Skip to main content

Posts

Showing posts from January 30, 2010

उद्योगी व्यवसायीहरुको उपप्रमंसंग गुनासो

वीरगंज, १६ माघ । उपप्रधानमन्त्री तथा भौतिक योजना तथा निर्माणमन्त्री विजय गच्छदारले वीरगंजमा रिंगरोडको आवश्यकता रहेको बताएका छन्। आज वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको उपप्रधानमन्त्री विजयकुमार गच्छदारको सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले आर्थिक विकास बिना मुलुकको कहिल्यै विकास नहुने कुरामा जोड दिए। कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसंग स्थानीय उद्योगी व्यापारीहरुले शान्ति सुरक्षाको स्थितिमा तत्कालै सुधार गर्न मांग गरेका छन् । तस्बिर - उत्तम खडगी

मनकामना क्षेत्र संरक्षण समितिमा श्रेष्ठ

अनुज सुवेदी हेटौडा, १६ माघ। मनकामना क्षेत्र संरक्षण तथा विकास परिषद्को अध्यक्षमा हेटोैँडाका व्यवसायी रामकृष्ण श्रेष्ठ निर्वाचित हुनु भएको छ। मनकामना मन्दिर परिसरमा आज -शनिवार) सम्पन्न परिषद्को तेश्रो वाषिर्क साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति निर्वाचित भएको निवर्तमान अध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिनु भयो। मनकामना देवीको मन्दिरको संरक्षण लगायत् त्यस क्षेत्रको विकासका लागि नवनिर्वाचित कार्यसमिति सक्रियतापर्ूवक क्रियाशील हुने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताउँनु भयो। परिषद्का उपाध्यक्षमा अर्जुनप्रसाद तिमल्सिना, सचिवमा खिलप्रसाद चौलागाईँ, सहसचिवमा कृष्ण बिडारी र कोषाध्यक्षमा डेमिलुङ्जङ्ग शाह निर्वाचित हुनु भएको श्रेष्ठले जानकारी दिनु भयो।

रक्तदान कार्यक्रम सम्पन्न

तस्बिरः उत्तम खडगी वीरगंज, १६ माघ । स्नेही मिलनले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्। आज वीरगंजको त्रिजुद्ध माविमा सम्पन्न सो रक्तदान कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष भूपेन्द्र पौडेलले गरेका थिए।

संघीयताले देश टुक्रिन्छ भन्नु गलत हो- उपप्रम गच्छदार

वीरगंज, १६ माघ । उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले संघीयताले देश टुक्रिन्छ भन्नु गलत रहेको दाबी गरेका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले अहिलेको सरकारको कुनै विकल्प नरहेको बताए। उनले जातियताको आधारमा देशको राज्य विभाजन गर्नु हुंदैन भन्ने कुरामा जोड दिंदै २५ दलका नेताहरुलाई पनि सिंगापुर पठाइ त्यहांको विकासको बारेमा बुझन अवसर दिनुपर्ने कुरामा जोड दिए। उनले नेपाललाई कसैले टुक्रयाउन नसक्ने चेतावनी दिए।

शान्ति र संबिधानका लागि मिशन पत्रकारीता आबश्यक ः धमला

बीरगञ्ज, १६ माघ। रिर्पोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलाले शान्ति प्रकृयालाई समयमा टुङगोमा पुराएर नयाँ संबिधान निर्धारीत समयमा जारि गर्न मुलुकमा मिसन पत्रकारीता आबश्यक रहेको भएको छ। बिरगञ्जबाट प्रकासीत हुने अंकुश दैनिकको १२ औ बाषिर्क उत्सव कार्यक्रममा आज धारणा राख्दै अध्यक्ष धमलाले तोकिएको समयमा शान्ति प्रकयालाई तार्किक निस्कर्षा पुराएर नयाँ संबिधान जेष्ठ १४ जारि गर्नका लागि मिशन पत्रकारीता आबस्यक रहेको बताउनु भयो। प्रमुख अतिथिका रुपमा उपस्थित धमलाले केहि समयका लागि ब्यावसायीक पत्रकारीता लाई कम महत्व दिएर शान्ति र संबिधानका लागि सबैले सहयोग गर्नु पर्ने दोहराउनु भयो। उच्च स्तरीय राजनीतिक संयन्त्र राजनीतिक सहमति र सहकार्यका लागि संजिविनी बुटि भएको उल्लेख गर्नु भएका अध्यक्ष धमलाले लोकतन्त्र, काननी राज्य, प्रेस स्वतन्त्रताका लागि संयन्त्रले सहयोग गर्ने बताउनु भयो। तर्राईका क्षेत्रमा सञ्चारकर्मिलाई पत्रकारीता पेसको जिम्बेवारी निभाउन अत्यन्तै चुनौती रहेको बताउनु भएका धमलाले स्वतन्त्र प्रेसको सम्मान गर्न अबै संग अपिल गर्नु भएको छ। तर्राईमा कार्यरत पत्रकारको सुरक्षा प्रति चिन्तीत अध्यक्ष ध

मैले उपप्रमं पद खोसेर लिएको हुं - गच्छदार

वीरगंज १५ माघ । मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिकको कार्यकर्ता भेला आज सम्पन्न भएको छ । कार्यकर्ता भेला अगावै पार्टर्ीीार्यालयको उद्घाटन गर्न उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजय कुमार गच्छेदारलाई आज बिहान मधेशी जन अधिकार फोरम नेपाल -उपेन्द्र यादव समूहका) कार्यकर्ताहरुले मर्ूर्ली चोकमा कालो झन्डा देखाएपछि फोरम नेपाल र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले प्रहार गरेको लाठी लागेर फोरम नेपालका १६ नं. वडा इकाइका अध्यक्ष नूरआलम अन्सारी घाइते भएका छन् । झडपका क्रममा फोरम नेपालका ५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् । पार्टर्ीीार्यालय उद्घाटनपछि खाना खान होटल सम्झना पुग्नुभएका उपप्रधानमन्त्रीको विरोधस्वरुप फोरम नेपालका कार्यकर्ताहरुले ट्राफिक प्रहरीको ना १ झ ६७० नं.को गाडीमा आगो लगाएका थिए । आगलागीबाट गाडीमा सामान्य क्षति पुगेको छ । सो आगलागी भएको गाडीलाई सोही स्थानमा रहेका प्रहरीहरुले खरानी हालेर आगो नियन्त्रणमा लिएका थिए । यता वीरगंजको नगरसभागृहमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेला निर्धारित समयभन्दा केही अवेर सुरु भएको थियो । भेलालाई सम्बोधन गर्द