Skip to main content

नेकाको जिल्लास्तरीय कार्यकर्ता भेलामा विवाद र लाठीचार्ज


वीरगंज, २३ पुस। नेपाल कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले आज वीरगंज नगर सभागृहमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गिरिजाप्रसाद कोइराला वृद्ध भइसक्नुभएको छ, उहांलाई राष्ट्रपतिको मोह नरहेको उल्लेख गर्नुभयो।
देशको शान्ति प्रक्रिया नेकपा माओवादीकै कारण नै विग्रिदै गएको भन्दै नेकपा माओवादी गैरजिम्मेवार कुरा गर्दै हिडिरहेको बताउनुभयो। उहांले सेनाको मनोबल घटाउन जर्नेललाई बर्खास्त गर्नु र रुक्मांगत कटवाल प्रकरणमा विवाद उठाउनु सत्ता कब्जा गर्ने षडयन्त्रको पर्दाफास भएको बताउनुभयो।
कोइरालाले राष्ट्रपतिले चालेको कदम राष्ट्रिय हितमा रहेको भन्दै उहांको कदमलाई सम्मान गर्नुपर्ने बताउंदै सरकारले राष्ट्रपतिको तस्बिरलाई सरकारी कार्यालयमा नराखेकोमा दुखेसो पोख्नुभयो।
उहांले एनेकपा माओवादीले अहिले नयां नारा राष्ट्रिय स्वाधीनताको उचाल्दै हिडिरहेका छन् भने अर्कातर्फ भारतलाई मालिक भन्ने माओवादीले सुगौली सन्धि, सन् १९५० को सन्धिको लगायतको कुरा उठाएर जनतामा भ्रम फैलाइरहेको आरोप लगाउनुभयो।
कोइरालाले राष्ट्रियता मधेशीमा रहेको स्व. वीपी कोइरालाले भन्नुभएको स्मरण गर्दै आफूहरुको तीन पुस्ता मधेशमै रहेको र आफू पनि मधेशी भएकोमा गर्व गर्नुभयो।
माओवादीले हत्या, हिंसा, आतंक फैलाई नागरिक स्वतन्त्रताको कुरा गर्दै हिडेको छ तर उनीहरुले नै पत्रकारको हत्या, झन्डा गाडेर घर-जमिन कब्जा गरी जनतामा त्रास फैलाइरहेको आरोप लगाउनुभयो।
कार्यक्रममा मर्यादाक्रम अनुसार मंचमा नेका महिला संघ र नेविसंघका अध्यक्षहरुलाई नबोलाएको भन्दै केही बेर विवाद भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो। पर्साका जिल्ला सभापति अजय कुमार द्विवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभासद् रमेश रिजाल, ओमप्रकाश शर्मा, अजय चौरसिया, तथा पूर्व मन्त्री सुरेन्द्रचौधरीको उपस्थिति थियो ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।