Skip to main content

Posts

Showing posts from October 13, 2009

मधेशलाइ समान हक अधिकार नदिए हतियार उठीरहने- ठाकुर

वीरगंज, २७ असोज । तमलोपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले मधेशलाई समान हक अधिकार नदिए हतियार उठीरहने बताएका छन्। आज बाराको जीतपुर भवानीस्थित आदर्श धर्मशालामा आयोजित जागरण सभालाइ सम्बोधन गर्दै उनले सरकारले मधेशलाइ उपेक्ष्ँा गरेको आरोप लगाए। ठाकुरले भने हतियारले बिनास गर्छ, विकास गर्नुछ भने कोदालो, हसुवा, खर्ुर्पी चलाउनु पर्‍यो। कार्यक्रममा तमलोपाका महामन्त्री र्सर्वेन्द्रनाथ शुक्ला, सहमहामन्त्री एवं सभासद जीतेन्द्र सोनल, सभासद बबन सिंह लगायतको उपस्थिति थियो।

तिहार अघि जुवाडेका चहलपहल

भक्तपुर, २७ असोज। तिहार सुरु हुनै लाग्दा भक्तपुरका चोक चोक र गल्ली गल्लीमा तास खेलिरहेका मानिसहरुको जमात देख्न थालिएको छ। ब्याँसीको पर्यटक बसपार्क भित्र पनि तास खेल्नहरु तीन चार समुहमा बिभाजित भएर तास खेलिरहेको दृष्यले यहाँ पहिलो पाईला टेक्ने बिदेशी पर्यटकहरुमा नकारात्मक प्रभाब परिरहेको छ। यहाँ रहेको एउटा प्रयोग हुन नसकेको सरकारी भवन भित्र तास खेल्नेहरुको जमघट हुने गरेको भए पनि, सो भवनको नामवाला भक्तपुर नगरपालिकाले त्यहाँ बाट जुवाडे हटाउने कुनै पहल शुरु गरेको छैन। पार्क भित्र प्रबेश गर्ने दुबै गेटमा सधै जसो नै तास खेल्नेहरुको र्घर्ुइचो नै लाग्ने गर्दछ। पुरानो ब्याँसी ढोका संगै रहेको एउटा पाटी पनि तास खेल्नेहरुको भेला हुने स्थान बनेकोे छ। त्यहाँ त झन नगरपालिकाको चेक पोष्टका कर्माचारी समेतले जुवाडे खेलको दर्शक बनेर मनोरन्जन गरिरहेको हुन्छ। भार्बचोको हनुमान फल्चा, लाकोलाछे फल्चा, चासखेल फल्चा, माहेश्वरी फल्चा जस्ता बाटो मै पर्ने पाटी पौवाहरु पनि खुलेआम जुवा खेलिरहदा पनि प्रहरी प्रशाषण मुक दर्शक मात्र भएर बसेको छ। गोल्मडी दरवार क्षेत्रका पाटीहरुमा पनि तास खेल्नेहरु लहरै बसेका हुन्छन्। ता

तिहारमा प्रजापतिहरुलाइ भ्यानभ्याइ, कमाइ भने कम

भक्तपुर, २७ असोज। भक्तपुरका प्रजापितहरु यतिखेर तिहारको लागि दियोको रुपमा प्रयोग गरिने माटोका पाला बनाउनमा ब्यस्त छन्। भक्तपुर र्सर्ुजमारीका आशाराम प्रजापति भने आफ्नो ब्यस्तता प्रति खुसी देखिदैनन्। माटोको पालको न्युन मुल्यको कारण उनी लगायत माटोको कालकृति बनाउनेहरु निरास भएका हुन। एउटा पालाको मुल्य एक मोहर भन्दा बढी पाउन सकिदैन उनले भने। बजारमा अहिले देखिएका बिद्युतिय उज्यालोका सामानहरुको कारण माटाको पालमा दियो जलाउनेहरु परम्परा घटिरहेको छ। आशारामका सन्तानहरुले त माटोको काम छोडिसकेका छन्। भभिष्यमा माटोको पाला लोप हुने भयले उनलाई सताएको छ। पर्यटकहरुमा माझ माटोको भाडा खरिद गर्ने उत्सुकता रहे पनि सरकारी क्षेत्रको बेवास्ताले औपाचारिक रुपमा यस पेशाको संरक्षण र प्रचार नगरिदा कुमाले पेशा संकट परेको भक्तपुरका माटोको काम निरन्तर गरिरहेका प्रजापतिहरुले बताए।- रविन राचलिका हरीत समूह भक्तपुर

गल्ली गल्लीमा पर्यटक शौचालय अभाव

भक्तपुर, २७ असोज। यस बर्षो पर्यटक सिजन सुरु भैसकेको छ। भक्तपुरका गल्लीगल्लीमा बिदेसी पर्यटकरु देखिन थालेका छन्। तर उनीहरुलाई शौचको समस्या रहेको छ। शौचालय नहूदा भक्तपुरका केही गल्ली पर्यटकको खुल्ला शौचालय हुन पुगेको छ। रबिन्द्र पुरीद्धारा निर्मित नमुना घरको पछाडिको गल्लीमा पर्यटकहरुले शौचालयको रुपमा प्रयोग गर्न थाले पछि गत बर्षेखि गल्लीमा आवागमन बन्द गराइएको छ। अहिले पनि सो घरको अगाडि र छेउका गल्लीहरु भने खुल्ला शौचालयको रुपमा नै प्रयोग भैरहेका छन्। दतात्रय मन्दिरको अगाडि रहेको भीमसेन मन्दिरको भुइतला पनि खुल्ला शौचालय बनेको छ। भक्तपुर दरवार क्षेत्रको दिनेश बाबु हाडा गल्ली पनि खुल्ला शौचालयको रुपमा प्रयोग हुदै आएको छ। शौचालय नहूदा भक्तपुर दरवार क्षेत्रमा रहेको प्यालेस रेष्टुरेण्ट साँझ बन्द भए पछि स्थानीय युवाहरुले शौच गर्ने गरेका छन्। नगरपालिकाले बनाएको दरवार क्षेत्रको पर्यटक शौचालय साँझ बन्द हुन्छ। नगरपालिका र होटेलवालाहरुको मिलेमतोमा आबश्यक संख्यामा शौचालयहरु नबनाइएका हुन। पर्यटकको बढ्दो चापको कारण टुरिष्ट बसपार्कमा रहेको शौचालय प्रयोग गर्न चाहने पर्यटकहरु लामो लाइन बस्न बाध्य भएका छन्

र्सर्ुयबिनायकमा पुस्तक मेला

भक्तपुर, २७ असोज। नेता गण भक्तपुरलाई बुद्धिजीबीको सहर बनाउने योजना बनाएका छन्। यीनै नेताका अनुयायी युवाहरुले समाजको बुद्धिजिबीकरण गर्ने हेतुले पुस्तक मेला आयोजना गर्न लागेको छ। मेला कार्तिक ५, ६ र ७ गते र्सर्ुयबिनायकमा हुन लागेको हो। - रविन राचलिका हरीत समूह भक्तपुर

२५ कार्यकर्ताहरु फोरम नेपाल परित्याग गरी मधेशी तराइ फोरममा प्रवेश

वीरगंज, २७ असोज । मधेशी जन अधिकार फोरम नेपाल पर्साका २५ जना कार्यकर्ताहरुले पार्टी परित्याग गरी मधेशी तराइ फोरममा प्रवेश गरेका छन्। आज वीरगंज आयोजित एक कार्यक्रममा रुस्तम अलि मन्सुरीको नेतृत्वमा २५ जना कार्यकर्ताहरु तराइ फोरममा प्रवेश गरेका छन्। फोरमका केन्द्रीय सदस्य मो सलबुद्दिन अन्सारीले पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई टिका लगाइ स्वागत गरेका थिए। यसैगरी राप्रपा नेपाल पर्साले शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आज वीरगंज, बिर्ता धर्मशालामा एक शुभकामना कार्यक्रम सम्पन्न गरेको थियो।

दुर्घटनामा एकजनाको मृत्यु

धनुषा, २७ असोज । सडक दुर्घटनामा एक र्सवसाधारणको मृत्यु भएपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको छ। गए राति लालगढ चोक स्थित पूर्व-पश्चिम राजमार्गमा ना.३ख २२१ नं.को ट्रकको ठक्करबाट सोही ठाउं वडा नं.-६ बस्ने ज्ञान बहादुर माझीको मृत्यु भएको हो। माझीको मृत्यु पछि स्थानीयवासीले ढुंगा मुढा गरेर राजमार्ग अवरुद्ध गरेपछि उत्पन्न विवादलाइ साम्य पार्न प्रहरीले ५ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। हाल राजमार्ग सुचारु रहेको प्रहरीले जनाएको छ। यसैगरी पुश्वलपुर-४ नजिकै ग.२ प ८९७३ नं.को मोटरसाइकलको ठक्करबाट सोही ठाउं बस्ने कुसमाया बुलन घाइते भएका छन्।

जाली नोटका कारण नेपाली अर्थतन्त्र धरायशी हंुदै

वीरगंज, २७ असोज। के तपाइं भारू नोटसंग कारोबार गर्दै हुनुहुन्छ - हुनुहुन्छ भने सचेत हुनुहोस् तपाईको हातमा परेका सवै भारू नोट सक्कली नहुन पनि सक्छन्। अहिले भारतीय सीमावर्ती क्षेत्रका नेपाली बजारमा भारतीय जाली नोट छ्याप्छ्याप्ती भएका छन्। त्यसो त नेपाली रूपैयांमा पनि जाली नोट देखा नपरेको होईन । झट्ट हेदा सक्कली नोटको दुरूस्तै देखिने भारतीय जाली नोटहरू सक्कली हुन् की नक्कली हुन् भन्ने छुट्याउन नसक्दा र्सवसाधारण ठगिने गरेका छन् । गहिरिएर हर्ेर्ने हो भने जाली नोटका कागज कम गुणस्तरको हुने, नोटमा पानी दलेर हल्का र्घष्ाण गर्दा हातमा रंंग देखापर्ने जस्ता जाली नोट चिन्ने आधारका बारेमा जानकारी भए र्सवसाधारण नठगिने राष्ट्र बैंक वीरगंज शाखाका एक कर्मचारी बताउंछन् । गत दर्ुइ बर्षो तथ्यांक हर्ेदा मात्र राष्ट्र बैंकसम्म अर्ढाई लाखको हाराहारीमा जाली नोटहरू पुगेका छन्। वीरगंजका बैंकहरूबाट संकललित रकमबाट सो नक्कली नोट राष्ट्र बैंकसम्म पुगेेको हो। र्सवसाधारण उपभोक्ताका लागि सम्बन्धित निकायहरूले समयसमयमा जाली नोट पहिचानबारे पर््रदर्शन कार्यक्रम गर्ने तथा प्रहरी प्रशासनले सक्रिय भई जाली नोटको कारोबारमा संल

अनेसासद्वारा विभिन्न स्रष्टा पुरस्कृत तथा सम्मानित

काठमाडौं, २७ असोज। गैरआवासीय नेपाली संघको चौथो विश्व सम्मेलनको सर्न्दर्भमा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज -अनेसास)ले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ। अनेसासले आज राजधानीमा आयोजना गरेको दोस्रो गैरआवासीय नेपाली साहित्य उत्सवका अवसरमा स्रष्टाहरुलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले पुरस्कार तथा सम्मान वितरण गर्नुभयो। कार्यक्रममा बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, बरिष्ठ संगीतकार अम्बर गुरुङ, बरिष्ठ चित्रकार मनुजबाबु मिश्र, बरिष्ठ उपन्यासकार डायमण्ड शमशेर, बरिष्ठ समालोचक डा. तारानाथ शर्मा, बरिष्ठ साहित्यकार वानिरा गिरी र बरिष्ठ लेखक तथा साहित्यकार मोदनाथ प्रश्रतिलाई सम्मान गरिएको थियो। सो अवसरमा समको सुखान्त नाट्यकारिता नामक समालोचना ग्रन्धका लागि डा. देवीप्रसाद सुवेदीलाई अन्तर्रर्ााट्रय नेपाली साहित्य, सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान गरियो। पुरस्कारको राशी १५ सय अमेरिकी डलर रहेको छ। त्यस्तै आमा जानुहोस् नामक कथा संग्रहका लागि कथाकार माया ठकुरीलाई सर्वोत्कृष्ट नारी हस्ताक्षर अनेसास डिल्लीराम तिमसिना स्मृतिक पुस्तक पुर

सप्तकोशी दुबानकटान बाढी पिडितद्वारा क्षेतीपर्ूर्तीको माग

काठमाडौं, २७ असोज । सप्तकोशी दुबानकटान बाढी पीडित संषर्षसमितिले सरकारसंग क्षेतीपर्ूर्तीको माग गरेकाछन् । २०२२ मा तत्काली नेपाल सरकार र भारत सरकारविच भए अनुरुपको क्षेतीपर्ूर्ती हालसम्म पनि नपाएको भन्दै सो माग गरेका हुन् । आज रिपार्र्टर्स क्लब नेपालका पत्रकार सम्मेलन गरि विसं २०२२ साल देखि अहिले सम्म सुनसरी जिल्लाका वर्राई क्षेत्र , महेन्द्र नगर र प्रकाशप्रा गा्विसका उनान्चालिस परिवारका छयासी सय विघा कटान भएकोले त्यसको क्षेतीपर्ूर्ती सरकारसंग माग गरेका हुन् । उहाहरुले बाढीपिडित जनतालाई कटानमा परी बगेको जग्गाको सट्टा भर्ना वा मुआब्जा गरिनर्ुपर्ने , बगेमो मानीस, घर , चौपाया र अन्य सामाग्रीको क्षेतीपर्ूर्ती गर्नूपर्ने , निशुल्क स्वास्थ्य शिक्षा, परिवारका बालबच्चाहूरुलाई निशुल्क उचच शिक्षा र स्वरोजगार जस्ता मागहरु राखेको छन् । कार्यक्रममा संर्घष्ा समितिको अध्यक्ष दलबहादुर पौडेलले ध्यानाकर्षो लागि नेपाल सरकार राष्ट्रपती, , विभिन्न पार्टर्ीी अध्यक्ष, पार्टर्ीीभापती, सभामुख लगायत लाई ज्ञापनपत्र बुझाई सकेको कुरा जानकारी गराउनुभयो । यसमा सरकार गम्भिर नभएको आरोप लगाउनु भयो । सरकार संवेदलस