Skip to main content

Posts

Showing posts from September 24, 2009

बडा दशैं दशा नबनोस

-मुकेश बस्नेत वीरगंज, ८ असोज । विजया दशमीको अवसरमा बारा, पर्सामा चोरी डकैति र लुटपाटको घटनामा वृद्धि हुनुको साथै राजमार्गमा दुर्घटनाको क्रमले तीव्रता पाएको छ। हिजोआज पर्सा जिल्लामा प्रहरीले सुरक्ष्ँा स्थिति कडा पारेको भए पनि सन्तोषजनक छैन। सवारीसाधन चेकजांचको बहानामा दशै खर्च उठाउन व्यस्त छन प्रहरी प्रशासन। दशैको बेला सवारी चालकहरुले मदिरा लगायत लागू औषध सेवन गरेर सवारीसाधन चलाउने गर्दछन्, साथै पैसाको लोभमा परेर बस चालकहरु ओभर टाइम भन्दै दिनरात सवारीसाधन चलाउने गरेबाट नै दुर्घटना निम्तिने गरेको छ। तर्सथ प्रहरीले पहिले सवारीसाधन चलाउने चालकहरुले मदिरा सेवन गरे, नगरेको सोबारे जांचबुझ गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ, दशैंको बेला कोही आफनो गाउं, कोही मामाघर लगायत आफन्तजनको हातबाट टिका थाप्न उत्सुक हुन्छन्, सवारीसाधनको सुविधा नभएको र्सवसाधारणहरुले बस, ट्रकमा नै यात्रा गर्छन्, दशैंको बेला बसहरुले यात्रुहरुलाइ गुन्द्रुक कोचेसरि कोच्ने गर्छन् र मनपरी भाडा असूल्ने गर्छन्। यसबाट दुर्घटना हुने संभावना बढेको छ। हिन्दूहरुको महान चाड बिजया दशमीको बेला मह“गी बढ्दै गएपछि दशैंले दशाक

सभासदद्वारा नेरामाविलाइ एक लाख आर्थिक सहयोग

बीरगंज, ८ असोज । सभासद ओमप्रकाश शर्माले संसदीय कोषबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवा, वीरगंजलाई एक लाख रुपैयां आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। आज विद्यालयमा आयोजित सम्मान तथा बिजया दशमीको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन्। शर्माले भने- पांच लाख रुपैयां आर्थिक सहयोगबाट विद्यालयमा कक्ष्ँा १२ संचालन हुन्छ भने त्यो सहयोग गर्न तयार छु। विद्यालय ब्यवस्थापन समितिले स्कूलको भौतिक निर्माण्ँको लागि आर्थिक सहयोगको आग्रह सभासद शर्मा सामू गरेपछि उनले तत्कालै ५० हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता गरेका थिए तर आज पून सम्मान कार्यक्रममा उनले १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा प्रमुख अतिथि सभासद शर्मालाई दोसल्ला ओढाएर सम्मान गरेका गरिएको थियो।

राजनीतिक दलहरु शुभकामना आदान प्रदानमा व्यस्त

वीरगंज, ८ असोज । विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा नेकपा एमाले र मधेशी जन अधिकार फोरम लगायत विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ता शुभकामना तथा चियापान समारोहमा व्यस्त छन्। आज बिहान नेकपा एमाले पर्सा र मधेशी जन अधिकार फोरम पर्साले चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेता, कार्यकर्ता लगायतको उपस्थिति थियो।

लागूऔषध सहित युवक पक्राउ

वीरगंज, ८ असोज । लागू औषध सहित एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। हिजो सांझ बारा, सिमरा निवासी मनोज पटेललाई २२ थान फेनारगन र २१ थान डाइजोपाम सहित अलखियामठबाट पक्राउ गरेको हो। पक्राउ परेका पटेललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले आज जनाएको छ।

बडा दशैंको अवसरमा दुर्घटना नै दुर्घटना

वीरगंज, ८ असोज । वडा दशै नजिकिदै जांदा दुर्घटनामा व्यापक वृद्धि भए पनि सम्बन्धित निकाय मौन छ। आज बिहान दुर्घटनामा मृत्यु भएका परिवारजनले पूर्व पश्चिम राजमार्गको निजगढ-१ नजिकै अवरुद्ध गरेको सडक बिहान ११ बजे सुचारु भएको छ। गत असोज ६ ना.३ख २६११ नं.को बसको ठक्करबाट निजगढ १ निवासी ४५ वर्षीय भवनाथ अधिकारीको मृत्यु भएपछि पीडित पक्षले क्षतिपूर्तिको मांग सडक अवरुद्ध गरेका हुन्। यसैगरी आज बिहान ६ बजे बाराको भवानीपुर जितपुर-३ नजिकै ना.४ख १४६ नं.को टिपरको ठक्करबाट सोही ठाउं बस्ने ६ वर्षीया गनी कुमार रौनियार घाइते भएपछि उपचार खर्चको मांग गर्दै अवरुद्ध गरेको सडक बिहान पौने आठ बजे सुचारु भएको थियो। घाइतेको नाउक्ष्ँे अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने चालक प्रहरी नियन्त्रणमा छ । क्षतिपुर्तिको मांग गर्दै पीडित पक्षले अवरुद्ध गरेको मकवानपुरको सिस्नेरी-८ सडक खण्ड मध्यान्ह १२ बजे सुचारु भएको छ। बुधवार सोही स्थानमा सवारी दुर्घटनामा परी गणेश बहादुर बानियाको मृत्यु भएपछि पीडित पक्षले सो सडकखण्ड अवरुद्ध गरेका थिए। आज बिहान महेन्द्र राजमार्गको च.पुर-३ नजिकै ना.२ख २४४५ नं.को ट्रक र बा.२ख २७१८ नं.को ब

शिवशक्ति सोप इण्डस्टि्रजमा आगलागी

वीरगंज, ८ असोज । बाराको जितपुर-३ मा रहेको शिवशक्ति सोप इन्डस्ट्रीज प्रा.लि.मा अचानक आगलागी हुंदा लाखौंको क्षति भएको समाचार प्राप्त भएको छ। गए राति १० बजे कारखानाको मेशिनमा आगलागी भएपछि वीरगंजबाट गएको दुइ वटा वारुण यन्त्र, कलैया र हेटौडाबाट गएको वारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो। राति १ बजे नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय जनताबासी र दमकलको सहायताबाट सो आगलागी नियन्त्रणमा लिइएको हो। आगलागीबाट के कति क्षति भएको छ सोको विवरण प्राप्त हुन सकेको छैन।

दशैंको बेलामा नेपाली बजारमा भारतीय जाली नोट भित्रियो, दुइ भारतीय १६ हजार जाली नोटसहित पक्राउ

वीरगंज, ८ असोज । हिन्दूहरुको महान चाड विजया दशमी, तिहार, दीपावली र छठ पर्वको आगमनसंगै नेपालमा जाली भारतीय नोटहरु छयापछ्याप्ती देखिन थालेको छ। यसैक्रममा हिजो नक्कली भारतीय नोटसहित दुइजना भारतीयलाइ प्रहरीले पक्राउ गरेको छ। हिजो बिहान ११ः४५ बजे चुरियामाई-२ मा नक्कली नोट लिएर खसी बोका किन्न गएका भारत मोतिहारी घर बताउने बर्ष १८ को नजिर हुसेन र सोही ठाउं बस्ने बर्ष २५ को सरोज देवानलाई १६ हजार नक्कली नोट सहित पक्राउ गरिएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ। चार्डपर्वको मौका छोपी विभिन्न भेषभुषामा नेपाल छिरेका भारतीय नक्कली नोटका कारोबारीहरुले नेपाली बजारमा जाली नोटको संजाल फैलाएको प्राप्त जानकारीमा उल्लेख छ। अहिले भारतीय सीमार्वी क्षेत्र र वीरगंजमा भारतीय जाली नोट छयाप्छयाप्ती छ । त्यसो त नेपाली हजारको जाली नोट पनि देखा नपरेको होइन । झट्ट हर्ेदा दुरुस्त सक्कली देखिने भारतीय जाली नोटहरु सक्कली हुन कि नक्कली छुटयाउन नसक्दा र्सवसाधारण ठगिने गरेका छन्। गहिरिएर हर्ेर्ने हो हो भने हो भने जाली नोटका कागज कम गुणस्तरको हुने, नोटमा पानी दलेर हल्का रगडदा हातमा रंग देखापर्ने जस्ता जाली न

दशैंको बेलामा राजमार्ग असुरक्षित, दुइ स्थानमा लुटपाट

वीरगंज, ८ असोज । बडा दशैंसंगै राजमार्ग असुरक्षति हुंदै गइरहेको छ। चितवन र रसुवामा अज्ञात लुटेराहरुले लाखौंको रकम लुटेको प्रहरीले जनाएको छ। गए राति ३ बजे पृथ्वी राजमार्ग हुंदै नारायगढ तर्फआउदै गरेको ना.३ख १६१७ र १६१८ नं.को मालबाहक ट्रकलाई अज्ञात लुटेराहरुले चितवनको भण्डारा-२ नजिकै रोकेर चालकसंग रहेको नगद करिब २६ सय लुटेको प्रहरीले जनाएको छ। यसैगरी हिजो बिहान रसुवाको लहरेपौवा-१ बोगटीटार नजिकै ना.१क २१०७ नं.को मिनी ट्रकलाई अज्ञात लुटेराहरुले रोकेर लुटेका छन्। बियर लिएर धुन्चेबाट जांदै गर्दा चालकको साथमा रहेको करिब सात लाख रकम लुटेर फरार रहेको प्रहरीले जनाएको छ।