Skip to main content

Posts

Showing posts from September 13, 2009

वीरगंजमा चोरीको घटना नियंत्रण गरीने प्रहरी द्वारा आश्वासन

वीरगंज २८ भदौं । वीरगंजमा बढी रहेको आपराधिक घटनाको नियंत्रण सम्बन्धमा वीरगंज उद्योग वाणिज्य संघको शान्ति सुरक्षा समिति र प्रहरी उपरिक्षक सुबोध राज घिमीरे संग संघकै कार्यकक्षमा भेटघाट भएको थियो । समितिका संयोजक अनिल रुंगटाको सभापतित्वमा बसेको सो बैठकमा पसा्र एसटीएफ इन्चार्ज लक्ष्मी पाठक संघका अध्यक्ष ओम प्रकाश सिकरिया निवर्तमान अध्यक्ष गणेश लाठ संघका पदाधिकारी एवं सदस्यहरको समेत उपस्थिति रहेको थियो । वीरगंज नगरमा विगत ४ महिना देखि चोरीको घटनामा तीव्र वृद्धि भएको तर्फ सहभागीहरु बाट चिन्ता व्यक्त गरिएको थियो । दिनहुँ कुनै न कुनै ठाउँमा चोरीको घटनाहरु भई रहेको तर्फ प्रहरी उपरिक्षकको ध्यानकर्षण गराउनुका साथै भगवती टोल तर्फबाट आउने कुनै गिरोह सकि्रय रहेको कुरा जानकारहरुले बताएका छन् । यस सम्बन्धमा प्रहरी प्रशासनले शीघ्र नै विशेष योजना बनाएर चोरीका घटना हुन न दिने आश्वासन दिनुका साथै । पसा्र एस।टी।एफ। र विर्ता चौकी बीच समन्वय गराई रातीको समयमा विशेष गस्ती संचालन व्यवस्था मिलाउने प्रहरी उपरिक्षले व्यक्त गर्नु भएको थियो । वीरगंजमा साईकिल चोरी र फोन आतंक समेत बढदै गएको घटना तर्फ सहभागीहरुले चित

गतिरोध अन्त्यका लागि कांगे्रसको पाँच प्रश्ताव

समयमै संविधान नबने मुलुक दुर्घटनामा पर्छ ः एमाले सडक र सदनबाट सरकारलाई बर्खास्त गछौर्ं ः माओवादी नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरिसंह केसीले अहिल्ेको राजननीति गतिरोध अन्त्यको लागि पाँचवोटा विकल्पहरु अघि सारीएको बताउनुभएको छ। रिपोर्टस्र क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहमहामन्त्री केसीले राष्ट्रपतिलाई महाअभियोग प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव सैनिक ऐन संशोधन नागरिक सर्वोच्ताका लागि दलहरुको सहमतिमा छुट्टै प्रश्ताव राष्टपति र प्रधानमन्त्रीको अधिकारबारे संविधान संशोधनको प्रश्ताव ल्याउन माओबादीलाई आग्रह गर्नुभएको छ। तर संकल्प प्रश्तावको बारेमा भने कांग्रेस कुनै पनि हालतमा छलफल गर्न तयार नहुने बताउनु भयो। उहाँले माओबादीहरुले सहमती चाहन्छन् भने यि विकल्पहरु मध्यबाट निकास दिनु पर्छ। वर्तमान सरकारको कुनै विकल्प नभएको बताउँदै संविधान नबनुाजेल र शान्ति प्रकि्रया निश्कर्षमा नपुगुनजेल आपुनो पार्टीले सरकारको विकल्प नखोज्ने बताए। प्रवक्ता केसीले भन्नुभयो सरकारको नेतृत्व कांग्रेसले गर्ने प्रश्ताव आए पनि कांग्रेसलाई मान्य हुदैन। माओबादीसंग मिलेर अर्को सरकार गठन गर्ने कुर्न सम्भावना छैन।

हतियारधारीद्वारा लुटपाट

कलैया २८ भदौ । बाराको इनरुवा सिरा गा।वि।स।-८ बहडिलवा बसतपुर बस्ने मदन मोहन शर्माको घरमा अज्ञात हतियारधारी समूहले लुटपाट गरेका छन् । गए राति १२ बजे शर्माको घरमा आएका १०÷१२ जनाको समूहमा आएका अज्ञात हतियारधारी समूहले ४ लाख बराबरको धनमाल लुटी फरार भएको प्रहरीले जनाएको छ ।

सरकार वार्ताप्रति गम्भीर नभएको मोर्चाको आरोप

वीरगंज, २८ भदौ । संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चा बारा पर्साका इन्चार्ज सागरले सरकार वार्ताप्रति संवेदनशील नभएको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साले आयोजना गरेको साक्ष्त्कार कार्यक्रममा बोल्दै उनले नौ महिना अगाडि सरकार र मोर्चाबीच वार्ता भए पनि दोश्रो चरणको वार्ता नगरी मधेश र मधेशी जनताको अपमान गरेको बताए। संयुक्त जनतान्त्रिक तराइ मुत्तिः मोर्चाका वार्ता टोली संयोजक कौटिल्य शर्माले पहाडी शासकहरुले तराइको सशस्त्र आन्दोलन दबाउन खोज्यो भने गम्भीर परिणाम भोग्ने चेतावनी िदंदै सागरले भने तराइ जनताको अधिकारको लागि लडिरहने बताए।

चीन र भारत दुवैको चलखेल नेपालमा भइरहेको छ- थापा

वीरगंज २८ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अनिश्चितता र अराजकता हावी हुंदै गइरहेको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्सा शाखाद्वारा आयोजित साक्षुत्कार कार्यक्रममा बोल्दै उनले संविधान निर्माण गर्ने अभियानमा गतिरोध देखापरेको छ बताए। थापाले निर्धारित समयमा संविधान निर्माण हुन नसक्ने बताउंदै उनले संवैधानिक र राजनीतिक रिक्तताको अवस्थामा जे पनि हुन सक्ने चेतावनी दिए। थापाले संघर्ष आन्दोलन र विद्रोहको बाटोबाट राष्ट्रिय सरकार निर्माण हुन नसक्ने बताए। थापाले चीन र भारत दुवैको चलखेल नेपालमा बढीरहेको आरोप लगाउंदै राजा सहितको प्रजातन्त्रलाई राप्रपाले आपुनो आधार बनाइरहेको दाबी गरे।

वीरगंज महोत्सव भव्यताको साथ मनाउने सम्बन्धी वृहत गोष्ठी सम्पन्न

वीरगंज 2८भाद्र। वीरगंज उद्योग वाणिज्य संघको अग्रसरतामा आयोजन हुन गैरहेको ूवीरगंज महोत्सवू को तयारी बैठक संघका बरिष्ठ उपाध्यक्ष एवं वीरगंज महोत्वस मूलसमितिका संयोजक अशोक टेमानीको संयोजकत्वमा संघको कार्यकक्षमा बस्यो। स्थानिय व्यापारीहरुको वृहत उपस्थिति रहेको उक्त बैठकमा ूवीरगंज महोत्सवू लाई भव्यताका साथ सफल बनाउन व्यवसायीहरुले सकि्रयतापूर्वक लाग्नु पर्ने धारणा श्री टेमानीले राख्नु भएको थियो। बडादशैंको घटस्थापनादेखि दिपावली र छठ पर्वको अवधी सम्म मनाइने महोत्सवमा विशेषगरी आम उपभोक्ता लाई उपभोग्य वस्तुहरुमा छुट प्रदान गरी राहत उपलब्ध गराउने पसलेहरु बाट विक्री वितरण गरिने माल वस्तुहरुको आकर्षक प्रदर्शन उत्पादन सम्बन्धी जानकारी पसल सजावट बिक्री प्रवद्र्धन सम्बन्धी आकर्षक स्किम आकर्षक प्याकेजिङ्ग लगायतका क्षेत्रहरु समेटेर उत्कृष्ट कार्य गर्ने व्यवसायीहरुलाई प्रथम द्वितिय तथा तृतिय गरी संघबाट प्रशन्सा पत्र प्रदान गर्ने टेमानीले जानकारी गराउनु भयो। यसै गरी वीरगंज महोत्सव बसपार्क देखि वीउवासंघ कैलास होटल देखि त्रिभुवन स्कुल सम्मको क्षेत्रलाई अगोटने जानकारी समेत आजको बैठकमा जानकारी