आज वीरगंजमा सम्पन्न राप्रपा नेपालको तराइ मधेश राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहांले नेपाली कांग्रेस पथभ्रमित भएको छ। कांग्रेस विपीको विचारधारबाट अलग हिडिरहेको छ। यदी विपीको विचारधारामा नहिड्ने हो भने राप्रपा नेपालले बिपीको विचारलाई लिएर हिड्न तयार रहेको बताए।
उनले भने -तराइबासीहरुले राजा नहुंदा देश अभिभावक विहिन भएको महसुस गरेका छन् भने बाहिरी शक्ति र पैसाको कारण दलहरुले हिन्दूत्वको पहिचान मेटाउन खोजेका छन्।
मधेशीको भावना, हिन्दूत्वको लागि आन्दोलन गर्न राप्रपा नेपाल तयार रहेको र आन्दोलनको घोषणा गरिसकेको अध्यक्ष थापाले बताए।
आन्दोलनको कार्यक्रम अनुसार माघ १० गतेदेखि १२ गतेसम्म खबरदारी सभा, माघ १३ गते उपत्यका बन्द, १४ गते सिंहदरबार घेराउ गर्ने रहेको बताए।
उनले २०४७ सालको संविधान बनाउने कांग्रेस र एमाले आफैले संविधान नमान्नु भनेको जनतालाई धोका दिनु रहेको आरोप लगाए।
अध्यक्ष थापाले आफूलाई मधेशको मसिहा ठान्ने मधेशवादी दलका नेताहरु चप्पल लगाउन नजान्नेहरु रातारात करोडपछि भएका छन् भने जनता भने जहांको त्यही रहेको बताए।
आफूलाई प्रमुख दल भन्ने कांग्रेस, एमाले, माओवादीका कारण समयमा संविधान लेखिने कुरा क्षिण भएको बताए।
समयमा संविधान लेखिएन भने संवैधानिक रिक्तताको फाइदा उठाउंदै माओवादी र राज्यबीच झडप हुने र देश गृहयुद्धमा फस्ने आशंका व्यक्त गरे।
राप्रपाका नेपाल पर्साका अध्यक्ष रामचन्द्र चतर्ुर्वेदीको सभापतित्वमा सम्पन्न सम्मेलनमा राप्रपा नेपालका नेता, कार्यकर्ताको उपस्थिति थियो।
Comments
Post a Comment