धनुषा, २७ असोज । सडक दुर्घटनामा एक र्सवसाधारणको मृत्यु भएपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको छ। गए राति लालगढ चोक स्थित पूर्व-पश्चिम राजमार्गमा ना.३ख २२१ नं.को ट्रकको ठक्करबाट सोही ठाउं वडा नं.-६ बस्ने ज्ञान बहादुर माझीको मृत्यु भएको हो। माझीको मृत्यु पछि स्थानीयवासीले ढुंगा मुढा गरेर राजमार्ग अवरुद्ध गरेपछि उत्पन्न विवादलाइ साम्य पार्न प्रहरीले ५ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। हाल राजमार्ग सुचारु रहेको प्रहरीले जनाएको छ।
यसैगरी पुश्वलपुर-४ नजिकै ग.२ प ८९७३ नं.को मोटरसाइकलको ठक्करबाट सोही ठाउं बस्ने कुसमाया बुलन घाइते भएका छन्।
यसैगरी पुश्वलपुर-४ नजिकै ग.२ प ८९७३ नं.को मोटरसाइकलको ठक्करबाट सोही ठाउं बस्ने कुसमाया बुलन घाइते भएका छन्।
Comments
Post a Comment