वीरगंज २८ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अनिश्चितता र अराजकता हावी हुंदै गइरहेको आरोप लगाएका छन्।
आज रिपोर्टस क्लब नेपाल पर्सा शाखाद्वारा आयोजित साक्षुत्कार कार्यक्रममा बोल्दै उनले संविधान निर्माण गर्ने अभियानमा गतिरोध देखापरेको छ बताए।
थापाले निर्धारित समयमा संविधान निर्माण हुन नसक्ने बताउंदै उनले संवैधानिक र राजनीतिक रिक्तताको अवस्थामा जे पनि हुन सक्ने चेतावनी दिए। थापाले संघर्ष आन्दोलन र विद्रोहको बाटोबाट राष्ट्रिय सरकार निर्माण हुन नसक्ने बताए।
थापाले चीन र भारत दुवैको चलखेल नेपालमा बढीरहेको आरोप लगाउंदै राजा सहितको प्रजातन्त्रलाई राप्रपाले आपुनो आधार बनाइरहेको दाबी गरे।
Comments
Post a Comment