Skip to main content

मैले उपप्रमं पद खोसेर लिएको हुं - गच्छदार

वीरगंज १५ माघ । मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिकको कार्यकर्ता
भेला आज सम्पन्न भएको छ । कार्यकर्ता भेला अगावै पार्टर्ीीार्यालयको
उद्घाटन गर्न उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजय
कुमार गच्छेदारलाई आज बिहान मधेशी जन अधिकार फोरम नेपाल -उपेन्द्र यादव
समूहका) कार्यकर्ताहरुले मर्ूर्ली चोकमा कालो झन्डा देखाएपछि फोरम नेपाल
र प्रहरीबीच झडप भएको थियो ।
झडपका क्रममा प्रहरीले प्रहार गरेको लाठी लागेर फोरम नेपालका १६ नं. वडा
इकाइका अध्यक्ष नूरआलम अन्सारी घाइते भएका छन् । झडपका क्रममा फोरम
नेपालका ५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् ।
पार्टर्ीीार्यालय उद्घाटनपछि खाना खान होटल सम्झना पुग्नुभएका
उपप्रधानमन्त्रीको विरोधस्वरुप फोरम नेपालका कार्यकर्ताहरुले ट्राफिक
प्रहरीको ना १ झ ६७० नं.को गाडीमा आगो लगाएका थिए । आगलागीबाट गाडीमा
सामान्य क्षति पुगेको छ । सो आगलागी भएको गाडीलाई सोही स्थानमा रहेका
प्रहरीहरुले खरानी हालेर आगो नियन्त्रणमा लिएका थिए ।
यता वीरगंजको नगरसभागृहमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेला
निर्धारित समयभन्दा केही अवेर सुरु भएको थियो । भेलालाई सम्बोधन गर्दै
उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले लक्ष्मण चौधरी र उपेन्द्र यादवलाई
कुकुर र बिरालोको संज्ञा दिनुभएको थियो ।
उहांले समग्र मधेश एक प्रदेशको आवाज उठाउने उपेन्द्र यादव र समग्र
तर्राई थरुहट प्रदेशको आवाज उठाउने लक्ष्मण थारु दुवैजना एक भएर मधेशलाई
कमजोर पार्न खोजेको आरोप लगाउनुभयो । उपेन्द्र यादव समग्र मधेश एक
प्रदेशको भावना विपरित गएको बोल्नुभएका उपप्रमं गच्छदारले दुवैलाई कुकुर
र विरालोको संज्ञा दिनुभयो ।
उहांले उपप्रधानमन्त्री पद कसैले दिएर होइन, खोसेर लिएको बताउनुहुंदै
कसैको कृपाले उपप्रमंको पद नलिएको बताउनुभयो ।
उहांले शहीदको परिवारहरुका सदस्यहरुलाई रोजगारीको व्यवस्था, आन्दोलनमा
शहीद भएकाहरु अन्यलाई शहीद घोषणा गर्ने बताउनुभयो ।
गच्छदारले उपराष्ट्रपतिको विवाद साम्य गर्न खोज्दा उपेन्द्र यादव र
एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले विभिन्न बखेडा सिर्जना गरेको आरोप
लगाउनुभयो ।
कम्युनिष्ट विचारधारा बोकेका उपेन्द्र यादव सरकारमा छंदा ६ महिना विदेश
भ्रमण गरेर बिताएको र सरकार ढलेपछि मधेशको याद आएर सदरमुकाम नगएर
गाउं-गाउं लागेको, मधेशीहरुको लागि सरकारमा बसेर केही गर्न नसकेको,
एकलौटीरुपले पार्टर्ीीलाउन खोजेको आरोप लगाउनुभयो । उपेन्द्र यादवले
फोरमलाई अनाथ बनाएर नालामा फालेपछि आफूले अनाथ र नालामा फालेको
पार्टर्ीीई मिलाएर जोगाएको दाबी गर्नुभयो । उहांले हाम्रो पार्टर्ीी
नेपालमा बोल्ने सवै भाषालाई मान्यता दिलाएको बताउंदै नेपाली भाषा
बोल्नेहरुको विरोध गर्ने पार्टर्ीीोइन, अरुलाई कालोझन्डा देखाउने
पार्टर्ीीोइन भन्नुभयो । पर्यटनमन्त्री शरद्सिंह भण्डारी, केन्द्रीय
सदस्य वीरेन्द्रलाल नेपाली, कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगम,
सभासद् दर्ुगा देवी मण्डल, के.स. वीरेन्द्र यादव लगायतले आ-आप\mनो
मन्तव्य राख्नुभएको सो कार्यक्रममा किशोरी यादवको सभापतित्वमा सम्पन्न
भएको थियो ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।