काठमाडौं , २ माघ। क्यारेबियन राष्ट्र हाइटिमा मंगलबार गएको भुकम्पबाट पिडित भएकाहरुको राहतका लागि ५६ करोड २० लाख अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्र संघले अपिल गरेको छ।
संयुक्त राष्ट्रसंघका मानवीय बिभाग प्रमुख जोन होल्मसले सो सहयोग राशिबाट भुकम्पपिडित ३० लाख व्यक्तिलाई ६ महिनाका लागि अत्याबश्यक सामान उपलब्ध गराइने बताउनुभएको छ।
यसैबीच, अमरिकी बिदेशमन्त्री हिलारी क्लिन्टनले आज हाइटिको भ्रमण गर्दै हुनुहुन्छ।
हाइटिमा गएको बिनाशकारी भुकम्पबाट झण्डै १ लाख ब्यक्तिको ज्यान गएको संयुक्त राष्ट्र संघले जानकारी दिएको छ।
यता भारतले हाइटिका भुकम्प पिडितका लागि ५० लाख अमेरिकी डलर बराबरको सहायताको घोषणा गरेको छ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले सो सहयोग राशिको घोषणा गर्नुभएको हो। यस्तै, हाइटिको सहायता कार्यमा मद्दत गर्नका लागि सोमबारसम्ममा १० हजार अमेरिकी सैनिक हाइटि पुग्ने अमेरिकाले जनाएको छ।

Comments
Post a Comment