वीरगंज, ८ असोज । विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा नेकपा एमाले र मधेशी जन अधिकार फोरम लगायत विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ता शुभकामना तथा चियापान समारोहमा व्यस्त छन्।
आज बिहान नेकपा एमाले पर्सा र मधेशी जन अधिकार फोरम पर्साले चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नेता, कार्यकर्ता लगायतको उपस्थिति थियो।
Comments
Post a Comment