Skip to main content

Posts

Showing posts from July 14, 2009

बजेटप्रति वीउवासंघको धारणा

वीरगंज, ३० असार/नेपाल सरकारले हिजो मात्रै प्रस्तुत गरेको आर्थिक वर्ष२०६६/०६७ को बजेटले सबै वर्ग र क्षेत्रलाई समेट्ने प्रयत्न गरेको देखिन्छ । प्रस्तुत बजेटले निजी क्षेत्रको अपेक्षाहरूलाई धेरै नभए पनि प्राथमिकताका आधारमा सम्बोधन गर्न खोजेको कुरा वीउवासंघका अध्यक्ष ओमप्रकाश सिकरिया बताउनुहुन्छ । राजमार्ग तथा अन्य लोकमार्गहरूमा ढा"ट राख्न नपाउने जिविसको कबाडी कर खारेजीलाई निजी क्षेत्रले अत्यन्तै सकारात्मक रूपमा लिएको धारणा अध्यक्ष सिकरियाको रहेको छ । निजगढ-काठमाडौं द्रूत मार्ग निर्माण र निजगढमा अन्तर्रर्ााट्रय विमानस्थल निर्माणमा प्रस्तुत बजेट विनियोजन, आर्थिक पर्ूवाधारको विकास लगायतका कुराहरू सकारात्मक रहेका छन् भने अपेक्षा गरिएको आर्थिक वृद्धि दरको उपलब्धता संदेहास्पद रहेको धारणा संघका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठको रहेको छ । प्रस्तुत बजेटबारे प्रतिक्रिया दिंदै संघका बरिष्ठ उपाध्यक्ष अशोक कुमार टेमानी भन्छन्- बजेटको आकार ठूलो रहेको देखिन्छ । तथापि निजी क्षेत्रले उठाउ"दै आइरहेका ऊर्जा संकटको निवारणका लागि बजेटले देखाएको तत्परता सराहनीय रहेको छ । यसका साथै न

मानव अधिकार एलाइन्सद्वारा महंगी र मिसावट नियन्त्रण गर्न मांग

वीरगंज, ३० असार । जनताका दैनिक जीविकोपार्जनको लागि खाद्य लगायत अन्य दैनिक उपभोग्य वस्तुहरुको महंगी र मिसावट जस्ता कार्यहरुको तुरुन्त नियन्त्रण गर्न मानव अधिकार एलाइन्सले मांग गरेको छ। एलाइन्सका केन्द्रीय सदस्य केशवप्रसाद रेग्मीले जारी गरेको विज्ञप्तिमा मानवअधिकार एलाइन्सको स्थापना भएको आज एक दशक पुगेको भन्दै जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा झाडा पखालाका कारण एकसय भन्दा बढी व्यक्तिहरुको मृत्यु भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ। विज्ञप्तिमा देशमा महंगीले जनता पीडित भइरहेका छन् । अन्तरष्ट्रिय रुपमा आर्थिक मन्दीका कारण बजार र वस्तुको मूल्यमा गिरावट आउने क्रम तीब्र भइरहेको भएता पनि नेपालमा भने खाद्य लगायत अन्य दैनिक उपभोग्य वस्तुहरुको मूल्यमा दिनप्रतिदिन बढोत्तरी भइरहेको छ । हत्या हिंसा, अपहरुण, फिरौती आतंकले दण्डहिनता आकाश्ािएको छ । त्यस प्रति ध्यान केन्द्रीत गर्दै आधारभूत मानवअधिकारको संरक्षण तथा सम्वन्धमा ध्यान केन्द्रीत गर्न माग गरेको उल्लेख छ।

भावना चलचित्र मन्दिरमा आगलागी

चितवन, ३० असार । गुन्जानगर-४ मा रहेको भावना चलचित्र मन्दिरमा आगलागी हुंदा लाखौंको क्षति भएको छ। गए राति विजुलीको तार र्सट भइ आगोलागी हुंदा हलको पर्दाको सामान लगायत करिब ४६ लाख बरावरको धनमाल क्षति भएको छ भने प्रहरी, स्थानियबासी र दम्कलको सहयोगबाट आगलागी नियन्त्रणमा लिइएको थियो।

बारा, चितवन, धादिङ, धनुषामा दुर्घटना

वीरगंज, ३० असार । दुर्घटनामा घाइते भएपछि पीडितका आफन्तजनले क्षतिपुर्तिको मांग गर्दै आज बिहानदेखि अवरुद्ध गरेको वीरगंज-परवानीपुर सडकखण्ड सुचारु भएको छ। आज बिहान बाराको लिपनीविर्ता- ६ नजिकै ना.३.ख.२४९४ नं.को बसले ना.७.प.५८०२ नं.को मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक गणेश राउत सामान्य घाइते भएपछि उनका आफन्तहरु क्षतिपूर्तिको माग राख्दै आज बिहान सो सडकखण्ड अवरुद्ध गरेका थिए। क्षतिपूर्ति दिने शर्तमा प्रहरीले अवरुद्ध बाटो सुचारु गराएको थियो। यसैगरी धादिङको नौविसे ६ नजिकै पृथ्वी राजमार्गमा विभिन्न मांग राख्दै टिपर चालकहरुले आज बिहान सवारीसाधन तर्ेसाइ सडक अवरुद्ध गरेका थिए। सडक दुर्घटनामा परी एक चालकको मृत्यु भएपछि पीडित परिवारजनले क्षतिपूर्तिको मांग राख्दै अवरुद्ध गरेको चितवनको लोथर-भण्डारा सडकखण्ड सुचारु भएको छ। गए राति ना.१.क.२२७० नं.को मालबाहक ट्रकको ठक्करबाट डाइभर टोल बस्ने २२ वर्षीय चालक राजु बस्नेतको मृत्यु भएपछि पीडितका आफन्तजनले क्षतिपुर्तिको मांग अवरुद्ध गरेको सडकखण्ड प्रहरीले बल प्रयोग गरी सुचारु गरेको हो। ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ। धनुष

भारी परिमाणमा गांजा पक्राउ

वीरगंज, ३० असार । भारतीय टैकंरबाट भारी परिमाणमा अवैध गांजा बरामद गरेको छ। आज बिहान वीरगंज भंसार नजिकै सुराकीको आधारमा सशस्त्र प्रहरीले बीआर ०६६ ५४५९ नं.को टयाकंरको भित्र ३१४ पोका गांजा बरामद गरेको हो। एक पोकामा १५ देखि २० केजी गांजा रहेको र टैकंर चालक फरार रहेको प्रहरीले जनाएको छ। सो गांजा वीरगंज भंसारमा हाल रहेको छ भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गएराति बाराको पथलैया चोकमा लागूऔषधसहित प्रहरीले दुइजनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा लम्जुङ भलाय खक्रे ९ बस्ने बिकाश गुरुङ -२१) र इलाम शान्तिपुर ६ बस्ने प्रकाश खड्का -२३) लाइ लागू औषध ९८ थान इन्जेक्सन डाइजेपाम र नुफिन सहित प्रहरीले पक्राउ गरेको हो। यसैगरी निजगढ ५ मा रहेको राजु खुलालको होटलबाट लागूऔषधसहित दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिमरा-५ बस्ने उत्सव गुरुङ र निजगढ ६ बस्ने राजु शाहीको साथबाट गांजा १४ ग्राम र ब्राउन सुगर १ ग्राम बरामद गरेको हो। यसैगरी आज बिहान ९ बजे पर्साको लंगडी-हरिहरपुरको नहर क्षेत्रबाट करिब १५ केजी गांजासहित ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ। शरीरभित्र गांजा लुकाएर आउंदै गरेको सुर्जाहा-६ नि