Skip to main content

Posts

Showing posts from January 8, 2010

भिषण आगोलागी

ज्ञानेन्द्र शर्मा लिवाङ रोल्पा पौष २४ गते। रोल्पा जिल्ला संग सिमाना जोडिएको प्युठानको अति बिकट स्याउलीवाङ गाविसमा आज दिउसो १ः३० बजेदेखी भिषण आगोलागी भएको छ। आगोलागीबाट सो गाविसका ५, ६ र ७ वडाका करिब २ सय घरहरु जलेर नष्ट भएका छन्। आगोलागी के कसरी भएको हो भन्ने बारेमा अझै खुल्न सकेको छैन। आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगोलागीबाट के कति क्षति भयो भन्ने बारेमा पनि अझै बिबरण आउन सकेको छैन।

टेलीकमको ताला खुल्यो

-ज्ञानेन्द्र शर्मा लिवाङ रोल्पा पुष २४। १५ दिनभित्रमा सेवा सुचारु गर्ने सहमती जनाए पछि नेपाल टेलीकम रोल्पाको कार्यलयमा लागेको ताला आज खुलेको छ। टेलीकम र सेवाग्राही संर्घष्ा समिति विच आज जिल्ला प्रशासन कार्यलयमा भएको सहमती पछि हिजोदेखी लागेको ताला खुलेको हो। संर्घष्ा समितिले १५ दिन भित्र समस्या समाधान नभए आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्ने चतावनी दिएको छ। एक महिना अघीदेखी काम गर्न छाडेको थवाङ्ग घम्चीन लेकमा रहेको टावर मर्मतका लागी पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै पीडित सेवाग्राही संर्घष्ा समितिले टेलीकमको कार्यलयमा लगाएको थियो।

उच्चस्तरिय राजनीतिक संयन्त्रको गठन भएकोमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) हार्दिक स्वागत

काठमाडौं, २४ पुस। नेपालका लागि महासचिवका प्रतिनिधि करिन लेनग्रेनले आज एक वक्तव्य जारी गर्दै शान्ति प्रव्रिmयासँग सम्बन्धित मुद्दाहरू सम्बोधन गर्न बहुदलीय संवादका लागि उच्चस्तरिय राजनीतिक संयन्त्रको गठन भएकोमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन -अन्मिन) हार्दिक स्वागत गरेको छ। वक्तव्यमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आप\mनो प्रस्ताव १८७९ -२००९ जुलाई) मा यस्तो संयन्त्रलगायतका उपायबाट राजनीतिक दलहरूबीच सुदृढ र दिगो साझा दृष्टिकोण सिर्जना गर्न प्रोत्साहन गरेको थियो। नेपालको नयाँ संविधानलाई समयसीमा भीत्रै अन्तिम रूप दिन र माओवादी सेनाका सदस्यहरूको समायोजन र पुनर्स्थापना गर्नेजस्ता शान्ति प्रक्रियाका दर्ुइ महत्वपर्ूण्ा कदम चाल्नका लागि दलहरूबीच सहमति अति महत्वपर्ूण्ा भएको बेला नै यो उच्चस्तरिय राजनीतिक संयन्त्र गठन भएको छ। यो संयन्त्रले शान्ति प्रव्रिmयालाई नयाँ गति प्रदान गर्नेमा अन्मिन आशावादी छ र पक्षहरूलाई आप\mनो उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सदैव तत्पर छ।

तरलोक सिंह मेमोरियल क्रिकेट टर्ुनामेन्टको पांचौ दिन

वीरगंज, २४ पुस। तरलोक सिहं मेमोरियल क्रिकेट टर्ुनामेन्टको आज पहिलो चरणको खेल अर्न्तर्गत जि.एच.पि मा.वि र गौतम मा.विबीच भइरहेको छ भने दोश्रो खेल विद्या सदन मा.वि र ज्ञान ज्योति मा.विबीच हुने भएको छ। वीरगंजको नारायणी रंगशालामा भइरहेको सो प्रतियोगिताको चौथो चौथो दिन बिहीवार विद्या सदन माविले टस जिती १९.१ ओवरमा १० विकेटको नोक्सानीमा १३० रन बनाएको थियो। गे्रस माविलाई १३१ रनको लक्ष्य दिएपछि १९.५ ओवरमा १० विकेट को नोक्सानी १०३ रन बनाइ २७ रनले पराजित भएको थियो। विद्या सदन मावि २७ रनले विजय भयो भने म्यान अफ दि म्याच विद्या सदन मावि का अफरोज अन्सारीले २४ बलमा २१ रन बनाएका थिए।

छिमेकीले घुम्तीमा आगो लगायो

वीरगंज, २४ पुस । व्यक्तिगत विवादमा छिमेकीले एक व्यक्तिको गोठ र पसलमा राखेको घुम्तीमा आगजनी गरेका छन्। आज बिहान ८ बजे सर्लाहीको हजरिया-९ बस्नेे रामविनय महतो र सोनेलाल महतोबीच विवाद भएपछि राम विनयको गुम्तीमा छिमेकी वीरेन्द्र र सोनेलालले आगो लगाएका हुन्। आगलागीबाट लाखौको क्षति भएको तथा आगजनी गर्ने दुवै फरार भएको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

एनेकपा माओवादीद्वारा ३ ट्रकमा आगजनी

वीरगंज, २४ पुस । एनेकपा माओवादीले बाराका दुइ स्थानमा ३ वटा मालवाहक ट्रकमा आगजनी गरेको समाचार प्राप्त भएको छ। आज बिहान चार बजे पथलैया-निजगढ सडकखण्डको बालगंगा पुल नजिक ग १ ख २५३४ र ग १ क १२२५ नं.को मालबाहक ट्रक र पथलैया सिमरा सडकखण्डको बजनीमा एउटा ट्रकमा माओवादी कार्यकर्ताले आगजनी गरेको बताइएको छ। माओवादीले चालक र खलासीलाई नियन्त्रणमा लिएर आगजनी गरेको र वीरगंजबाट गएको वारुणयन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ । त्यसैगरी बजनीमँ ७ वटा ट्रकमा तोडफोड पनि गरेका छन्। एनेकपा माओवादीले आफनो तीन कार्यकर्ताको हत्याको विरोधमा आहवान गरेको बारा, पर्सा, रौतहट अनिश्चितकाल बन्दको उल्लघंन गरेको भन्दै ट्रकमाथि आगजनी गरेको बताइएको छ। बन्दको कारण यहांको लामा दुरीको सवारीसाधन ठप्प भए पनि बजार, उद्योग, प्रतिष्ठान कलकारखाना, शिक्षणसंस्था, छोटो दुरीको सवारीसाधन सुचारु रहेको छ।

मोर्चाद्वारा तीन माओवादी कार्यकर्ताको गोली हानी हत्या

वीरगंज, २३ पुस। तर्राई मुक्ति मोर्चाका कार्यकर्ताले तीनजना माओवादी कार्यकर्ताको गोली हानी हत्या गरेको छ भने दर्ुइजना घाइते भएका छन्। गए राति बाराको गन्जभवानीपुरमा मोर्चाका कार्यकर्ताले चलाएको गोली लागेर गंजभवानीपुर गाविस २ निवासी २८ वषर्ीय अम्विका महतो, २६ वषर्ीय रामप्रकाश यादव र दाराप्रसाद यादवको मृत्यु भएको हो। गंजभवानीपुरमा कन्हैया यादवकोे इंटाभट्टाको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा ४ वटा मोटरसाइकलमा आएका हतियारधारी मोर्चाका कार्यकर्ताले लुकेर माओवादी कार्यकर्तामाथि गोली प्रहार गरेको बताइएको छ। गोली लागी एकीकृत नेकपा माओवादीका बारा जिल्ला सदस्य एवं क्षेत्र नम्वर २ का एरिया सेक्रेटरी कन्हैया यादव र स्थानीय बासिन्दा सियाराम महतो र्घाईते भएका छन्। गम्भीर घाइते भएका यादवलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अर्का घाइते महतोको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ। घटनास्थलमा अत्याधुनिक एसएमजी गोलीका खोकाहरू भेटिएको प्रहरीले जनाएको छ। यसैवीच सो हत्याकाण्डको जिम्मेवारी मोर्चाका बारा, पर्सा रौतहटका सैन्य कमाण्डर अग

नेकाको जिल्लास्तरीय कार्यकर्ता भेलामा विवाद र लाठीचार्ज

वीरगंज, २३ पुस। नेपाल कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले आज वीरगंज नगर सभागृहमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गिरिजाप्रसाद कोइराला वृद्ध भइसक्नुभएको छ, उहांलाई राष्ट्रपतिको मोह नरहेको उल्लेख गर्नुभयो। देशको शान्ति प्रक्रिया नेकपा माओवादीकै कारण नै विग्रिदै गएको भन्दै नेकपा माओवादी गैरजिम्मेवार कुरा गर्दै हिडिरहेको बताउनुभयो। उहांले सेनाको मनोबल घटाउन जर्नेललाई बर्खास्त गर्नु र रुक्मांगत कटवाल प्रकरणमा विवाद उठाउनु सत्ता कब्जा गर्ने षडयन्त्रको पर्दाफास भएको बताउनुभयो। कोइरालाले राष्ट्रपतिले चालेको कदम राष्ट्रिय हितमा रहेको भन्दै उहांको कदमलाई सम्मान गर्नुपर्ने बताउंदै सरकारले राष्ट्रपतिको तस्बिरलाई सरकारी कार्यालयमा नराखेकोमा दुखेसो पोख्नुभयो। उहांले एनेकपा माओवादीले अहिले नयां नारा राष्ट्रिय स्वाधीनताको उचाल्दै हिडिरहेका छन् भने अर्कातर्फ भारतलाई मालिक भन्ने माओवादीले सुगौली सन्धि, सन् १९५० को सन्धिको लगायतको कुरा उठाएर जनतामा भ्रम फैलाइरहेको आरोप लगाउनुभयो। कोइरालाले राष्ट्रियता मधेशीमा रहेको स्व. वीपी कोइरालाले भन्नुभएको स्मरण गर्दै आफूहरु

माओवादी सेनाको शिविरबाट नाबालिगको बिदाइ

सिन्धुली, २३ पुस। नेपालको मध्यमाञ्चलको सिन्धुलीमा रहेको माओवादीको मुख्य शिविरमा आयोजित बिदाइ समारोहपछि नेपाली युवा युवतीको एउटा समूहले आज सैनिक जीवनलाई त्यागेर नागरिक जीवनतिर र्फकदैछन्। बालबालिका वा तोकिएको मितिभन्दा पछि भर्ति भएका कारण माओवादी सेनामा योग्य नठहरिएकाहरूको यो पहिलो समूहलाई बिदाइ गरिदैँछ। नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि तथा मानवीय सहयोग संयोजक रोबर्ट पाइपर भन्नुहुन्छ, आजको दिनलाई सन् २००६ देखि शिविरमा बसिरहेका हजारौँ नेपालीहरूका लागि नागरिक जीवनमा र्फकने पहिलो कदमका रूपमा लिन सकिन्छ। यो समारोह शान्ति प्रव्रिmयाको एउटा महत्वपूर्ण कोषेढुङ्गा हो र यसले विस्तृत शान्ति सम्झौतामा उल्लेखित अन्य कामहरूलाई पनि गति प्रदान गर्नेछ भन्नेमा हामी आशावादी छौं। यी युवाहरू १८ वर्षउमेर नपुगेका ५०० जनासहित ४,००८ जना मध्येका हुन जसलाई आगामी ४० दिन भित्र बिदाइ गरिदैँछ। यो पुनर्स्थापना प्रव्रिmया अर्न्तर्गत युवाहरूले संयुक्त राष्ट्रसंघको सहयोगमा नेपाल सरकारद्वारा प्रदान गरिने विभिन्न अवसरहरू प्राप्त गर्नेछन् जसमा नयाँ सिप सक्ने, विद्यालय फर्केर पढ्ने वा व्यापार व्यवसाय

वनगस्ती र स्थानीयवासीबीच गोली हानाहान

बीरगंज २३ पुस/ अवैधरुपमा रुख कटानी गरेको आरोपमा पांच जनालाई पर्सा जिल्लाको भतौडा रेन्जपोष्ट अर्न्तर्गतको सरकारी वनक्षेत्रका गस्ती टोलीले पक्राउ गरेको छ। जिल्ला वन कार्यालय पर्सा, इलाका वन कार्यालय बसन्तपुर र रेन्जपोष्ट रंगपुरको संयुक्त गस्ती टोलीले सुराकीको आधारमा राष्ट्रिय वन फडानी गर्ने सोनवर्षका चन्देश्वर महतो, ओनार्सर्ेवी, सरोज चौधरी, शम्भु कानू र सुरेन्द्र चौधरीलाई पक्राउ गरेको सहायक वन अधिकृत कपिलदेव पटेलले बताउनु भयो। राष्ट्रिय वन क्षेत्रबाट रुख काटेर र्साईकलमा लोड गरी भारततर्फलैजाने क्रममा रंगेहात वन गस्ती टोलीले पक्राउ गरेपछि काठ तस्करलाई रिहा गराउन सोनवर्षबासीले वन गस्ती टोली माथि गोली प्रहार गरेको बताइएको छ। प्रतिकारमा वन रक्षकहरुले चार राउण्ड गोली प्रहार गरेपछि स्थानीयवासी तितरबितर भएको सहायक वन अधिकृत पटेलले बताउनु भयो।

शितलहरका कारण दुइको मृत्यु

वीरगंज २३ पुस। कठ्याङ्ग्रीदो जाडोसँगै बढेको शितलहरका कारण बारा र पर्सामा गरी थप २ जनाको मृत्यु भएको छ। योसंगै मध्य तर्राईमा जाडोको कारण मृत्यु हुनेको सङ्ख्या दर्जनौं पुगेको छ। अत्याधिक चिसोका कारण कठ्याङ्ग्रीएर बुधबार राति बारा लिपनीमाल गाविसका ५५ वषर्ीय बुधन राम र पर्सा जानकीटोलाका ६६ वषर्ीय रुदल केवटको मृत्यु भएको प्रहरीले जनाएको छ। शितलहर र बाक्लो हुस्सुको कारण ७ दिनदेखि मध्य तर्राईको जनजीवन कष्टकर बनेको बताइएको छ।

बन्दविरुद्ध उद्योगी/व्यवसायी एकबद्ध हुने

-अर्जुन सुवेदी हेटौडा, २३ पुस। पटकपटकको बन्दबाट यातायात व्यवसायी र उद्योगीहरु सबैभन्दा पीडित भएको भन्दै बन्दका विरुद्ध एकताबद्ध हुन सम्बद्ध संघहरु सकारात्मक देखिएका छन्। बन्दका विरुद्धमा कार्यदल नै बनाएर सहकार्य थाल्ने उनीहरुले बिहीबार एक कार्यक्रमका बीच हेटौंडामा प्रतिबद्धता जनाएका छन्। उद्योग संघ हेटौंडाका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा नारायणी यातायात व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा एक्ला-एक्लै हिंड्ने बानी हटाउने विषय उठेको नारायणी संघका सञ्चार संयोजक अर्जुन क्षितिजले बताउनु भयो। हेटौंडामा सवारीबीच स्वतन्त्र प्रतिस्पर्धा भएको, राजनीतिक र औद्योगिक वातावरण सुमधुर रहेकोसम्बन्धमा व्यापक जानकारी गराउन सके नयां उद्योगहरु भित्रन सक्ने कार्यक्रमको निचोड रहेको उहांले जानकारी दिनु भयो। कार्यक्रममा स्वागत मन्तव्यका क्रममा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले व्यवस्थापन पद्धति र सहयोग हस्तान्तरणको कार्य शुरु गर्न अनुरोध गर्नु भएको थियो। व्यवसायको सफलता सक्षम व्यवस्थापनमा निर्भर रहने भएकोले उद्योगले यातायात व्यवसायमा पनि व्यवस्थापकीय सक्षमताका लागि पहल