Skip to main content

Posts

Showing posts from November 30, 2009

एमाले र कांग्रेस चैते गणतन्त्रवादी- थापा

वीरगंज, १५ मंसिर । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले एमाले- कांग्रेस चैते गणतन्त्रवादी रहेको आरोप लगाएका छन्। आज वीरगंजमा सम्पन्न राप्रपा नेपालको तराइ मधेश राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहांले नेपाली कांग्रेस पथभ्रमित भएको छ। कांग्रेस विपीको विचारधारबाट अलग हिडिरहेको छ। यदी विपीको विचारधारामा नहिड्ने हो भने राप्रपा नेपालले बिपीको विचारलाई लिएर हिड्न तयार रहेको बताए। उनले भने -तराइबासीहरुले राजा नहुंदा देश अभिभावक विहिन भएको महसुस गरेका छन् भने बाहिरी शक्ति र पैसाको कारण दलहरुले हिन्दूत्वको पहिचान मेटाउन खोजेका छन्। मधेशीको भावना, हिन्दूत्वको लागि आन्दोलन गर्न राप्रपा नेपाल तयार रहेको र आन्दोलनको घोषणा गरिसकेको अध्यक्ष थापाले बताए। आन्दोलनको कार्यक्रम अनुसार माघ १० गतेदेखि १२ गतेसम्म खबरदारी सभा, माघ १३ गते उपत्यका बन्द, १४ गते सिंहदरबार घेराउ गर्ने रहेको बताए। उनले २०४७ सालको संविधान बनाउने कांग्रेस र एमाले आफैले संविधान नमान्नु भनेको जनतालाई धोका दिनु रहेको आरोप लगाए। अध्यक्ष थापाले आफूलाई मधेशको मसिहा ठान्ने मधेशवादी दलका नेताहरु चप्पल लगाउन नज

विद्यालयमा बेवारिसे बम

धनुषा, १५ मंसिर । विद्यालयमा फेला परेको वेवारिसे बम सशस्त्र प्रहरीले डिस्पोज पारेको छ। आज बिहान धनौजी-६ स्थित शंकर मा.वि.को कम्पाउण्डमा प्लाष्ट्रिकको बोरामा बम फेला परेपछि सशस्त्र प्रहरीले आज बिहान बमलाई सुरक्ष्ँित स्थानमा लगि डिस्पोज गरेको हो।

बारा र पर्साका सम्पूर्ण सरकारी कार्यालय सुचारु

वीरगंज, मङ्सिर १५/ जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाइ हातपात गर्ने कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई कारबाहीको माग गर्दै आन्दोलनरत कर्मचारीहरूले आन्दोलन फिर्ता लिइ आजदेखि काममा फर्किएका छन्। गए राति ९ बजे प्रशासनमा भएको सर्वपक्षीय बैठकमा चार बुंदे सहमति भएपछि कर्मचारीले आन्दोलन फिर्ता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी यादव कोइरालाको अध्यक्षतामा भएको बैठकमा घटना प्रति खेद प्रकट गर्ने, यस प्रकारको घट्ना दोहोरिन नदिने, नेपाल सरकारद्वारा दोषीलाई कानुन बमोजिम कारवाही र पीडितलाई क्षतिपुर्तिको लागि अनुरोध गर्ने, केन्द्रिय स्तरमा सूचित गर्ने लगायतको सहमति भएको हो। राजनीतिक दलका नेता, नागरिक समाज, मानव अधिकारवादी, सञ्चारकर्मी तथा कर्मचारी संघ संगठनका जिल्ला अध्यक्ष एवं पर्साका सुरक्षा प्रमुखको उपस्थितिमा कर्मचारीहरूको सर्वपक्षीय बैठकले बेगममाथि कार्बाहीको माग तथा कर्मचारीलाई उच्च मनोवलका साथ काममा र्फकन आग्रह गर्ने निर्णय गरेको छ। गत कात्तिक २४ गते राज्यमन्त्री बेगमले तत्कालिन प्रमुख जिल्ला अधिकारी भण्डारीमाथि थोत्रो गाडी उपलब्ध

दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको मांग गर्दै यातायात र बजार ठप्प

वीरगंज, १५ मंसिर । मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएपछि क्षतिपुर्तिको मांग गर्दै मृतकका आफन्तजन तथा स्थानीयवासीले वीरगंज ठप्प बनाएको छ। आज बिहान प्रदर्शनकारीहरुले बसपार्क, नेशनल टे्रडिङमा सडक अवरुद्ध गरेपछि सवारीका साधनहरु जाममा परेका छन्। गए राति वीरगंजको नेशनल टे्रडिङ अगाडि ना ८ प ३५५८ नं.को मोटरसाइकलको ठक्करबाट घाइते भएका वीरगंज-१५ निवासी रामबिनय कुशवाहाको उपचारको लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो। प्रदर्शनकारीले मुर्ली, बाइपास रोडमा प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले चलाएको ढुंगा लागी प्रहरी सहायक निरीक्षक चुढामणी दहालको टाउकोमा चोट लागेको छ। उनको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ। प्रदर्शनकारीले ना ४ ख ९०७ नं.को टिपर, ना २ प ९२२४ नं.को मोटरसाइकल र ना १ क ८४८४ नं.को ट्रकमा समेत तोडफोड गरेका छन्। ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले भगाएको विरोधमा विभिन्न स्थानमा टायर बाली बिहान वीरगंज बजार बन्द गराए पनि दिउँसोसम्म सामान्य भइसकेको छ। हातमा लाठीफाटासहित निस्किएको जुलुसले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका थिए। यातायात ठप्प हुंदा

पत्रकार महासंघ बाराको ध्यानाकर्षण

वीरगंज, १५ मंसिर । बाराबाट प्रकाशित हुने कृपा दैनिक र पर्साबाट प्रकाशित हुने नारायणी टुडे दैनिक पत्रिका समाचारको बिषयलाई लिएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष समेतको उपस्थितीमा बाराको कलैयामा आईतबार जलाईएकोमा नेपाल पत्रकार महासंघ बारा शाखाको ध्यानाकर्षा भएको छ। महासंघ बाराका अध्यक्ष गुरुप्रसाद गौतमले एक प्रेस विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री बिजय गच्छदारमाथी चप्पल प्रहार बिषयको समाचार लेखेको भन्दै पत्रिका जलाइनु दुःखद र खेदजनक बिषय हो। यस्तो कार्यको महासघं खेद प्रकट गरेको छ। समाचार गलत भए कानुनी र अन्य उपाय हुदा हुदै पत्रिका जलाउनु गलत भएकोले यस्ता कार्य नगर्न नगराउन सम्बन्धित पार्टर्ीी तिनका संगठनसंग माग गर्दै दोषीमाथी कारवाहीको लागि महासंघ माग गर्दछ। अन्यथा महासंघ जस्तो सुकै बिरोधको कार्यक्रम गर्न बाध्य हुनेछ प्रेस विज्ञप्तिमा उल्लेख छ।