरवासी तथा जिल्लाहरुको भेला गर्राई झाकी बैण्डबाजाको र्‍याली निकाली नगर परिक्रमा गर्ने संघका अध्यक्ष जनकलाल शाहले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

शिक्षक नहुँदा विद्यालय बन्द

ज्ञानेन्द्र शर्मा रोल्पा, १ माघ। विद्यालयमा शिक्षक नहुँदा दाङको नेपाल-भारत सीमा क्षेत्रको एक विद्यालय गत भाद्रदेखि बन्द भएको छ। शिक्षक नभएपछि बेला गाविसस्थित प्रावि पटौलीनाकाको शाखा विद्यालयको रुपमा गुरुङ नाकामा रहेको जनता प्राथमिक विद्यालय बन्द भएको हो।     स्थानीयबासी धनबहादुर रोकाले दिएको जानकारीअनुसार विद्यालयका शिक्षक हरिनारायण चौधरीले तलब नपाएपछि गत भाद्रदेखि पढाउन छोडेका हुन्।     ०६३ सालदेखि एएफसी नामक संस्थाले मासिक दर्ुइ हजारको दरले तलब दिएपछि शिक्षक हरिनारायण चौधरीले पढाउँदै आएका थिए। तर, गत भाद्रदेखि कार्यक्रम सकिएको भन्दै संस्थाले तलब दिन छोडेपछि शिक्षक चौधरीले पनि पढाउन छोडिसकेका छन्।     कक्षा ३ सम्म सञ्चालित विद्यालय बन्द भएपछि त्यहाँ पढ्ने ४०/४५ जना बालबालिकाले पर्ढाई छोड्न बाध्य भएका छन्। गाउँमा एउटामात्र विद्यालय भएको र अर्को विद्यालय पुग्न झण्डै चार/पाँच घण्टा टाढा हिड्नुपर्ने भएकोले बालबालिकाले पर्ढाई छोड्नुपरेको हो।     ०४० सालमा स्थानीयबासीको आप\mनै पहलमा स्थापना गरेको उक्त विद्यालयले अहिलेसम्म सरकारी मान्यता पाएको छैन। शुरुमा स्थानीयबासीले रकम उठाएर मासिक दर

सल्यानमा मृत फेला, जनमुक्ति सेनाको सहयोग

ज्ञानेन्द्र शर्मा/ रोल्पा, १ माघ। शिकार खेल्न जंगल गएको बेला आफैले बोकेको बन्दुक पड्कीएर गम्भीर घाइते भएका सल्यानको काभ्रा गाविस ९ का ३१ वषर्ीय तुलाराम खड्काको आज मुत्यु भएको छ।      उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा उनको बाटोमै मुत्यु भएको प्रहरीले जनाएको छ।     यसैगरी सल्यानकै ढाकाढाम ९ कोलवोटखेतमा दार्मकोट १ कोटलेपाखाका ३८ वषर्ीय माने वि.क मृत फेला परेका छन्।  जनमुक्ति सेनाको सहयोग ज्ञानेन्द्र शर्मा प्युठान, १ माघ। केहि दिन अघि प्युठानको स्याँउलीवाङमा भएको आगलागी वाट विचल्लीमा परेकाहरुलाइ जनमुक्ति सेना नेपालका  सात ओटै डिभिजनहरुले सहयोग दिने भएका छन।      आगलागी पिडितहरुलाइ सात लाख रुपैयाँ नगद वाँड्न जनमुक्ति सेना नेपाल चौथो डिभिजन सहायक कमण्डर पावेलको नेतृत्वमा टोली आज त्यस तर्फप्रस्थान गरेको छ।      जनसेनाले पिडितहरुलाइ १ सय ३० ओटा कम्वलहरुपनि वितरण गर्ने डिभिजन सहायक कमाण्डर पावेलले जानकारी दिनु भयो।      पिडितहरुलाइ यस अघि नेपाली सेनाले प्रति परिवार १० किलोका दरले चामल वाँडेको थियो भने ६लाखको हेलिकप्टर चढेर घटनास्थल पुग्नु भएका  गृहमन्त्री भिम रावलले दुइ लाख रुपैयँा

विवादित मैत्री सन्धी पुनरावलोकन हुने

काठमाडौं, १ माघ। लामो समयदेखि विवादित रहदै आएको सन् १९५०को नेपाल भारत मैत्री संन्धी पुनरावलोकन गर्न भारत सहमत भएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एसएम कृष्णा सगको द्धिपक्षीय कुराकानीको क्रममा भारतीय पक्षले त्यस्तो सहमती जनाएको उपप्रधान एवम परराष्टमन्त्री सुजाता कोइरालाले जानकारी दिनु भयो। उहाले भन्नु भयो भारतीय विदेशमन्त्रीले सन्धी पुनरावलोकन गर्न भारत तयार रहेको छ तपाई हरु पनि तयार भएर आउनुस। झण्डै डेढ घण्टासम्म भएको भेटवार्तामा भारतीय विदेशमन्त्री कृष्णाले पर्ुव पश्चिम हुलाकी राजमार्ग निर्माण, नेपाल प्रहरीको क्षमता अभिबृद्धिकालागी तालिम दिने र तालिम केन्द्र निमार्ण्र्ाार्ने त्यस्तै बाग्मती सफाई सभ्यता बचाउ परियोजनालाई कार्यान्वयनमा ल्याउने विषयमा पर्ूण्ा सहयोग गर्न भारतीय पक्ष सहमत भएको जानकारी कोइरालाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो।     उहाँका अनुसार भारतले नेपालका पाँच गावीसमा सौर्य उर्जा कार्यक्रम सञ्चालन गर्ने छ।     त्यसरीनै भारतले अन्तरसीमा अपराधको विषयमा विशेष चासो राख्दै त्यसको नियन्त्रणमा जोड पनि दिएको छ। मन्त्री कोइरालाका अनुसार सिमाबाट हुने हतीयार तस्कारी,